Spread the love

इटहरी
इटहरी क्षेत्रमा रहेर ब्यपार ब्यबसायमा आबद्ध हुनेहरुको संस्था उद्धोग बाणिज्य संघ इटहरीको यही असार २७ गते हुने चुनावको निर्बाचन तालिका सार्बजानिक भएको छ ।
होटल इनटुरिस्टमा आइतबार भएको पत्रकार सम्मेलनमा उद्योग वाणिज्य संघ निर्वाचन समितिले २७ गते निर्वाचन हुने र मतपरिणाम असार २८ गते सार्वजनिक गर्ने तयारी गरिएको जनाएको छ।
२ हजार तीन सय ६९ मतदाताले मतदान गर्ने कुरा निर्बाचन समितिका अध्यक्ष टंक दुलालले बताएका छन ।
८ गते अन्तिम मतदाता नामावली सार्वजनिक गरिइने र उम्मेदवार मनोनयन फाराम वितरण असार ९ गते र मनोनयन दर्ता असार ११ गते हुने बताइएको छ ।
उम्मेदवारहरूको अन्तिम नामावली असार २१ गते प्रकाशन गरिनेछ। मतदान कार्यक्रम असार २७ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म उद्योग वाणिज्य संघ इटहरीको प्राङ्गणमा सञ्चालन हुने पत्रकार सम्मेलनमा जानकारी दिएका छन । । संघको अध्यक्षमा गायत्री कटवाल भण्डारी,पितम्बर पोखरेल र बलबहादुर न्यौपाने भिडेका छन । अघिल्लो कार्यकाल जीवन पराजुलीसंग हारेकी गायत्री कटवाल भण्डारी यसपटक जित्ने दाउमा छन । यीनलाई कांग्रेस,एमाले,माओवादीले खास मन नपराए पनि राजनीतिक रुपमा रास्वपाले मन पराउने संभावना छ । मतदाताहरु पुरानै पार्टीका बिभिन्न आस्थावान भएपनि कटवाल प्रति नरम देखिइने संभावना रहेको इटहरीका पुराना ब्यपारी प्रेम बस्नेतले लख काटेका छन ।