Spread the love

आइतबार विश्वकप फुटबल क्रोएसियालाई ४–२ गोल अन्तरले हराएपछि फ्रान्स  प्रतियोगिताको विजेता बनेको छ । लुज्निकी रङ्गशालामा भएको खेलमा फ्रान्सले उपाधि जितेपछि सुनको ट्रफीसँगै तीन करोड ८० लाख डलर ९करिब चार अर्ब दश करोड रुपियाँ० पुरस्कार पायो भने उपविजेताले दुई करोड ८० लाख अमेरिकी डरल रकम पाएको छ । यसअघि, सन् १९९८ मा ब्राजिललाई हराएर फ्रान्सले ट्रफी उचालेको थियो ।

खेलको १८ औँ मिनेटमा फ्रान्सेली खेलाडि ग्रिज्मयानको फि किकमा मारियो मान्जुकिचले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता बनाएको थियो । एन्टोनियो ग्रिज्मयानको फ्रिकिकलाई जोगाउने क्रममा मान्जुकिचले आफनै गोलपोस्टमा बल छिराएका हुन् ।

विश्वकप फाइनलमा यो पहिलो आत्मघाती गोल थियो । पहिलो गोल वेहोरेको दस मिनेटपछि नै क्रोएसियाले बराबरी गोल गरेको थियो

खेलको ३८ औँ मिनेटमा ग्रिज्मयानले पेनाल्टीमा गरेको गोलबाट मध्यान्तरमा जानुअघि फ्रान्स २–१ ले अग्रता बनाएको थियो । भिडियो समीक्षा प्रणाली (भार )को सहयोगमा फ्रान्सले पेनाल्टी पाएको थियो । कर्नरबाट आएको बल इभान पेरिसिचको हातमा लागेको थियो । । भिडियो फुटेजपछि रेफ्री पिटानाले पेनाल्टीको संकेत गरे ।

क्रोसियाका मारियो मान्जुकिचले एक गोल फर्काएर खेललाइए ४–२ मा पुरयाएका थिए । मानजुकिचले फ्रान्सका गोलरक्षक ह्युगो लोरिसको गल्तीमा बल गोलपोस्टमा छिराएका थिए । क्रोएसिया फाइनलमा पुगेर विश्वकपको उपाधि भिडन्त गर्ने १३ औँ राष्ट्र बनेको छ । क्रोएसियाले खेल जितेको भए विश्वले नयाँ च्याम्पियन पाउने थियो अहिलेसम्म विश्वकपको फाइनल आठ राष्ट्रले मात्र जितेको  छ ।

रसियामा सम्पन्न विश्व्कप पुटवल प्रतियोगितामा श्रेष्ठ युवा खेलाडी किलियन एमबापे (फ्रान्स ), सर्वश्रेष्ठ खेलाडी (गोल्डेन बल विजेता ) लुका मोड्रिच (कप्तान क्रोएसिया ), सर्वश्रेष्ठ गोलरक्षक (गोल्डेन ग्लोभ्स विजेता ) थिबाउट कोर्टियस (बेल्जियम ), सर्वाधिक गोलकर्ता (गोल्डेन बुट ) हेरी केन (इङ्गल्यान्ड ) भएका छन ।