किबी नानाको नामबाट चिनिएकी अम्बिका राई कृषि कहानी
इटहरी
पीबी दियाली
“ म विदेश जानु हुने ४०लाख युवाहरूलाई यो सुगन्धित माटोमा हिरा फलाउन सकिन्छ । मोति फलाउन सकिन्छ ।यहि माटोमा पसिना बागाउंदा सुखि नेपाली समृद नेपाल बनाउन सकिन्छ । माटोमा पासिना बगाउँ धन कमाउँ सुखी जीबन विताउँ ।उन्नति प्रगति भए पछि मात्रै आउने हो साँच्चिै समाजवाद माटोमा आफ्नो भविस्य देख्नु होस भन्दै नागरिकहरुलाई व्यावसायिक कृषि गर्न प्रोत्साहन गर्छु । ”
भनेर मकालु टुडे अनलाइन पत्रिकालाई मेसेज लेख्नु हुने खोटाङको दिप्रुङ गाउँपालिका खिरौलेकी अम्बिका राई गाउँमा किबी नाना भनेर चिनिनु हुन्छ । उक्त स्थानको ५० रोपनी जग्गामा किबी खेती थाल्नु भएकी राई कीबी गाउँमा उत्पादित किबीले बजार पाउने अबस्था नभएपछि बजार खोज्दै धरान झर्नु भएको छ ।

२०७०सालमा सोलुको बागवनी थाप्लुबाट तालिम लिएर सुरुमा ४ बोट हुर्काउदै उत्पादन शुरु गर्नु भएकी राई अहिले ८ सय बोट किबी खेती गर्नु हुन्छ । ०७३ साल देखि अहिले सम्म २५ लाख खर्च गरेर खेती तिर आकर्षित राईले गाउँमा १० जनालाई रोजगार दिनु भएको छ । यो साल १२ सय किलो किबी फलाउन सफल राईले गाउँमा किबी राख्ने कोल्ड स्टोर नपाएर धरान झर्नु भएको हो । बजार राम्रो भएन । सुगर प्रेसर क्यान्सर,बाथ रोग लगायत पेट सम्ब्न्धी रोगीहरुका लागि बर्दान मानिने किबी फलको बारेमा प्रचार प्रसारको कमि भएकोले गर्दा यो फल प्रति मानिसलाई त्यति थाहा हुन नसकेको राईको अनुमान छ। कम्पोष्ट मल,युरिया,डिएपी,पोटास लगायत महंगो मलको आबाश्यक्ता पर्ने किबी खेती चिसो एरियामा फस्टाउने गरेको छ ।

दिन सक्ने राईको भनाई छ । पाख्रिवासको कृषर््िा तालिम केन्द्रबाट ता्िलम लिएर आफनो कृषि ब्यबसाय गर्ने राईका अनुसार उनको किबीको बिरुवाले ६० केजी सम्म उत्पादन दिएको छ । बजार मुल्यबारे सरकारले निर्धारण नगरि दिएको र आबाश्यक प्राधिकि सहयोगबारे पनि प्रदेश सरकारले ध्यान नदिएको हुनाले यो खेतिमा कठिनाई भएर हैरानी छ । राईको भनाई छ । प्रदेश सरकारले खास गरि भण्डारण गर्ने कोल्ड स्टोरको ब्यबस्था ,मुल्य निर्धारण,खेति संचालन गर्ने प्राबिधिक सह

यता,मलको ब्यबस्था लगायत कृषि अनुदानकोलागि किबी जोन क्षेत्र घोषण गरि दिए हुने थियो भनेर मुख्य मन्त्री समक्ष कुरा पुरयाउने इच्छा राखेको राईको भनाई छ ।दिप्रुङ गाबिसकोलागि आफु पहिलो किबी किसान भएको बताउने राईले कृषि बिशेषज्ञ मदन राईको “ आफै हली आफै मालिक ”


भन्ने जागरण मुलक भनाईबाट प्रभाबित भएर कृषि तिर उन्मुख हुंदै बिभिन्न तालिमहरुमा गएर सिप सिक्न थालेको बताउनु भयो । हुन त अम्बिका राईका बुवा अभिरमान राईले इण्डियन आर्मीको पेन्सन पकाएर गाउँमै आई बाख्रापालन गरे देखिनै कृषि प्रतिमोह जागेको बताएकी छन । एजुकेशनमा डिग्री गरि सकेर मजुगढी रुपाकोट ९को मनोकमना स्कूलमा ३ बर्ष सम्म माबि टिचर समेत गरि सकेकी राईले किबी खेतीबाट राम्रो आय आर्जनको सम्भावना देख्नु भएको छ ।

आफनै भुमिमा केही गरेर आम्दानी हुन्छ भने किन बिदेश जानु भन्ने राईलाई स्थानीय निकायहरुले साथ सहयोग दिनु पर्ने देखिन्छ । किबीमा बजारको पहुंच सहज नभएपनि बर्षको ४।५ लाख आम्दानी गर्न सकेको बताउने राईका अनुसार अहिले जताततै यो खेति गर्नेहरुको आकर्षण बढेको छ । हावापानी माटो र अन्य सबै प्राकृतिक बताबरण किबी खेतीकोलागि राम्रो रहेकोले खोटाङलाई प्रदेश सरकारले किबी जोन क्षेत्र घोषण गरि किसानहरुलाई प्रोत्साहन दिन कृर्षि अनुदानको ब्यबस्था गर्नु पर्ने पर्दछ । बजारमा इण्डियाकबाट आउने किबीको बिक्री ज्यादा छ ।

इटहरी ५की रेणुका श्रेष्ठले ८ सय रुपैंयाँ प्रति किलो दाम हालेर किबी खाएको बताएकी छन । अम्बिका राईले आफनै बारीको आर्गेनिक उत्पादन आफैले टिपेर महंगो ढुवानी भाडा तिरी खोटाङबाट धरान ल्याई कृषि बजारमा रहेको कोल्ड स्टोरमा राखेर “ प्रति किलो ३ सयले दिन्छु ”
भन्दा पनि मानिसहरुले लिन आनकानी गरेको

दुखेसो पोख्नु भयो । स्वास्थ्यकोलागि अति उपयोगि किबी फलको बारेमा खास गरि स्थानीय निकायहरुले आफनो क्षेत्रका किसानहरुलाई साथ सहयोग दिनु पर्ने र फलफुलमा बिदेशी आयत बन्द गर्नु पर्ने आबाश्यक्ता देखिएको छ । चिस्यान र खोल्सा खोल्सीमा फस्टाउने किबी खेतीकोलागि बोट रोपेको २ बर्ष पछि नै फल दिन थाल्ने राईको भनाई छ ।
“ तपाईं त्यत्रो पढालेखा मान्छे किन यस्तो दुखिया कृषि पेशामा लाग्नु भयो ” ?

भन्ने प्रश्नको उत्तर दिंदै अम्बिका राईले भन्नु भयो
“ परिवारमा म माईली छोरी हुं ।मेरो बुबा पनि व्यावसायिक बाख्रा पाल्न गर्नु हुन्थो

। आमा बाबाले नाम इज्जत कमाएर खानु भन्ने गर्नु हुन्थ्यो उहाँबाट हौसला मिल्यो
अनि कृषि पेसा नै अर्थतन्त्रको मुल आधार हो भन्ने ठानेर यतातिर लागेको हुं ” । राजनीतिक रुपमा नेकपा एसको प्रदेश कमिटी सदस्य रहेकी राई भन्नु हुन्छ
“ मलाई मेरो आमा बाबाको प्रेरणादायी भुमिकाले यहाँ सम्म आउन सकेको छु ” ।त्यसैले आमा सान्ता राई र बाबा अविरमानको नामबाट मैले सान्ता अविरमान होम कृषि फार्म दर्ता गरेको छु । उत्पादित किबी पनि त्यसै फर्मबाट
बेचबिखनको लागि ल्याएकी हुं । ”

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



