नेकपा एसका महिलाले नेता तोकेः अनेमसंघमा १सय १ सदस्य
इटहरी
नेकपा एकिकृत समाजवादी इटहरी उपमहानगरपालिका स्तरीय अखिल नेपाल महिला संघ(अनेमसंघ)को अध्यक्षमा नयन तारा सिटौलालाई चयन गरिएको इटहरी उपमहानगरका पार्टी अध्यक्ष गणेश बुढाथोकीले बताउनु भएको छ ।पार्टीको उपमहानगरपालिका कार्यालयमा पार्टीका केन्द्रीय सदस्य तथा खेलकुद बिभाग प्रमुख केशव बिष्टको बिषेश सक्रियतामा संगठन निर्माण तथा बिस्तार कार्यक्रम तीब्र रुपले अघि बढेको छ ।

बुधवार पार्टीद्धार कार्यालयको सभाकक्षमा आयोजित आयोजित महिला भेलाले नयन तारा सिटौलाको अध्यक्षतामा १ सय १ सदस्य उपमहानगर कमिटी गठन गरेको र चाँडै नै सचिवालय गठन गरेर काम अघि बढाइने नबगठित कमिटीकी उपसचिब रंगिता जिएमले बताउनु भएको छ । भोली नै जिल्ला भेलाको लागि इनरुवामा भब्य समारोह पछि अनेमसंघको सुनसरी जिल्ला पनि गठन हुने जानकारी दिंदै महिला नेतृ कमला दुलाल र नन्दिका अधिकारी रेग्मीले दिनु भएको जानकारी अनुसार
उपमहानगर कमिटी उपाध्यक्षमा सुनु आचार्य, सचिवमा शशिकला आचार्य, उपसचिव रंगिता गजमेर जिएम र जीवनदेवी गौतम अनि कोषाध्यक्षमा सञ्जु फुयाललाई जिम्मेबारी तोकिएको छ । उपस्थित पार्टी नेताहरु र महिलाबीच ब्यापक छलफल गरि सुझारु टिम निर्माण गरिएको पार्टीका इटहरी उपमहानगरपालिका इन्चार्ज केवल फुयलले बताउनु भएको छ ।

नवगठित कमिटी अध्यक्ष नयनतारा सिटौलाले इटहरी क्षेत्रमा रहेका महिलाहरुलाई अनेमसंघमा आवद्ध गराउदै महिला विरुद्ध हुने विभेद र हिंसाका घटनाबाट पीडितहरुको पक्षमा आवाज उठाएर आफनो पार्टीको प्रभाव बिस्तार गर्ने बताउनु भएको छ ।
प्रमुख अतिथीको आसनबाट सफथ ग्रहण गराउंदै पार्टीका केन्द्रिय नेता केशब बिष्टले राजनीतिक दलको निर्णायक र नेतृत्वदायी भुमिकामा महिलाको सहभागीता सुनिश्चीत गर्नु नेकपा एकिकृत समाजवादीको मुल कर्तब्य हो भन्नु भयो । महिला नेतृहरुको नेतृत्व र क्षमता विकासका लागि आवश्यक ज्ञान सिपसहित राजनितिक विचार सिद्धान्तमा महिलालाई प्रशिक्षीत गरिइनु पर्ने आबाश्यक्ता औंल्याउदै प्रमुख अतिथि बिष्टले गाउँटोल सर्बत्र नेकपा एसको लहर छाएको बताउनु भएको छ ।

भेलामा पार्टी जिल्ला सदस्य कमला दुलाल, नगर अध्यक्ष गणेश बुढाथोकी लगायतका बक्ताहरुले शिष्टचारपूर्ण मन्तब्य दिनु भएको कुरा भेलामा सहभागि महिला सदस्य कल्पना बिश्वकर्मा,सकुन्तोला बराइली र सृजना बिश्वकर्मा शंकरले बताउनु भएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


