Spread the love

दराज च्याम्पियनसिप केस स्टडिको दोस्रो संस्करणको टाइटल नेपाल कमर्स क्याम्पसले जितेको छ । केस स्टडि २०१८ को फाइनलमा सात प्रतिस्पर्धिहरुलाई पछि पार्दै नेपाल कमर्स क्याम्पस पहिलो बनेको हो ।

केस स्टडि विजेता कमर्स क्याम्पसका मल्लिका कार्की, लिप्सा कर्मचार्य र सुनिता तन्डुकारको समुहले १ लाख रुपैंया पुरस्कार हात पारेको छ । त्यसै गरि एस इस्न्टिच्युट अफ मेनेजमेन्ट समुहले दोस्रो स्थान हासिल गर्दै ५० हजार तथा ब्रिटिस कलेज समुहले तेस्रो हुँदै २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् 

दराज केस स्टडि कार्यक्रमले भविष्यको नेतृत्वको अवसर दिने बाटो खोल्दै दराज फ्यूचर लिडरशिप प्रोग्राम अन्तरगत विजयी समूहलाई १८ महिना काम गर्ने अवसर पनि दिएको छ । १८ महिनामा विद्यार्थीहरुलाई दराजले उनीहरुको चाहना अनुसार ३ फरक विभागमा ६ महिना तालिम दिनेछ । १८ महिनाको सफल तालिम पश्चात उनीहरुलाई दराजको व्यवस्थापन विभागमा काम गर्ने अवसर मिल्ने दराज केमु प्रालिले जनाएको छ ।

पछिल्लो वर्षको पहिलो संस्करणलाई नियमितता दिदै एस इस्न्टीच्युट अफ मेनेजमेन्टसँगको सहकार्यमा दराज केमु प्रालिले केस स्टडिको दोस्रो संस्करण आयोजना गरेको हो । प्रतिष्पर्धामा कुल २२ कलेजहरु सहभागि भएका थिए । जसमध्ये फाइनलमा पुगेका ८ वटा कलेजहरुले संयुक्त रुपमा १ लाख ७५ हजार रुपैंया नगद पुरस्कार पाएका थिए ।

८ वटा कलेजहरु ब्रिटिस कलेज, एस इन्स्टीच्युट अफ मेनेजमेन्ट, मेधावी कलेज, नेपाल कमर्स क्याम्पस, क्वेस्ट इन्टरनेसनल कलेज, कुसुम, इस्लिङ्गटन कलेज र काठमाडौं मोडेल कलेज फाइनल चरणमा पुगेका थिए । सबै कलेजका विद्यार्थीहरुलाई दराज पाकिस्तानसँग सम्बन्धित केस स्टडिमा प्रतिष्पर्धा गराइएको थियो । ग्राहक प्रतिको इमान्दारितालाई केन्द्रमा राखेर उत्कृष्ट व्यवसायिक कार्यक्रम सुझाव गर्न विद्यार्थीहरुलाई प्रोत्साहित गरिएको थियो ।

प्रतियोगिताको निर्णायक टोलीमा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक डा. आर्हन स्थापितका साथै आउटरिजका प्रवन्ध निर्देशक उजय शाक्य, सफल पार्टनरका संस्थापक आसुतोष तिवारी जस्ता औद्योगिक विज्ञहरु थिए । फाइनल कार्यक्रममा दराज समूहका मानव संसाधन निर्देशक कार्लटे स्टोफ्बर्गका साथै पाकिस्तान, बंगालादेश, र श्रीलंकाका मानव संसाधन प्रमुखहरुको उपस्थिति थियो ।

दराज नेपालले आगामी वर्ष देश भरका उत्कृठ कलेजहरुलाई सहभागि गराउँदै अझ ठूलो कार्यक्रम आयोजना गर्नेछ । दराज समुहले पाकिस्तान, म्यानमार, बंगलादेश, श्रीलंका र नेपालमा विभिन्न ब्राण्डका उत्पादनको बिक्री बितरण गर्न अनलाइन प्लेटफर्मको भुमिका निर्वाह गर्दै आएको छ ।