यातायात सेवालाई प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन,दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्ने कार्यविधि तथा निर्देशिका बनाउनुपर्नेमा जोड
विराटनगर, १९ पौष
प्रदेश अन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धमा सम्बन्धित कार्यालय प्रमुखहरूलाई प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज महत्वपूर्ण निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री राईले आज आयोजित ‘प्रदेश अन्तर्गतका निकायबाट प्रवाह हुने यातायात सेवालाई प्रभावकारी बनाउने सम्बन्धी’ कार्यक्रममा गुणस्तरीय सेवा प्रवाहमा कुनै कसर बाँकी नराख्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन गर्नुभयो ।
उक्त कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले ‘यातायात व्यवस्थामा अन्तर सरकारी समन्वय’ विषयमा र प्रदेश नं. १ यातायात व्यवस्था निर्देशनालयका निर्देशक भीम गौतमले निर्देशनालय मातहतका कार्यालयबाट प्रवाह गर्ने सेवाका विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रदेश १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मोहन चापागाईलगायतको उपस्थिति थियो । १ नम्बर प्रदेशअन्तर्गत यातायात सेवा प्रवाह गर्ने कार्यालय आठ वटा छन् । प्रदेश सरकारको यातायात व्यवस्था निर्देशनालयअन्तर्गत आठ वटा कार्यालयमा करारसमेत गरी १७१ कर्मचारी कार्यरत छन् । सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले दुर्घटना न्यूनीकरणका उपाय अवलम्बन गर्ने कार्यविधि तथा निर्देशिका बनाउनुपर्नेमा जोड दिनुभयो ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


