बुधबारदेखि राजधानीमा चौथो व्यवस्थापन तथा आई।टि। शिक्षा, शैक्षिक मेला
काठमाडौं । नेपालको शिक्षा उत्कृष्ट शिक्षा भन्ने मुल नाराका साथ आगामी बुधबारदेखि राजधानीमा चौथो व्यवस्थापन तथा आई टी सम्बन्धी शैक्षिक मेला आयोजना हुने भएको छ । पाठशाला एजुकेशन फाउण्डेशनले साउन २ र ३ मा काठमाडौंको होटल अन्नपूर्णमा आयोजना गर्न लागेको शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएससी, सिएसआइटी, बीबीए, बीएससी, सिएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बिटिटिएम, बिबिएम, बिएचटिएम, बिएसडब्लु, बिबिएस, बिबिए बिआइ, बिई, बीडिएफइन, बीडिइभ्सलगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने ३८ शैक्षिक संस्थाहरुको सहभागिता रहने राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

झण्डै ५६ वटा स्टलहरु रहने सो दुई दिने शैक्षिक मेलामा करिब सात हजार विद्यार्थीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । नेपालमै व्यवस्थापन तथा आई।टि।तर्फ उच्च शिक्षामा गुणस्तरिय शिक्षा तथा कम खर्चमा अन्तर्राष्टिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा संस्थाको विगतका शैक्षिक मेलाले प्रमाणित गरेको पाठशाला एजुकेसन फाउण्डेशनका निर्देशक सुवाष दंगालले बताउनुभयो । तेस्रो शैक्षिक मेलामा ५५०० विद्यार्थीहरुको सहभागिताले यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेका र कक्षा १२ को परिक्षा सकेर वसेका सात हजार विद्यार्थीको सहभागिता रहनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।
यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयवाट क्रमशः पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, छ वटा त्रिभुवन विश्वविद्यालय, तीन वटा पूर्वाञ्चल विश्वविद्यालय, दुई वटा काठमाडौं विश्वविद्यालय, एक मध्यपश्चिम विश्वविद्यालय गरी पाँच वटा नेपाली विश्वविद्यालयका कलेजहरु, दुई वटा सि।ए। र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहने छ भने १५ वटा विदेशी विश्वविद्यालयका कोर्ष पढाउने संस्थाहरु जसमा यु।के।, मलेसिया, अमेरिकी विश्वविद्यालयवाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने मेलाको इभेन्ट मेनेजर इन्टरडक्सन टे«ड सो नेपाल प्रालिका प्रबन्ध निर्देशक सुमन महर्जनले जानकारी दिनुभयो ।
शैक्षिक मेलाको टाइटल स्पोन्सर आईआईएमएस कलेज रहेको छ भने पाटन कलेज फर प्रोफेसनल स्टडिज इन एसोसियसनमा रहेको छ । मेला पावर वाई टेक्सास कलेज अफ म्यानेजमेंट एण्ड आई।टीले गरेको छ भने स्पोन्सरमा हेराल्ड कलेज र को–स्पोन्सरमा मल्पी इन्टरनेशनल कलेज रहेको छ ।
पत्रकार सम्मेलनमा टेक्सास कलेजका प्रमुख कार्यकारी अधिकृत भेषराज पोखरेल, आइआइएम कलेजका प्रमुख कार्यकारी अधिकृत सचिन प्रधानलगायतले नेपालमै व्यवस्थापन तथा आइटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा कम खर्चमा अन्तराष्टिय डिग्री हासिल गर्न सकिन्छ भन्ने विगतका मेलाहरुले पनि प्रमाणित गरिसकेको बताउनुभयो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


