Spread the love


विराटनगर, २ माघ
प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले द्वन्द्वकालमा बेपत्ता पारिएकाहरूकाको परिवारलाई उचित सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको स्पष्ट पार्नुभएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’का पदाधिकारीहरूसँगको छलफलमा उहाँले प्रदेश सरकारसँग बजेटको चुनौती भए पनि बेपत्ता पारिएकाहरूका परिवारलाई अन्य ढंगले सहयोग गर्ने प्रष्ट पार्नुुभएको हो ।
‘प्रदेश सरकारसँग बजेटको आयतन नै सानो हुने रहेछ’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘धेरै नभए पनि सांकेतिक रुपमा केही आर्थिक दायित्व लिन्छौं ।’ उहाँले बेपत्ता पारिएकाहरूका परिवारलाई रोजगारी दिने, सीपमूलक तालिम प्रदान गर्ने, शिक्षा तथा स्वास्थ्य उपचार एवं बीमाजस्ता कार्यक्रमबाट लाभान्वित गर्न सकिने विचार प्रकट गर्नुभयो ।
उक्त छलफल कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले देशभरि ३२९२ व्यक्ति बेपत्ता भएको उजुरी आएको जानकारी दिनुभयो । तीमध्ये तीन सय जना प्रदेश नं.१ मा अझै बेपत्ताको सूचिमा रहेको उहाँले बताउनुभयो । उहाँले प्रदेश नं.१ मा बेपत्ता भएकाहरूकाको सूचि मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई बुझाउनुभएको थियो । छलफल कार्यक्रममा आयोगका सचिव श्यामकुमार भट्टराईले आयोगले अहिलेसम्म गरेका प्रगति विवरण बारे जानकारी गराउनुभएको थियो । उहाँले आयोगमा परेका उजुरीमा दुई हजार पाँच सयको छानविन भइसकेको र तिनमा १२५७ बेपत्ताको सूचीमा परी राज्यबाट १० लाख राहत पनि पाएको बताउनुभयो । उजुरी आएकामध्ये १८६ जना प्रक्रियामा रहेको उहाँले जानकारी दिनुभयो । प्रदेश नं.१का मुख्य न्यायाधिवक्ता भोजराज श्रेष्ठ, प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले पनि छलफलमा भाग लिनुभएको थियो । अबैध गाँजा सहित ३ जना मानिस पक्राउ


माघ ०२ गते, सुनसरी ।
मिति २०७८÷१०÷०१ गते जिल्ला सुनसरी बर्जु गाउँपालिका वडा नं ५ तिनमुहान दक्षिण शाखा नहर डिलको बाटो हुँदै भारततर्फ अबैध लागू औषध (गाँजा) लैजानेगरेको गरेको भन्ने बिशेष सुराकीको आधारमा तिनमुहान भन्दा दक्षिण शाखा नहरको ७ नं ढोका नजिक जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी निरीक्षकको कमाण्मा खटिएको टोलिले करिव रातको २०ः०० बजे सोहि नहरको छेउबाट ५ वटा सेतो प्लाष्टिको बोरामा सलको नाम्लो तथा काधमा बोकी दक्षिण भारततर्फ १०० के.जी. गाँजा लैजाँदै गरेको अवस्थामा देश भारत बिहार राज्य कटहरिया जिल्ला देबीपुर १० घर बताउँने बर्ष ५० को जितेन्द्र राय, बिहार राज्य जिल्ला देबीपुर १९ घर बताउँने बर्ष २६ को मिठ्ठु राय, पुर्णिया जिल्ला सरसी ३ घर बताउँने बर्ष १९ को पंकज महलदारलाई उक्त गाँजा सहित नियन्त्रणमा लिई मिति २०७८।१०।०२ गते लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट म्याद थप लिई आवश्यक अनुसन्धान भईरहेको ।