निर्माण कम्पनीले तत्काल काम अघि नबढाए कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय,मोरङको भनाइ
विराटनगर, ६ माघ
मोरङको कानेपोखरी–२ (दर्बेसा र केराउन जोड्ने) मा रहेको गेउरिया खोलाको
पुल निर्माणमा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाहीको माग गर्दै जिल्ला
प्रशासन कार्यालय मोरङमा उजुरी परेको छ ।
गेउरिया खोलाको पुल निर्माण २ वर्षमा सम्पन्न गर्ने गरी २०७१ साल कार्तिकमा
सम्झौता भएको थियो । तर, अहिलेसम्म पुल सम्पन्न भएको छैन । हाल ७० प्रतिशत
काम भएपछि निर्माण कम्पनीले बिना कारण काम रोकेको छ ।
निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने माग गर्दै निवेदन दिनेहरुमा कानेपोखरीका
राजेन्द्रकुमार मण्डल र अर्जुन आचार्य रहेका छन् । ।।।२ वर्षभित्र सक्ने गरी सम्झौता
भएपनि ७ वर्ष वितिसक्दा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा उक्त ठाउँमा
सर्वसाधरण आवतजावतमा समस्या छ,’ जिल्ला प्रशासन कार्यालयमा दिएको निवेदनमा
उल्लेख छ, ।।।गत बुधबार राती आगो निभाउन हिंडेको दमकल खोला तर्ने क्रममा
त्यहीँ पल्टिएको थियो । सो स्थानमा यसखालका सवारी साधन पल्टिने, दुर्घटना हुने
क्रम लामो समयदेखि निरन्तर जारी छ । यसको सम्पूर्ण कारण भनेको पुल नहुनु नै
हो ।’
पुल निर्माण गर्ने सम्झौता गरेर पुल निर्माण नगर्दा भइरहेको क्षतिको जिम्मेवारी
निर्माण कम्पनीले लिनुपर्ने बताउँदै निवेदक मण्डलले पुल निर्माणमा लापरबाही
गर्नेलाई कारबाही गर्नुपर्नेमा जोड दिए । ।।।आवश्यक छानविन गरी दोषि उपर
कारबाही गर्न तथा छिटोभन्दा छिटो पुल निर्माणको लागि पहल गरिदिन हामीले
जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका हौं,’ मण्डलले भने ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले
निर्माण कम्पनीका संचालक सराजुद्धिन अन्सारीलाई बोलाएर जवाफ माग गर्ने बताए ।
।।।हामीले जिल्ला प्रशासन कार्यालयमा यस विषयमा छलफल गरेका छौं,’ तिम्सिनाले भने,
।।।कानून अनुसार सरकारले प्रक्रिया अगाडि बढाउँछ, त्यहाँ पुल नहुँदा समस्या छ, म पनि
त्यस ठाउँबाट ओहोर दोहोर गरेको छु ।’ पुल निर्माण नहुँदा सर्वसाधारणलाई आवत
जावत सहज बनाउन निर्माण कम्पनीलाई तुरुन्त निर्देशन दिइने पनि तिम्सिनाले बताए ।
पुल निर्माणको लागि भुटाहा सुनसरीको फ्युचर र सराउद्धिन निर्माण सेवाले संयुक्त
रुपमा ठेक्का पाएका थिए । १ करोड १८ लाखमा पुल निर्माणको सम्झौता भएर ५७
लाख रुपैयाँ भुक्तानी पनि लगिसकेको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन
कार्यालय इटहरी अन्तर्गतको सडक डिभिजन कार्यालय विराटनगरले जनाएको छ ।
निर्माण कम्पनीका संचालक सराजुद्धिन अन्सारीलाई पटकपटक ताकेदा गर्दा पनि काम
नभएको सडक डिभिजन कार्यालयको भनाइ छ । ।।।विश्वास गर्नै गाह्रो भइसक्यो, दशैं
अगाडिदेखि नै काम गर्न भन्दा पनि दशैंपछि, तिहार पछि, छैठ पछि, एक हप्ता पछि भन्दै
ढाँट्दै आएको छ,’ सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख इन्जिनियर सुदर्शन
कार्कीले भने, ।।।हामीले आजमात्रै कार्यालयमा बोलाएर कारबाहीको चेतावनी दिएका
छौं, उहाँले आउँदो आइतबार, सोमबारदेखि काम गर्छु भन्नुभएको छ ।
यता, निर्माण कम्पनीका संचालक अन्सारीले आफूले पुल निर्माणको लागि अढाइ करोड
खर्च गरिसकेको बताए । पुल ढिलो निर्माण हुनुमा बेस निर्माण गर्ने क्रममा अत्याधिक
पानी रहेको कारण खर्च बढेको कारण प्रष्ट पारे । यद्यपि आफूले काम सम्पन्न गर्ने
उनले बताए । ।।।दुई चार दिनपछि म काम सुरु गर्छु,’ उनले भने, ।।।अहिले बिरामी भएर
हो ।’
………………………….
पुल निर्माण नहुँदा खोलाबाटै तर्ने क्रममा खाल्डाखुल्डीबाटोका कारण पल्टिएको
दमकल । तस्बिर सौजन्य ः विद्यानन्द चौधरी
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


