अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
इटहरी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेश समितिकी कार्यवाहक सभापति गोमा तामाङले पार्टी परित्याग गरेकी छन्। प्रदेश अधिवेशनको मतगणनामा पछि परेलगत्तै उनले राजनीतिबाटै ‘बिट मारेको’ घोषणा गरेकी हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै भनेकी छन्, ‘आजदेखि राजनीतिबाट बिट मारेँ। मतदाता सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।’
तामाङले आफूलाई माथिको ह्विप भन्दै प्रदेश सभापति हराइएको बताएकी छन्। ‘आखिर माथिको ह्विप भन्दै हराएरै छाड्यौ। माननीय तृतीयज्यू र केन्द्रीय सदस्यज्यू धन्यवाद! तपाईं चौथोज्यूहरूलाई। सायद अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले,’ उनले भनेकी छन्।
गुटबन्दीको घाउले कोशीलाई पिरोल्ने बताएकी छन्। ‘यो मेरो सोझो सिधापन आज दुखाइ भो सबैलाई। हजुरीको राजनीति गर्नै जानिनँ। कमजोरी भयो मेरो,’ उनले भनेकी छन्।
कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा तामाङ पनि सभापति पदको बलियो प्रत्यासी थिइन्। कुल खसेको ४९० मतमध्ये २८० मत ल्याएर चन्द्र राई विजयी भएका छन्। पहिलो चरणमै राईले ५१ प्रतिशतभन्दा बढी मत कटाएकाले उनी सभापतिमा निर्वाचित भइसकेका हुन्, यद्यपि निर्वाचन समितिले औपचारिक घोषणा गर्न भने बाँकी छ।
मतगणनाको परिणाम अनुसार तामाङ १४१ मतका साथ दोस्रो स्थानमा रहिन्। सभापतिका अन्य प्रत्यासीहरू खगेन्द्र कटुवालले ४१ र चन्द्रकुमार गौलीले २७ मत प्राप्त गरे। तामाङ रास्वपाको कोशी प्रदेशका संस्थापक नेताहरूमध्ये एक हुन्। उनी यसअघि २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट रास्वपाको उम्मेदवार बनेकी थिइन्, जहाँ उनी पराजित हुन पुगेकी थिइन्।
गत आम निर्वाचनमा पनि उनी सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी थिइन्। उक्त निर्वाचनमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ ३५,७४१ मतसहित विजयी हुँदा तामाङले २७,२४९ मत प्राप्त गरेकी थिइन्।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- हत्या हिंसा र मानसिक स्वास्थ्य संकट
- स्वास्थ्य सेवाको लागि छलफल
- जनता स्कुलमा राजीनामाको लहर
- राती पुलमुनी बस्नेहरु समातिए
- सडकमा सवारी दुर्घटनाले यात्रामा खत्रा
- रोहित चौधरीलाई प्रहरीले लग्यो
- स्कुलले मनायो बतावरण दिवस
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- हत्या हिंसा र मानसिक स्वास्थ्य संकट
- स्वास्थ्य सेवाको लागि छलफल
- जनता स्कुलमा राजीनामाको लहर
- राती पुलमुनी बस्नेहरु समातिए
- सडकमा सवारी दुर्घटनाले यात्रामा खत्रा
- रोहित चौधरीलाई प्रहरीले लग्यो
- स्कुलले मनायो बतावरण दिवस



