बुढीले पनि नमान्ने वडा नेताले छिमेकीलाई हेपे
इटहरी
तुच्छ ब्यबहार देखाउंदै “मलाई छिमेकी चाहिदैन” ।मेरो बुढीले मानिन ”भनेर छिमेकी बिन्दु नेपाललाई घरको पश्चिम भित्तो प्लष्टर गर्न नदिने जनप्रतिनिधी जितेका वडाध्यक्ष इटहरी ९ का भुपेन्द्र बराल हुन । यो भनाई हार गुहार गर्दै सार्बजानिक बहसमा ल्याउने इटहरी ९का अभिषेक नेपालको हो ।

एमालेबाट निर्बाचित जनप्रतिनिधि बरालले किन आफनो मन बरालेर छिमेकी प्रति असहिष्णु हुंदैछन? दुनियाँको मुद्धा सल्टाउने जिम्मेवारीमा बसेका बराललाई उपमहानगरपालिका मेयर द्धारिकलाला चौधरीको तोक आदेश पनि मत्लव भएन। उपमेयर लक्ष्मी गौतमले पनि भुपेन्द्रको बिरुद्ध बोल्ने आँट गरिनन । इटहरीका शक्तिशाली नेता पूर्बमन्त्री ,राप्रपाका केन्द्रीय नेता रामकुमार सुब्बा समेतले फोन गर्दा निचरिएको कुरा गरेको बताईएको अभिषेकले बताएका छन । अर्काको पार्टीलाई त टेरेनन टेरेनन आफनै पार्टी ओली खेमाका इटहरी अध्यक्ष याम सुब्बा समेतले छिमेकीको समस्याबारे जिम्म्ेवार हुन आग्रह गर्दा खुत्तेको कुरा गरेर असमाजिक हुन खोजेको पीडितको पक्षमा बोल्न अघि सरेका इटहरी ८मा माओवादी केन्द्र पार्टी इन्चार्ज सुवास ढुंगेल क. आसुतोषले बताएका छन । काँग्रेसका नेता हेमकर्ण पौडेल, माओवादीका बहादुरसिंह तामाङ तामाङ लगायत नागरिक समाजका केही हेभ्भी वेट ब्यक्तिहरुले फोन गर्दा पनि बाउँठो कुरा गरेर अराजक हुन खोज्ने बराल बिरुद्ध पत्रकार सम्मेलन गर्ने तयारीमा जुटेको बिन्दु र अभिषेक नेपालले बताएका छन । बरालले पूर्बदक्षिण सिमाना जोडिएको आफनो घरको चाहिं यतिबेलै डवल प्लष्टर गर्न थालेका छन । ती छिमेकी नेपालकै घरको भित्तो छुने गरि बाँसको टेका लगाएका छन । उनको घरले पूर्बपटी संधियार क्लोथ हाउसका संचालक नटवर राठी र नारायाण राठीको जग्गामा छोएको छ ।बरालले राठीसंग टाँसेरै जिरो लेवलबाट घर बनाएका छन । अहिले आफुचाहिं राठीहरुकै जग्गामा बाँस टेकाएर काम लाउंदैछन । तर अर्का त्यस्तै छिमेकी नेपाललाई भने दलित भन्दा तल्लो ब्यबहार गर्ने गरेकोमा सर्बत्र बरालको आलोचना भई रहेको छ । सो ठाउँमा भुपेन्द्र बराल ०४३ सालमा आएर बस्न थालेका हुन भने छिमेकी नेपाल ०२५ साल देखिका बासिन्दा हुन । उपमहानगर इन्जिनियर बिकाश भटटराईले घर सम्पन्नको प्रमाणपत्र दिन फिल्डमै आएर हेरेका थिए। ०७५ सालमा नेपालले बनाउन थालेको उक्त घरको कागजात बनाउने क्रममा पनि वडाध्यक्ष बरालले बाउँठो कुरो गरर बारम्बार रोकेका थिए। शुरुमा लगाएको वाल सानो र होचो भयो भन्दै निहु खोजेका बराललाई मान मर्यादा नपुगेको जि हजुर गर्दै न ढोगेको कारण त्यस्तो पूर्बग्रह राखेर छिमेकीलाई सताएपछि एमाले पार्टीकै बदनाम हुने स्थिति पैदा भएको छ । उपमहानगरपालिका वडा नं ९का वडाध्यक्ष भुपेन्द्र बरालले आफना संधियार छिमेकीलाई थुप्रै दुख्ख र झण्झट दिएर पिरलो दिएका छन ।
सो ठाउं उपमहानगरपालिका वडा नं ९को ४१७८ कित्ता न ंको एक कठठा जमिनमा बिन्दु नेपालको घरको पश्चिमउत्तर संधियार रहेका वडाध्यक्ष भुपेन्द्र बरालले दलितलाई जस्तै ब्यबहार गर्न थालेपछि उक्त काण्डले सार्बजानिक बहस निम्त्याएको इटहरी५का पूर्ब माओवादी नेता सुरेश सुबेदीले बताएका छन ।
सुबेदीका अनुसार अध्यक्ष बरालको घर रहेकोे उक्त स्थानमा बरालकै नामको खाली जग्गा छ । सो जग्गामा छुवाएर आफनो पुरै साँध ओगटेर ३ तले घर बनाएका नेपालले प्लष्टर गर्नको लागि बाँसको टेकाहरु गाडन खोज्दा मेरो जग्गा किन छोइस भन्दै बरालले पदीय धमास दिएपछि न्याय खोज्न नेपालले राजनीतिक पार्टीहरुमा निबेदन हालेका थिए । छिमेकी भुपेन्द्रको जग्गा तर्फको भागमा प्लष्टर गर्न बरालले गर्दा नै नपाएको भन्दै थुप्रै पटक अनुरोध गर्दा बरालले म दिन सक्दिन तिमी जे गर्छौ गर भनेर मुख्र्यांइ कुरो गरेपछि सार्बजानिक गर्नु परेको नेपालको भनाई छ ।

इटहरी उपमहानगरको न्यायिक समितिकी संयोजक रहेकी उपमेयर लक्ष्मी गौतमले निबेदन पाउने साथ वडाध्यक्ष बरालको घर पुगि सोधखोज गरेकी थिइन । बरालकी बुढी मानिनन म सक्दिन भन्ने ठाडो जवाफ दिएर बेवास्ता गरेपछि यसबारे के कसो गर्ने हो ? न्याय चाहियो भनेर एमाले पार्टी कार्यालय इटहरी,काँग्रेस पार्टी कार्यालय इटहरी,राप्रपा नेपाल इटहरी,नेकपा समाजवादी इटहरी,नेकपा माओवादी इटहरी र संघीय समाजवादी पार्टी इटहरीलाई बोधार्थ दिएर पीडित नेपालले अनुरोध पत्र पठाएको निक्कै दिन भयो । नेकपा एकिकृत समाजवादीका इटहरी अध्यक्ष गणेश बुढोथोकी समक्ष जाँदा यो बारेमा केही गर्न भन्न नसक्ने बताएको नेपालले बताएका छन । वडाध्यक्ष जस्तो ब्यक्तिले यस्तो गर्न थाल्ने हो भने अरुलाई न्याय दिन कसरी सक्छन? बिन्दु नेपालको पीडालाई नजिकबाट हेर्दै रहेका इटहरी ८का सुबास ढुंगेलले भनेका छन । सो ठाउंमा वडाध्यक्ष बरालले बनाएको घरको पूर्ब तर्फ सुन्य सिमा ओगटदा उनै छिमेकी बिन्दु नेपाललाई मर्का पर्ने गरि झयाल राखेका छन । छिमेकी बरालले राखेको गैरकानूनी झयालबारे कुनै गुनासो नराखेको तर पश्चिम पटी उनको खाली जमिनमा १०।१२ दिनकोलागि बाँसको टेको राखेर प्लष्टर गर्न खोज्दा हुंदैन ,दिन्न ,मेरो बुढीले मानिन भनेर अध्यक्ष बरालले थिचोमिचो गरेकोमा साह्रै पीडा भएको भन्दै नेपालले संचार माध्यमहरुमा गुनासो फिजाएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


