Spread the love


बिराटनगर
प्रदेश नं. १ सरकारका आन्तरिक मामिला मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले सरकारले जनतामा निरासा हुन नदिने बताउनुभएको छ
मन्त्री कार्कीले प्रदेशबाटै राजपत्र छाप्न मेशिन खरिद गर्ने प्रक्रिया अघि बढिसकेको बताउँदै सबैको हातहातमा राजपत्र पुर्याउने बचन दिनुभएको छ । प्रदेश १ का सञ्चार गृहको तथ्यांकीकरण गर्ने, पत्रकारको क्षमता अभिवृद्धि, संस्थागत विकासका साथै सञ्चारगृहहरुको अनुगमन गरी समस्या पहिचान गरिने उहाँले बताउनुभएको छ ।

नोवेल मेडिकल कलेजमा देखिको विषयलाई गम्भीर रुपमा लिएको बताउँदै मन्त्री कार्कीले समस्याका समाधान गर्न पहल गर्ने बताउनुभयो ।
मुख्यमन्त्रीका प्रेस सल्लहकार बन्धु पोखरेलका अनुसार सरकारले शासक होइन जनताको सेवक भएर काम गर्ने बताउदै । मन्त्री कार्कीले आफ्नो दायित्व पारदर्शी ढङ्गले पूरा गर्ने बताउनु भएको छ ।
अघिल्लो दुई तिहाईको सरकारको नेतृत्व गरेका केपी शर्मा ओलीको तानाशाही शासक बन्ने मानसिकताका कारण फेरि पनि लोकतन्त्रका अवयव अन्योलको भूमरीमा फस्न पुगेको बताउँदै मन्त्री कार्कीले नेपाली कांग्रेसकै नेतृत्वमा मुलुकको विकास सम्भव रहेको बताउनु भयो ।
कांग्रेस सहित गठबन्धन सरकारले ओली प्रबृतिको निर्मम बिरोध गर्दै लोकतन्त्रको प्रत्याभुति हुनेगरि काम कार्बाही गरेर जनताको सेवा गर्ने बताउनु भयो । प्रदेश सरकारले १४ वटै जिल्ला अन्तरर्गत प्रहरी चौकीहरुको मर्मत सम्भार गरि पूर्वधारको विकास गर्ने मन्त्री कार्कीले बताउंदै अपराधिक घटना नियन्त्रण गर्ने, अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाई समाजमा पुनःस्थापित गराउने दायित्व मन्त्रालयले ग्रहण गरेको बताउनु भयो ।
ओमिक्रोन भाइरसबाट आम नागरिकलाई बचाउन सरकार चनाखो रहेको बताउँदै भारत तथा तेस्रो देशबाट आउने नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्ने कार्यलाई निरन्तरता दिइने व्यवस्था मिलाएको र संक्रमित पहिचान भएकालाई कोभिड १९ उपचार केन्द्र, होल्डिङ सेन्टर लगायत उपयुक्त तोकिएको ठाउँमा राखेर उपचार गरिएको बताउनु भएको पोखरेलको पिोर्टमा उल्लेख छ ।

विपद व्यवस्थापनमा तीनवटै सुरक्षा निकाय, युवा, विद्यार्थीलगायत नागरिक समाजसँग हातेमालो गर्दै तालिम, जनचेतना मूलक कार्यक्रम मन्त्रालयले गर्दै आएको मन्त्री कार्कीले बताउदै प्रदेशको १३७ वटै पालिकामा स्वयम्सेवक समूह गठन गर्ने र यो समूहले विपद् व्यवस्थापन एवं लागू औषधविरुद्ध अभियान पनि सञ्चालन गरिने उल्लेख गर्नु भएको छ ।
प्रदेशका सबै कारागारको व्यवस्थापनमा सुधार ल्याउने र निर्माण भएको कानूनलाई अध्ययन गरी संशोधन गर्नुपर्ने भएमा संशोधन गर्ने बताउँदै न्यायमा पहुँच नपुगेका नागरिकलाई सहायता गर्न प्रत्येक जिल्लामा सहायता कक्ष स्थापना र सडक दुर्घटना कम गराउन सडक सुरक्षामा सरकार विशेष ध्यान दिने पनि मन्त्री कार्कीको भनाई छ ।
आइतबार झापा कारागारको निरिक्षण गर्नुभएका मन्त्री कार्कीले अब चाँडै मोरङ कारागारको पनि निरिक्षण गर्ने र प्रदेशका सबै कारागारलाई व्यबस्थित बनाउने बताउनुभएको छ ।

ट्राफिक सप्ताह होइन, ट्राफिक सदा नारा आवश्यक छ भन्दै उहाँले ट्राफिक व्यवस्थापनमा सुधार गर्ने बताउनुभएको छ ।