Spread the love

काठमाडौं । नेपाल वायु सेवा निगमले गत असार १४ गते पहिलो वाइडबडी विमान भित्र्याएको थियो । उक्त विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको थियो भने पूनः यसले दोस्रो वाइडबडी विमान भित्र्याएको छ । ए ३३०-२०० सिरिजको ‘मकालु’ विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । उक्त विमानको नाम कल साइन ९ एनएलजेट रहेको  छ । उक्त विमानलाई विमानस्थलमा मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए ।

निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो । विमानको  लागत २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँ छ ।निगमका  अनुसार दुवै वाइड बडी विमानको सिट क्षमता समान छ । कूल २७४ सिट क्षमताको वाइड बडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।