दलितका मुद्दाहरुलाई बेवास्ता गरे ओलीको हालतमा पुगिन्छ पुगिन्छ ःनेता बिष्ट इटहरीमा नेकपा एसका दलितले नेता छाने , ७१ सदस्यीय कमिटी बन्यो
इटहरी
दुई तिहाइ नजिकको अत्याधिक बहुमतको सिङो कम्युनिस्ट सरकार चलाउदा पनि खडगप्रसाद ओलीले दलित लगायत कसैका पनि समस्या हल गर्ने काम नगरेको हुदा उनलाई निकालेर कम्युनिस्ट्को मुलप्रबाहलाइ दर्हो र बलियो बनाउन माधब कुमार नेपाल नेतृत्वको नेकपा एसको जन्म भएको कुरा सो पार्टिको केन्द्रीय सदस्य केशब बिस्टले बताउनु भएको छ। पार्टी सङठन निरमार्ण अन्तर्गत आज नेकपा एसको प्रदेश कर्यालयको सभाहलमा नेपाल दलित मुक्ती सङ्ग्ठन सुनसरी जिल्ला कमिटीद्वारा आयोजित इटहरी उपमहानगर स्तरिय कार्यकर्ता भेला तथा कमिटी गठन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी बिस्ट्ले दया माया र आसा भरोसा राखेर मात्र दलित आन्दोलनले गति लिन नसक्ने भन्दै स्पस्ट र पारदर्सी राजनीति प्रती बफादार नेकपा एसले तय गरेको नीति तथा कार्यक्रमले मात्र दलितले भोग्दै आएको पिर ब्याथा कम गर्न सक्ने ठोकुवा गर्नु भयो।दलितका मुद्दाहरुलाई बेवास्ता गर्यो भने एमालेका मालिक ओलीको अबस्थामा पुगेर सडकमा मुर्मुरिनु पर्ने ब्याङ गर्दै बिस्ट्ले अबका दिनहरु सचेत नागरिकको निगरानीमा चल्ने हुदा कुनै पनि दलले झुठ्ठो र जालझेल नगरी सामाजिक रुपान्तरण सहितको राजनिती र सोही अनुसारको आर्थिक ,शैक्षिक अभियानहरु सुरु गर्न ढिला गर्नु नहुने कुरामा जोड दिनु भएको छ।


पार्टिका जिल्ला सचिबालय सद्स्य तथा पार्टी जिल्ला दलित बिभाग इन्चार्ज क प्रकाश पिबि दियालीको सन्चालन र पार्टिको जनबर्गिय सङठन नेपाल दलित मुक्ती सङठन सुनसरी अध्यक्ष अमृता रामदाम सिन्चुरिको सभापतित्वमा सम्पन्न उक्त भेलामा पार्टिका केन्द्रीय सल्लाहकार एबम परिसद सदस्य कमरेड रमेश बिस्टले मनुस्मृती नामको जातियबादले ग्रस्त ग्रन्थले छरेको अबैग्यानिक र पापिस्ट भ्रम जाल ले गर्दा नेपाली जनताबिच आपसी अबिस्वास र द्वन्द बढदै गएको भन्दै यसबाट मुक्ती पाउन दलित मात्र नभइ सिङो समाज नै सचेत हुनु पर्ने धारणा राख्नु भयो।इटहरीका पहिलो कम्युनिस्ट अभियान्ता बिस्टले छुवाछुत र जातिय विभेद गर्ने जो सुकै मानिस आफ्नो पार्टिमा देखिए उसलाइ त्यहा ठाउँ नदिन र नीति बनाइ कार्यान्वयन गर्न पार्टीलाई सुझाब दिनु भयो।

पार्टी प्रदेश नेताहरु प्रकाश निरौला,तारा पोखरेल,इटहरी उपमाहनगर कमिटी इन्चार्ज केवल फुयाल,सचिब वसन्त श्रेस्ठ,मुक्ती सङ्ठन मोरङ जिल्ला इन्चार्ज तिलक परियार,इटहरी अध्यक्ष बेचन परियार लगायतका बक्ताहरुले सम्बोधन गर्नु भयो।कार्यक्रममा अमृता रामदामले स्वागत मन्तब्य दिदै दलित आन्दोलनको मुल प्रभाहको प्रतिनिधित्व गर्न सक्ने छ्यमता भएका नेताहरु दलित मुक्ती सङठनमा मात्रै रहेकोले तमाम दलित दाजु भाइ तथा दिदी बहिनीहरुले अरु तिर न अल्मलीइ नेकपा एसमै प्रबेश गर्न आग्रह गर्नु भयो। पार्टि जिल्ला नेताहरु उपसचिव राजेश भन्डारी,सचिबालय सद्स्य कृष्ण नेपाल,५ न वडा इन्चार्ज कृष्ण शर्मा,२ न वडा इन्चार्ज प्रदिप तामाङ लगायतका अतिथिहरुको उपस्थिमा सम्पन्न भेलाको औपचारिक कार्यक्रममा व्यापक छल बेचन परियारको नेतृत्वमा ७१ सद्स्यिय इटहरी कमिटी गठन भएको छ ।

अध्यक्ष परियारका अनुसार उपाध्यक्षमा रामप्रसाद राम मोची उपाध्यक्ष रहनु भएको छ । अर्का उपाध्यक्षमा देउमान दास रहनु भएको छ भने अर्का उपाध्यक्षमा हरिप्रसाद बिक रहनु भएको छ । सचिवमा कमला सिन्चुरी र शिबराज परियार रहनु भएको छ भने उपसचिवमा सरिता बराइली,इन्दिरा रणपाल,राधा बिश्वकर्मा,निर्मला दर्नाल र चन्द्र सुनार सहित कोषाध्यक्षमा रंगिता बिकगजमेर समेत ११ जनाको पदाधिकारी टिममा सबिना बिश्वकर्मा,चन्द्रा परियार,सकुन्तोला बराइली,रोसन पोर्तेल,इन्दिरा खाती,मिना दियाली,अम्बिका दर्नाल,भुपाल सुन्दास,शंकर पासवान,मिना बिक,लालबहादर बिक,खगेन्द्र शंकर,आसिस बिक, मनबीर बिक,योगेस मंग्रति,आयुसा दियाली,पुस्कर दियाली, प्रज्वल दियाली,पाबेल दियाली,रामबहादुर परियार,नरबहादुर कार्कीढोली,शिब सोनार,शोभा बिक,गोकुल बिक,कमला बराइली,उर्मिला बिक,टीकाराम सार्की,रविन

बराइली,सन्तोष बिक,लिलादेवी बिक,सरिता सिगौरे,मन्दिरा घतानी,रोसन सिन्चुरी,जेमिशा शंकर,निरज बिसंखे,झमक गजमेर,रुपेश मल्लिक,जेवि दियाली,सागर राम,फडिन्द्र बराइली,केदार दियाली,मिना सार्की,धनमाया बिक,मोहन बिक,रुद्र बिक,भिम बिक,रोहित बिक, निर्मला बिक र अनुप दियाली रहनु भएको छ । अन्य अपुगमा सचिवालयले बैठक राखी चाँडै थप्ने र वडै पिच्छे मुक्ति समाजको वडा कमिटी गठन गरिइने नबगठित मुक्ति संगठनका अध्यक्ष बेचन परियारले बताउनु भएको छ ।


- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


