भूमी खण्डिकरणले कृषि उत्पादनमा चुनौती: ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइयो
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले एकिकृत कृषि खेती प्रणालीमार्फत उत्पादन, सामाजिक परिचालन र बजारीकरणमा समेत सहकारीले योगदान दिनुपर्ने बताउनुभएको छ । उहाँले नेपालका अधिकांश भूमी खण्डिकरण र टुक्रा टुक्रा अवस्थामा रहेका कारण कृषि उत्पादनमा चुनौती रहेको बताउनुभयो ।

उहाँले ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २४ औं संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय सहकारी दिवस र २५ औं राष्ट्रिय सहकारी सहकारी महासंघ दिवसको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै जमिन खण्डिकरणको समस्याका कारण कृषि क्षेत्रमा आमुल परिवर्तन गर्न समस्या आइरहेको बताउनुभयो । पत्येक बर्ष जुलाईको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ । यसै अवसरमा कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, राष्ट्रिय सहकारी महासंघ र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको संयुत्तः आयोजनामा सहकार्यमार्फत दीगो समाज भन्ने मुल नाराका लागि नेपालमा पनि अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।
मन्त्री खनालले पछिल्लो समय नेपालका युवाहरुमा व्यवसायीक कृषितर्फ आकर्षण बढेको बताउँदै कृषिको लगानी डुब्दैन भन्ने प्रत्याभूति राज्यले गराउन सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले दिगो विकास लक्ष्य प्राप्तिमा सहकारीको महत्वपूर्ण योगदान हुने बताउनुभयो ।
पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीले समृद्ध मुलुक निर्माणका लागि सहकारीले उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले दिगो विकास लक्ष्य प्राप्तिमा सरकार र निजी क्षेत्रको जतिकै सहकारीको पनि जिम्मेवारी रहेको औल्याउनुभयो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारीले हात झिकेको खण्डमा दिगो विकासका लक्ष्य हासिल गर्न नसकिने बताउँनुभयो । उहाँले जल, थल र अकासको संरक्षणमा देशभरिकासहकारीकर्मीहरुलाई लाग्न जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘७ सय ६१ वटा सरकार रहेकाले उनीहरुलाई रिजाउन सहकारीलाई चुनौती भएको छ । त्यसैले सबै स्थानीय तहमा सहकारी डेक्स र सहकारी अधिकृत राख्नुपर्छ । तबमात्र यो समस्या समाधान हुन्छ ।’ उहाँले ७ वटै प्रदेशमा राष्ट्रियस्तरको प्रशिक्षण केन्द्र र केन्द्रमा अन्तर्राष्ट्रियस्तरको प्रशिक्षण केन्द्रको आवश्यकता रहेको बताउनुभयो ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमका कन्ट्री डाइरेष्टर रेनाउड मेयरले नेपालको सहकारी अभियान जनसम्पर्क गर्ने उत्कृष्ट मञ्च बन्न सफल भएको भन्दै प्रसंसा गर्नुभएको थियो । उहाँले नयाँ नेपाल निर्माणका लागि संविधानले एक महत्वपूर्ण खम्बाका रुपमा सहकारीलाई स्विकार गरेको अवस्थामा दिगो विकास लक्ष्य हासिल गर्न सहकारीले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
सहकारी क्षेत्रलाई पत्यक्ष लाभ हुने गरि बजार व्यवस्थाको विकासमा युएनडीपीले दुइ परियोजना संचालन गरिहरेको जानकारी दिनुभयो । उहाँले साना किसानको उत्पादन बृद्धि र बजारीकरणका लागि युएनडीपीले सहकारीसँग मिलेर कार्य गर्ने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलेले दिगो विकास लक्ष्य हासिल गर्न बनेको समन्वयन समितिमा पछिल्लो समयदेखि सहकारीको अनिवार्य सहभागिता गराइएको बताउनुभयो । सहकारीले यी लक्ष्य हासिल गर्न लगानी र सचतेनाको भूमिकामा महत्वपूर्ण योगदान दिने बताउँदै योजना आयोगले सहकारीसँग सहकार्य गर्ने बताउनुभयो ।
महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले आर्थिक र सामाजिक रुपान्तरणका लागि सहकारी एकमात्र नमूना संयन्त्र रहेको बताउँदै भन्नुभयो, ‘दिगो विकास लक्ष्य हासिल गर्न हरेक देशको सहकारी अभियानले योगदान दिनुपर्छ । नेपालमा सहकारीमार्फत यी लक्ष्य हासिल हुने बताउनुभयो ।’
भर्खरै अमेरिकामा सम्पन्न भएको आइसीएको बोर्ड बैठकमा सहभागि भएर फर्कनुभएको मल्लले आइसीले युवा लक्षित कार्यक्रमलाई जोड दिएको बताउनुभयो ।
पूर्व मन्त्री गणेश शाहले स्मार्ट प्रविधिबाट सहकारी संघसंस्था सुसजित हुनुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कँडेल, पूर्व अध्यक्ष दीपक प्रकाश बास्कोटा, मन्त्रालयका सह सचिव रघुराम विष्टलगायतले सहकारीले दिगो विकास लक्ष्य प्राप्तिमा खेल्न सक्ने भूमिकाको विषयमा चर्चा गर्नुभएको थियो ।
चितवन बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट
राष्ट्रिय सहकारी महासंघले जिल्ला बचत तथा ऋण सहकारी संघ लि. चितवनलाई यस आर्थिक बर्षको उत्कृष्ट सहकारी संघबाट सम्मान गरेको छ । ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवस, २४ औं संयुक्त राष्ट्र अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा महासंघले देशभरिका ३२१ जिल्लास्तर संघबाट चितववको बचत तथा ऋण सहकारी संघलाई उत्कृष्ट चयन गरेको हो ।
कृषि, भूमि व्यवस्था तथा सहकारी, राष्ट्रिय सहकारी महासंघ र संयुत्तः राष्ट्र संघीय विकास कार्यक्रमको संयुक्त आयोजना मनाइएको ९६ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पत्येक प्रदेशका एक सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान गरिएको थियो । प्रदेश १ बाट झापाको पहिलो पाइला बहुउद्देश्यीय सहकारी सस्था, प्रदेश २ बाट साना किसान कृषि सहकारी सस्था, प्रदेश ३ बाट मन्थली बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट चयन भए । त्यसैगरि गण्डकी प्रदेशबाट सिवाईसी बचत तथा ऋण सहकारी संस्था, प्रदेश ५ बाट पञ्चनगर महिला कल्याण सहकारी संस्था, कर्णाली प्रदेशबाट जनसेवा कृषि सहकारी संस्था र प्रदेश ७ बाट सुदुरपश्चिम बहुउद्देश्यीय सहकारी संस्था कैलालीलाई पुरस्कृत गरिएको थियो । उत्पादनतर्फ भने चितवनको भण्डारा दुग्ध उप्पादन सहकारी संस्था उत्कृष्ट हुन सफल भयो ।
उत्कृष्ट सहकारी संघसंस्थालाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । सोहि अवसरमा १ केन्द्रीय संघसहित विभिन्न १० जिल्लास्तरीय सहकारी संघलाई कप्युटरसमेत प्रदान गरिएको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



