Spread the love


इटहरी
माधब कुमार नेपाल अध्यक्ष रहनु भएको नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीको जन संगठनको रुपमा भातृ संस्था सरह स्थापित नेपाल दलित मुक्ति संगठन सुनसरी गठन भएपछि पालिका स्तरका जनसंगठनहरु बन्ने काममा पार्टीको जिल्ला कमिटीले सहयोग गरि धमाधम बिस्तार अभियान सुरु भएको छ ।

No description available.


धरानमा अमृता सिन्चुरी रामदामको नेतृत्वमा मुक्ति संगठनको जिल्ला तह बनेपछि इटहरी उपमहानगरपालिकामा बेचन परियार अध्यक्ष रहेको उपमहानगर स्तरीय नेपाल दलित संगठन बनेको छ । जिल्लमा प्रत्येक पालिकाहरु समेटिइने गरि ७१ सदस्यीय टिम बनेको छ भने इटहरी उपमहानगरमा पनि ७१ सदस्यीय दलित मुक्ति संगठन बनेको पार्टीको सुनसरी जिल्ला सचिावालय सदस्य ता दलित बिभाग इन्चार्ज पीबी दियालीको रिपोर्टमा उल्लेख छ ।
प्राप्त रिपोर्ट अनुसार आजै इटहरी उपमहानगरपालिकाको ४ नं वडा कमिटी पनि गठन भए

No description available.

को छ । पार्टीको इटहरी स्थित कार्यालयको सभाहलमा आयोजित समारोहमा बेचन परियारको सभापतित्व रहेको थियो भने प्रमुख अतिथि इटहरी पार्टी अध्यक्ष गणेश बुढाथोकीले संबोधन गर्नु हुंदै दलित संगठनको नाम भएपनि त्यहाँ आबद्ध ब्यक्तिहरुले दलित मानसिक्ता राखेर काम गर्न नहुने आबाश्यक्ता औंल्याउनु भएको छ । संगठनलाई आफना माग मुद्धा उठाउन प्रयोग गरि पार्टीको बिचार सिद्धान्तलाई पछयाउने र जोडदार संघर्ष गरि गरिव उत्पीडितको पक्ष

No description available.

मा आबाज घन्काउने र राज्यबाट सेवासुबिधा साथै सामाजिक असजिलो महसुस हुने कामकुराहरुलाई सजिलो बनाउन पहल गर्ने हो भने समाजवाद त्यहीबाट सुरु हुने बताउनु भयो । यूवासंघ नेपालका केन्द्रिय सचिब तथा प्रदेश १ सहइन्चार्ज गौरीमान परियारले समाजवादको यात्रामा हिंडेको नेकपा समाजवादी पार्टीलाई बाधा ब्यबधान आईलागे दलित मुक्ति संगठनले दह्रो प्रहार गरि बाधा बिरोधीहरुलाई खुत्रुक्कै पार्न सक्ने तागत रहेको बताउनु भयो । पत्रकार सम्पादक तारा लाम्गादेले गणतन्त्र, संघीयता,धर्मनिरपेक्षतालाई सम्बोधन गर्न खोजेको संबिधान तितरबितर पार्न खोज्ने एमालेका जिम्मलबा खडगप्रसाद ओली प्रतिगामीका नाइके र अरु उनका धुपौरेहरु प्रतिगमनका मतियार र राजतन्त्र नै भए राम्रो भन्नेहरुको जमात रहेको बताउनु भएको छ । माक्सवाद र लेलिनबादले सृजना गर्न खोजेको समाजवाद नै सच्चा समाजवाद भएको हुनाले सबै जनसमुदायले माक्सबाद लेलिनबादको सच्चा अनुयाई नेकपा एकिकृत समाजवादी नै भएकोले बिषेश दलितहरु यतैपटी लाग्नु नै भलाई हुने दावी गर्नु भयो । नेकपा एकिकृत समाजवादीका इटहरी ४ न वडा इन्चार्ज झलक बनले आफनो वडामा दलितलाई कुनै पनि समस्या परे सिंगो पार्टी जागेर आबाश्यक अभियान चाल्ने बताउनु भयो । काहिं कुनै किसिमका छुवाछुत र मानवता बिरोधी कामकुरा गर्ने गराउनेलाई कानूनको दायरामा ल्याएर सजाय दिलाउने प्रतिबद्धता ब्यक्त गर्दै अध्यक्ष बनले भने केपि ओलीले शासन गदाृ भ्रष्टचारीहरुलाई काखी च्यापेको हुनाले उनलाई सत्ताबाट खसालेर सडकमा झार्नु परेको बताउनु भयो । पाटीृका केन्द्रीय सल्लाहाकार तथा बिशिष्ट अतिथि रमेश बिष्टले छुवाछुत गनुृ अपराध भएकोले यस्ता कामकुरा कम्युनिष्टले गर्नु त परै जाओस सोच्नु पनि नहुने बताउनु भयो ।

No description available.

आफु इटहरीमा सानै देखि कम्युनिष्ट पार्टीको अभियान्तै भएकोले आफनो पार्टी एमालेको ओली कम्पनीबाट मुक्त हुंदा असाध्यै खुसि लागेको र यहि पार्टीले मात्र दलित लगायत सबैको भलाई गर्ने दावी गर्नु भयो । पार्टी वडा कमिटी उपाध्यक्ष सकुन्तोला बराइलीले स्वागत मन्तब्य र पार्टी वडा कमिटी सदस्य मनकुमारी राईले संचालन गनुृ भएको उक्त कार्यक्रममा बिशिष्ट अतिथि मुक्ति संगठनका सुनसरी इन्चार्ज पीबी दियालीले सही बिचार र स्पष्ट दृष्किोण सहित आआफनो क्षेत्रमा सरिक भए काही कसैले पनि कुनै किसिमको भेदभाव गरि हेला होचो गर्ने आँट गर्न सक्दैन भन्दै नवगठित समितिका सबै पदाधिकारी र सदस्यहरुलाई रानीतिक सचेतना बृद्धीकोलागि पार्टीले बिषेश कार्यक्रम ल्याउनु पर्ने आबाश्यक्ता औल्याउनु भयो । पार्टी इटहरी उपसचिब तथा सडक ब्यपार संघका केन्द्रीय नेता प्रदीप तामाङ्गले इटहरी लगायत पुरै सुनसरीमा पार्टी बिस्तारको अभियानमा दलित मुक्ति संगठन नमुना योग्य ढंगले अघि बढेको भन्दै पार्टी आबद्ध अरु संगठनहरु पनि दलितको सिको गरेर अघि बढनु पर्नेकुरामा जोड दिनु भयो ।
दियालीले सुस्मिता बिकको नेतृत्वमा गठित दलित मुक्ति संगठन इ

No description available.

टहरी ४ न वडाको नामावली पढेर सुनाउनु भयो । छलफलमा छानिएकाहरु मध्ये रोजिना रणपहेंली उपाध्यक्ष,राकेश रणपहेंली सचिव ,बिबस ठटाल उपसचिब र सीता नेपाली कोषध्यक्ष रहेकी छन । सदस्यहरुमा रेजी पयिार,बिजय रण पहेंली,राकेश चाहार,बिमला शंकर,रोजिना शंकर,सरस्वति बिक,हरी दनाल र निसा बिक रहेका छन । सबैलाई पार्टी अध्यक्ष तथा प्रमुख अतिथी बुढाथोकीले सफथ गराउनु भयो ।
सोही अबसरमा पार्टीको यूवा संघ नेपाल ४ न वडा कमिटी पनि गठन भएको पार्टीका वडा इन्चार्ज झलक बनले बताउनु भएको छ । वडाका उपाध्यक्ष उमेश चौहान र दिपक कटवालका अनुसार यूवासं नेपालको ४ न वडाध्यक्षमा प्रज्वल घिमिरे रहेका छन । घिमिरेको नेतृत्वमा ५१ सदस्यीय वडा कमिटी बनेको समाचारमा जनाइएको छ ।

No description available.