नयाँ भेरिअन्टका बारे मुख्यमन्त्री कार्यालयमा छलफल =ओमिक्रोनविरुद्धको तयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन
विराटनगर, २१ पौष
प्रदेश नं. १ सरकारले कोभिडविरुद्धको प्रतिकार्यलाई प्रभावकारी बनाउन आज सरोकारवाला पक्षसँग छलफल गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नयाँ भेरिअन्टको ओमिक्रोन फैलन सक्ने सम्भावनाका बारे सरोकारवाला निकायहरूबीच छलफल भएको हो ।

छलफलका क्रममा प्रदेश नं.१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले कोभिडको नयाँ भेरिअन्टका रुपमा देखा परेको ओमिक्रोनविरुद्धको तयारीमा जुट्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभयो । उहाँले खतराको घण्टी बज्नुअघि नै सबै प्रकारको तयारी गर्नुपर्नेमा जोड दिनुभयो । ‘हामी सजग हुनुपर्ने अवस्था आएको छ’ मुख्यमन्त्री राईले भन्नुभयो, ‘नयाँ भेरिअन्ट देखा परेको अवस्थामा सरकारी संयन्त्रमात्र होइन सबै प्रकारका संयन्त्र परिचालित हुनुपर्छ ।’ मुख्यमन्त्री राईले अप्ठ्यारो परिस्थितिमा सबैको सहयोगको अपेक्षा पनि गर्नुभएको छ ।
सामाजिक विकास मन्त्री जयराम यादवले कोभिडविरुद्ध मन्त्रालयबाट भए गरेका कामका बारे जानकारी दिनुभयो । उहाँले नयाँ भेरिअन्ट फैलन नदिन भीडभाड हुने कार्यक्रम बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो । मन्त्री यादवले त्यसका लागि प्रदेशस्तरीय राजनीतिक दलहरूसँग छलफल अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिडविरुद्धको अभियानमा महानगरपालिका प्रदेश सरकार सँगै रहने उल्लेख गर्नुभयो ।
प्रदेश नं. १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरेले कोभिडसँग सम्बन्धित सूचना प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । सही सूचनाले नागरिक आश्वस्त हुने भएकाले चुस्त सूचना प्रणालीमा उहाँले जोड दिनुभयो ।
छलफल कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव कमलप्रसाद भट्टराई, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालिप्रसाद पराजुलीले आ–आफ्ना मन्त्रालयबाट भएका काम र प्रयासका बारे जानकारी दिनुभएको थियो ।
त्यसैगरी सुरक्षा निकायका तर्फबाट १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बि.सी., शसस्त्र प्रहरी बल नेपाल नं.१ बराह बाहिनी मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, राष्ट्रिय अनुसन्धान १ नं. प्रदेश कार्यालयका निर्देशक प्रकाशराज पाण्डे, नेपाली सेना इटहरी बाहिनीका सहायक रथी प्रकाश देउजासहित विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. विनोदप्रसाद गुप्ताले छलफलमा भाग लिनुभएको थियो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


