पुर्ब प्रमुखको नाम : दाम खाने काम – प्रकाश ब्याकुल
सङघीयताको बिरुद्द धारे हात लगाइ रहेका प्रतिगामी विशेष राजाबादी झुन्डसङ मिसिएर गणतन्त्र खाने दाउ हेरि बसेकाहरुको कुरा गलत होइन भन्न सजिलो हुने गरि ओदे ( ओली देउवा) गठबन्धित सरकारले टिको लगाइ बनाइ दिएको कोशि प्रदेश सरकारले लुट मच्चाउन अर्को एउटा नीति गत भ्रस्टचारको प्रारम्भ गरेको छ। कोशी प्रदेशमा रहेर राज्यको ठुल ठुला पोस्ट खाइ सकेका,खाइ रहेका र खान लाइन लागेकाहरुको नाममा रहेको जायजेथा वा पहिलो निवास समरक्षण गर्न सरकारी बजेट छुट्याएको अप्रीय समाचारले नेपाली जनतामा आक्रोस पैदा गरेको छ।जनताको झुपडिमा जन्म लिने बित्तिकै एक लाख ऋणको भार आइ लाग्ने नेपालको बर्तमान आर्थिक कुशासनको बेला फेरि पत्रु साबित भइ सकेका ब्यक्तिहरुको जन्म घर सुधार ,मर्मतको नाममा जनताको तिरो खर्चिने काम कुरा कुनै हालतमा मान्य छैन।कोशी क्षेत्रमा जन्मेर राज्यको प्रमुख ओहदामा लडिबडि गरि सकेकाहरुको जन्म घरलाई जनताको कर खर्च गरेर किन सम्रक्षण गर्ने? बिध्या भन्डारी,खडगप्रसाद ओली,मनमोहन अधिकारी,गिरिजा प्रसाद कोइराला, झलनाथ खनाल,सुबास नेम्बाङ लगायतका ब्यक्तिहरुका सन्तानले निजि उपयोग गर्ने ती थोत्रे घर ,महललाई कोशी सरकारले बजेट बनाएर सम्रक्षणको नाममा मर्मत गर्दा नेपाली जनतालाइ के फाइदा छ? तिनिहरु कुनै चमत्कारिक क्षमताले भरिपुर्ण महामानव पनि होइनन।जाल झेल र सडयन्त्रले पद ओगटेर सत्तामा पुगेका हुन।त्यहा पुगेर कुनै त्यस्तो जनप्रीय कर्म गरेर जनता माझ वावा कमाएका पनि छैनन।कता हो कता ठूलो सङ्घर्स गरेर देश र जनताको समस्यालाइ जादुको छ्डी झै हल गरेका पनि छैनन।युद्द जितेर खतार्नाक राक्षेसलाई खरानी पारेर जनताको ज्यान जोगाएका पनि होइनन।भयन्कर ज्ञान ,सीप र क्षमता दर्साएर जनताको गाँस ,बास ,कपासको ब्यबस्था र भोक ,रोग र अशिक्षाको कायप्लट गरेका पनि होइनन। जनताको मन छुने कुनै योजना ल्याएर लागू गरि देशलाइ सम्रीदीको मार्गमा हिडाएका पनि होइनन।न्याय ,समानता र गरिबी बारे योजना त परै जसोस यो बारे सोच्दा पनि सोचेनन।अपराध कर्महरुलाइ काखी च्यापे।आफन्त र नातावादलाई प्रस्चय दिएर बिभेदका अनेकौ शृङ्खला मच्चाएर समाजमा असन्तुस्टीको बिजारोपण गर्ने कथित रास्ट्रप्रमुखको जन्म घर सम्रक्षण होइन।जनताले भत्काउन चाहेका छ्न।तिनिहरुको जनबिरोधी कामकाजले वाक्क भएका जनतालाइ थप चिड्याउन कोशी सरकारले गरेको यो बजेट योजना तुरुन्त खारेज हुनु पर्छ।जनताले न्याय नपाएर हैरानी ब्यहोरेका छ्न।पैसा नभएर रोग पाली बसेका छ्न।पेट भरी खान र एक सरो लाउन नपाएर जनता तडपि रहेका छ्न।जनताले फिस तिर्न नसकेर स्कुल पढाउन सकेका छैनन।दिन दिनै अर्काको देश मा गोठालो बस्न पनि घर वारि बन्दकी राखेर लाखौ रुपैया दलाल र सरकारी टाउकेलाई खुवाउनु परेको छ।खुमहङीले जनताको ढाड सेकिएको छ।भ्रस्टचार र कमिसन खोरीमा सम्लग्न बिचौलियाहरुलाइ जनताको नामबाट ठेक्का पट्टा भिडाएर घुमाउरो पाराले आचाक्ली धनसम्पती आर्जन गर्न सजिलो हुने गरि ल्याइन लागेका योजनाहरु सवै स्वार्थ केन्द्रीत छ्न।यस्तो चाल बाजीले मुलुक चलाउदा जनतामा निरासाको बाढि आएको छ। जनताको सुख्ख सान्ती र अमन चयनलाई ख्याल गरि कुनै योजना ल्यायाइएका छैनन।गरिब,दलित,अल्पसख्यक ,पिछडा बर्गलाइ समेटेर जनजेन्द्रीत बजेट ल्याउन कोशी प्रदेश सरकार अघि सरोस।पुरानो ढाचा र ढरराले शासन गर्न खोज्ने हो भने त्यो सफल हुन दिने छैनन।नेपाली जनता तिमिहरुको काइते धन्दाबाट आकुल ब्याकुल भइ सकेका छ्न।बेलैमा सोच बिचार गरेर काम गरेनौ भने तिमिहरुले जनताका छोराछोरी मराएर ल्याएको गणतन्त्र पनि तिमिहरुसङै बदनाम हुने छ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


