Spread the love

इटहरी : इटहरी वडा नं. ३ मा रहेको पर्यटकी क्षेत्र तालतलैयामा इटहरी र विराटनगरका क्षेत्रका विभिन्न विद्यालयका दुई सय भन्दा बढी विद्यार्थी स्काउटरको रूपमा दीक्षित भएका छन ।
इटहरी क्षेत्रका पाँचवटा सामूदायिक विद्यालय र अरु निजी विद्यालयका विद्यार्थीको सहभागिता रहेको स्काउट कार्यक्रममा इटहरी वडा नं. १ को श्री राष्ट्रिय माध्यमिक विद्यालयका मात्रै एक सय ३९ जना दिक्षित भएका छन् । श्री राष्ट्रिय माध्यमिक विद्यालयकी स्काउट शिक्षिका बन्दना दाहालले बताए अनुसार इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालय स्काउट ट्रुपको आयोजनामा विराटनगरका दुई वटा र बाँकी इटहरी क्षेत्रगरी २४ वटा विद्यालयका विद्यार्थीलाई दीक्षित गरिएको थियो ।
जम्मा आठ सय ५६ जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा फ्रेन्डसिप हाइक एण्ड कुकिङ् प्रतियोगितामा बाल विकास बोडिङ् स्कुल इटहरीका विद्यार्थीको टोली प्रथम भएको थियो । विनायक स्कुल विराटनगर दोस्रो, सगरमाथा फुजिसन स्कुल इटहरी तेस्रो र सरस्वती माध्यमिक विद्यालय बौका झोडाका विद्यार्थीको टोली शान्त्वना भएका निर्णयक टोली सदस्य रहेका कुकिङ् प्रतिस्पर्धाको होटल एण्ड म्यानेजमेन्ट विषयका प्रशिक्षक हिमाल बस्नेतले बताए । कोशी प्रदेश समितिका प्रमुख आयुक्त हेमन्त भण्डारीको प्रमुख आथित्यता रहेको स्काउट कार्यक्रममा स्काउट इटहरीका आयुक्त डाक्टर वेणुप्रसाद सिटौला, धरानका आयुक्त मधुसुदन घिमिरे, इटहरी वडा नं. १ का वडाध्यक्ष कैलाश कार्की रतन, श्री राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्की, प्रधानाध्यापक सरनकुमार बस्नेत, तालतलैया संरक्षण समितिका अध्यक्ष गंङगबहादुर राय क्षेत्री, तालतलैया संरक्षण समिति सदस्य टंक दाहाल लगायतको सहभागिता रहेको थियो ।