कृष्णश्री राईले“सातै सुरको सरगम ” ल्याए बजारमा
सिम्पानी
पुर्बको बिकट पहाडी जिल्ला खोटांङको डाँडा पाखामा हुर्के बढेका कृष्णश्री राई सिम्पानी तथा इन्द्रेणी पोखरी आज भोली म इन्द्रेणीपोखरी मा.वि.मा प्रधानाध्यापक रही शैक्षिक उन्नयनमा लागि परिरहेका बुद्धिजीवी हुन् । पर्यटकीय हिसाबले प्रसिद्ध ठाउँ इन्द्रेणीपोखरी नजिक सिकारी थुम्का डाँडाको काख, सिम्पानीको सिरान मुसिम्छाको हावापानी, हिलोधुलोसँग उकाली ओरालीमा खेल्दै र प्रकृतिमा रमाउँदै गाउँकै सामान्य सरकारी स्कुलमा पढेर अंग्रेजी बिषयमा मोरङ जिल्लाको सुकुना क्याम्पसबाट प्रमाणपत्र तह, धनकुटाको धनकुटा क्याम्पसबाट स्नातक तह र कीर्तिपुरको विश्वविद्यालय क्याम्पसबाट स्नातकोत्तर गरेपछि गाउँकै सिम्पानी कलेजमा लामो समय अध्यापन सहित क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाली सकेका राई सरल र मृदुभाषी ब्यक्तित्व हुन् ।
गाउँले जीवनका दुःखपीडा र सामाजिक रहन–सहनसँग साक्षातकार राई साहित्य लेखन तथा प्रकाशन तर्फ अगाडि बढिरहेका थिए । अचेल गीतकारको रुपमा स्थापित हुने जमर्को कसेका छन् । साहित्यिक अनुरागको बाछिटामा लपक्कै भिज्न सक्ने काव्यिक शिल्पकारको संभावना बोकेका श्रीकृष्ण राई परिवेश अनुसारको लिखत लय समातेर मीठो तरिकाले सुर ओकल्ने शालीन र भद्र मिजासका मानिस हुन् । खोटाङे समाजका सिर्जनशील कवि व्यक्तित्व कृष्णश्री राईको गीत “सातै सुरको सरगम तिमी हौ” को म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतले एक हप्तामा ७५ हजारको सेरोफेरोमा भ्युअर्स बनाइसकेको छ । नपत्याउँदो जादुमय पारामा विल्कुल फरक स्वाद दिन सफल गीत बिस्तारै लोकप्रिय बन्दै गइरहेको छ । दर्शकको मनमुटुमा बस्न सफल बनेको छ ।
सुन्न र हेर्नेबित्तिकै मन र मस्तिष्कलाई अनौठो लाग्ने गरि आनन्दित बनाउने सो गीतमा प्रविण बेडवालको आवाज, शंकरसिंह ठकुरीको सङ्गीत र बाबुल गिरीको म्युजिक अरेन्जमा रहेको उक्त गीतको भिडियो कुमार गजुरेलले निर्देशन गरेका छन् । सात महिनाअघि “स्टुडियो भिडियो” को रूपमा सो गीत सार्वजनिक गरिएकोमा सोमबार “कुमार गजुरेल” युट्युब च्यानलमार्फत परिस्कृत म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
रोमान्टिक जिन्दगी र त्यसले मानिसको जिन्दगीमा सुवासित गर्ने सौन्दर्यलाई लिएर लिपिबद्ध गरिएको उक्त गीतको भिडियोले वर्तमान र विगतलाई प्रेमील यादका पिडायुक्त धागोले बाँधेको छ । गीतको कथानकले त्यही मिठो स्मृति र याद प्रेमीको लागि वर्तमानमा बाँच्ने आधार रहेको देखाउँछ । चोखो र साँचो मायालाई समय र मृत्युले समेत नामेट नगर्ने मर्मस्पर्शी दृष्य भिडियोमा देख्न सकिन्छ ।
गीतकार राईको मोहित तुल्याउने सबल बिम्बात्मक शब्दशिल्प, मन्त्रमुग्ध पार्ने सेमि–क्लासिकल सुमधुर संगीत, हैरान नै बनाउने संगीत संयोजन र प्रिय गायकको जादुमय आवाजले सिर्जना उच्च कोटिको बनेको दर्शक तथा स्रोताहरू बताउँछन् । साँच्चै यस्ता सृजनाहरू यदाकदा मात्र आउने गर्दछन् अचेल । निक्कै पछि वजनदार गीत सुन्न र हेर्न पाइएको यस गीतमा गिरी बिश्वकर्मा, तुलसी बिश्वकर्मा, बालकलाकार लुनिभा श्रेष्ठ लगायतको अभिनय रहेको छ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



