Spread the love


पथरी
रातिको समयमा धारिलो घरेलु हतियार सहित समूह बनाएर खोला किनारमा लुकी बसेका १० जना शंकास्पद यूवायूवतीको जत्थालाई कट्टी, खुर्पा, भाला लगायत विभिन्न धारिलो हतियार तथा औजार सहित पथरी प्रहरीले समातेर थुनेको छ ।
पथरीशनिश्चरे नगरपालिका–१ शिखरचोककी १८ वर्षीया आरिया धिमाल र कृपा लिम्बू, वडा नं. ४ का १८ वर्षीय एबिन राई, १९ वर्षीय सुप्रिम राई, १८ वर्षीय रिदम तामाङ, वडा नं. ९ का १८ वर्षीय निशान माझी, १८ वर्षीय सुशन ठटाल तथा वडा नं. १० त्रिवेणीचोकका १९ वर्षीय युजिन राई, १८ वर्षीय अपिल राई र २२ वर्षीय अभिषेक थापालाई बुधबार राति करिब ११ः३० बजेतिर पथरीशनिश्चरे–९ र १० को सिमानामा पर्ने डाँस खोलाको झोलुङ्गे पुल नजिकबाट पक्राउ गरेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । ती यूवायूतीको साथबाट कट्टी, खुर्पा, मार्तोल, सानो हाते बन्चरो, चेन र भाला जस्ता घरेलु हतियार तथा औजार बरामद गरेकाले अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएकोले बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने मिश्रले बताए ।
गाउँमा भएको सामान्य झगडापछि प्रतिशोधस्वरूप आक्रमण गर्ने योजना बनाएर ती यूवायूवतिहरु सम्भावित आपराधिक तर्फ लागेको हुन सक्ने तर्फ अनुसन्धान अघि बढेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालको भनाई छ ।