Spread the love


प्रकाश दियाली
इटहरी
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन नामाकरण गराएर एमाले नजिकको नेपाल राष्ट्रिय शिक्षक संगठनबाट बिद्रोह गरि माधबकुमार नेपालले नेतृत्वमा रहेको कलम चिन्हवाला नेकपा एस नामक पार्टीमा आस्थावान शैक्षिक क्षेत्रका बौधिक ब्यक्तित्वहरुले देशब्यापी संगठन फैलाउने अभियान थालेका छन ।

No description available.


सरस्वती माबि इटहरी ३का प्रधानाध्यापक लेखनाथ भटटराईका अनुसार “ शैक्षिक, पेशागत र ट्रेड युनियन अधिकारका लागि हाम्रो अभियान, सुदृढ, सशक्त र वैचारिक प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हाम्रो अभियान ”भन्ने नाराका साथ नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीलाई मन पराउने शिक्षकहरुको संस्था “प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन” लाई आजैबाट इटहरी उपमहानगर स्तरीय ३१ सदस्यीय कमिटी निर्माण गरेको छ ।

No description available.

“यो खासमा पहिला एमाले हुंदा रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनलाई बाई गरेर पुनर्गठन चाहिं गरेको हो।” कार्यक्रमका सभापति तथा संगठनका प्रदेश अध्यक्ष कमल तिम्सिनाले भन्नु भयो ।
पर्टीका प्रदेश कमिटिका प्रभावशाली नेता तथा इटहरीमा चर्चि

No description available.
No description available.

त शिक्षासेवी डा.दिवाकर रेग्मीका अनुसार नव गठित कमिटीमा नन्दिका अधिकारी रेग्मीलाई सर्बसम्मतिले निर्बाचित गरिएको छ । पकली माबिमा लामो समयदेखि अध्यापनरत नन्दीकाको टिममा उपाध्यक्ष केदार तिम्सिना र महिला उपाध्यक्ष उमा चौधरी चयन हुनु भएको छ । त्यसैगरी सचिवमा राधा नेपाल ढकाल सह सचिवमा शुशीला ओझा रहनु भएको छ । यसरी नै कोषाध्यक्षमा उषा घिमिरे बञ्जारा ,सह कोषाध्यक्षमा लिलादेवी भट्टराई छन् ।

No description available.
No description available.

नव गठित कमिटीमा उर्मिला अधिकारी, ,यज्ञकुमारी भट्टराई, शुशीला मैनाली, महानन्द निरौला, शान्तिकुमारी चौधरी, तुलसा लुइँटेल, नवराज नेपाल, जमुना चौधरी, हिरा गुरागाई, शिवकुमारी गिरी, पूर्णिमा राई, रेनुका चौधरी, सावित्री चौधरी रहनु भएको छ । पार्टी जिल्ला सदस्य तथा कार्यक्रमका अतिथि आत्मराम धमलाका अनुसार विद्यालय कर्मचारी इन्दिरा बिमली ,संस्थागत विद्यालय महेन्द्र राई र ईश्वर सापकोटा संगठनको सदस्यमा सर्बसम्मतिले चुनिनु भएको छ ।

No description available.


इटहरीको दुर्गा पार्टी प्यालेसमा संगठनका केन्द्रीय अध्यक्ष भिमबहादुर बस्नेतले प्रमुख आतिथिको आसनबाट नबगठित कमिटीका पदाधिकारीहरुलाई सपथ खुवाउनु भयो । नेकपा एसमा केन्द्रीय तहका प्रभावशाली नेता तथा खेलकुद बिभाग प्रमुख केशबकुमार बिष्ट बिशिष्टले बिषेश अतिथिको हैंसियतले शुभकामना मन्तब्य दिंदै आफनो पार्टीले शिक्षा क्षेत्रमा लिएको नीति सबैभन्दा बैज्ञानिक र ब्यबहारिक भएको दावी गर्दै, अरु पार्टीका जाली झेली र ठगारहरुबाट सचेत हुन शिक्षक बुद्धीजीवीहरुलाई आग्रह गर्नु भएको छ ।
प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रदेश कमिटी सह सचिव सुरेशकुमार धमलाले सन्चालन गर्नु भएको कार्यक्रममा शिक्षिक नन्दिका अधिकारीले स्वागत मन्तव्य दिनु भएपछि कार्यक्रमका सभापति तथा संगठनका प्रदेश अध्यक्ष एबं शान्तिसृजना माबिका प्रधानाध्यापक कमल तिम्सिनाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै बिषय बस्तु पस्कनु भएको थियो । अतिथि डा. दिवाकर रेग्मीले समसामयिक राजनीतिक परिघटनाको समिक्षासंगै कम्युनिष्ट राजनीतिमा ओली प्रबृतीका कारण शिक्षा लगायत सबै क्षेत्र डामाडोल हुन लागेकोमा माधबकुमार नेपालले जोखिम मोलेर लोकतन्त्रको रक्षा गर्नु भएकोले नेकपा एसलाई सबै तिरबाट सपोर्ट हुन थालेको दावी गर्नु भयो ।

alt
No description available.
No description available.

नेकपा एसका प्रदेश कमिटी सदस्य रुद्र बस्नेतले केही शिक्षकहरुले जग्गा दलाली गर्न थालेको भन्दै इमान्दार पूर्बक शिक्षासेवीहरुले इमान कायम राख्न सचेत गराउनु भयो । कार्यक्रममा नेकपा एसका सुनसरी जिल्ला अध्यक्ष गोविन्द निरौला, नेकपा एस इटहरी नगर कमिटिका इन्चार्ज केवल फुयाँल , प्रगतिशील शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष हिक्मत बहादुर बस्नेत,केन्द्रीय सदस्य सुरेश पराजुली,अर्का केन्द्रीय सदस्य बोधराज घिमिरे,निजामति कर्मचारी संगठनका केन्द्रिय सचिव तथा हुलाकी सडक आयोजनाका कर्मचारी प्रकाश राई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भयो । कार्यक्रममा संगठनकी सुनसरी सहसचिव एबं शिक्षिका गंगा गजमेर,इलाम संगठनकी सदस्य तथा शिक्षिका यमुना महत थापा,निजामति कर्मचारी संगठनका प्रतिनिधी खडगबहादुर थापा,यमकुमार थापा,जिल्ला संगठन उपाध्यक्ष रामसागर मेहता,पेशागत महासंघका सचिब राजनकुमार ढकाल,सचिब बद्री कार्की,लोकेन्द्र बस्नेत लगायतका अतिथिहरुको उपस्थिति थियो ।
अतिथि रहेर कार्यक्रममा प्रभाशाली भुमिका निर्बाह गर्ने साथै अहिले सम्म पार्टी तथा साँगठानिक कार्यमा अहोरात्र लागि परेका कुशल संगठक प्रदेश पार्टी नेता डा. दिवाकर रेग्मी र संगठनका प्रदेश इन्चार्ज हिक्मत बस्नेतले पठाएको इमेल अनुसार नवगठित शिक्षक संगठनका शिक्षकहरुको भेलाले जारी गरेको इटहरी घोषणापत्र यसप्रकार छ ।
इटहरी घोषणापत्र
१ यो शिक्षकहरूको इटहरी उपमहानगरपालिकाको प्रथम सम्मेलन नेपाली शिक्षकहरूको गौरवपूर्ण सङ्गठन निर्माणको उद्गम स्थल, ऐतिहाँसिक भूमी मकवानपुर जिल्लाको हेटौडा स्थित श्री भुटनदेवी मा वि को प्राङ्गणमा नेपाली शिक्षकहरूको संयुक्त सहभागितामा प्रति शिक्षक न्युनतम रू १०।– सङ्कलन गरी सहिद शिक्षकहरूको स्मारक निर्माण समेतको ऐतिहाँसिक शिक्षक सहिद पार्क निर्माण गर्न इटहरीका सम्पूर्ण शिक्षकहरूसँग अनुरोध गर्ने निर्णय गर्दछ।
२ यो सम्मेलन बाल विकास शिक्षक, विद्यालय कर्मचारी र राहत शिक्षक लगायत सम्पूर्ण शिषकहरूका जायज माग यथासिघ्र पुरागर्न सम्बद्ध पक्षहरूले सञ्चालन गरेको आन्दोलन प्रति हार्दिक एक्यवद्धता प्रकट गर्दछ ।
३ यो सम्मेलन शिक्षकको पेशागत हक अधिकार शुनिश्चित गर्न इटहरीका आम शिक्षकहरूलाई गोलबन्द गरी प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा आबद्ध गरी स्थानीय स्तरमा सङ्गठन निर्माण गर्न तथा सङ्गठनलाई ट्रेडयुनियन ऐन अनुसार दर्ता गर्न हस्ताक्षर सङ्कलन अभियानलाई यथासिघ्र सङ्कलन गर्ने निर्णय गर्दछ ।
४ यो सम्मेलन नेपाली शिक्षकहरूको स्वभिमानलाई उच्च राख्न पेशागत आन्दोलनको सहयात्रामा पेशागत महासङ्घको सक्रिय सहभागी घटकको रुपमा इटहरी उपमहानगरपालिकामा कृयासिल रहने निर्णय गर्दछ ।
५ यो सम्मेलन १८ किसिमका शिक्षक होइन एकै किसिमका स्थायी शिक्षक बनाइनु पर्छ भन्ने मागलाई जोडदार रूपमा उठाउन चाहन्छ ।
६. यो सम्मेलन शिक्षा सेवालाई थप मर्यादित र सम्मानयुक्त बनाउन अन्य कर्मचारी भन्दा शिक्षकहरूको सेवासुविधामा कम्तिमा १० प्रतिशत बढिहुनु पर्ने व्यवस्था प्रवन्ध गर्न नेपाल सरकार समक्ष माग गर्दछ । शिक्षा क्षेत्रमा इटहरीको कुल बार्षिक बजेटको २० प्रतिशत रकम विनियोजन गर्न उपमहानगरपालिका समक्ष जोडदार माग गर्दछ ।
७. यो सम्मेलन शिक्षा क्षेत्रमा विद्यमान विसङ्गतिहरूको निकासका लागि सङ्घीय शिक्षा ऐन, लगायत शिक्षा सम्बन्धी कानुनहरू यथासिघ्र जारी गरियोस् भनी जोडदार माग गर्दछ ।
८ यो सम्मेलन शिक्षकहरूका मर्यादाक्रम कायम गर्न माग गर्दछ साथै शिक्षकहरूलाई तहगत र श्रेणीगत बढुवाको क्रमलाई यथासिघ्र नियमित गरी विशिष्ट श्रेणीसम्म बढुवाको प्रवन्ध गर्न माग गर्दछ ।
९ यो सम्मेलन विद्यालय कर्मचारी र भ्ऋम् शिक्षकहरू माथि भएको विभेदपूर्ण सेवा सुविधालाई मिलान गरी यथासिघ्र दरबन्दी कायमगरी सेवा निरन्तरताको प्रबन्ध गर्न नेपाल सरकारको ध्यानाकर्षण गर्दछ ।
१० यो सम्मेलन कक्षा ११ र १२ र प्राविधिक धार सञ्चालित कक्षा सञ्चालन गर्न अनुदानमा नियुक्ति गरिएका शिक्षक प्रशिक्षकहरूका समस्याहरूको उचित सुनुवाई गरी सेवा स्थायित्वको प्रबन्ध गर्न माग गर्दछ ।
११. यो सम्मेलन इटहरी उपमहानगरका विद्यालयमा दरबन्दी थप गरी यथासिघ्र शिक्षक दरबन्दी मिलान गर्न माग गर्दछ ।
१२ यो सम्मेलन पुरानो नियमावलीमा आधारित भएर शिक्षासेवा आयोगले हालै खुल्ला गरेको शिक्षक आयोगको सूचना प्रकृयालाई संसोधन गरी वर्तमान तहगत आधारमा आधारभूत तह र माध्यमिक तहको व्यवस्था बमोजिम सेवा आयोगबाट शिक्षक पदपूर्ति गर्न माग गर्दछ ।साथै कार्यरत सवै किसिमका शिक्षकलाई सेवा आयोगमा उमेरहद नलाग्ने व्यवस्था सहित सहभागी गराउन माग गर्दछ ।
१३ यो सम्मेलन नेपाल लगायत विश्वव्यापीरूपमा महामारीको रूपमा फैलिएको कोभिड १९को प्रकोपबाट ज्यान गुमाउनु भएका इटहरीका शिक्षकहरू प्रति श्रद्धाञ्जली ब्यक्त गर्दछ र यसको सङ्क्रमण प्रकोपबाट पीडीत शिक्षकहरूप्रति सहानुभूति र यथाशिघ्र पुर्ण स्वस्थ्यलाभको कामना गर्दछ ।

१४ यो सम्मेलन नेपाली शिक्षकहरूको गौरवशाली सगठानीक यात्रामा शैक्षिक आन्दोलनको अगुवाई गर्ने वीर शिक्षक सहिदहरू, अभिभावक र विद्यार्थीहरू प्रति उच्च मुल्यांकन युक्त सम्मान गर्दछ, भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ ।