Spread the love

दलित मुक्ति संगठनले नेता छान्यो ःएमाले छोडेर एसमा आए दलित

May be an image of 1 person and text that says 'नेपाल दलित मुक्ति संगठन Dalit Liberation Organization Of Nepal सुनसरी जिल्ला मेला मिति २०७६ मंसिर २३ गते स्थान बराह बिजनेश गुपको सभाहल, धरान'


इटहरी
नेकपा एसका केन्द्रीय कमिटी सदस्य तथा नेपाल खेलकुदमहासँघका अध्यक्ष केशवकुमार बिष्टले पार्टीले तयगरेको नीति तथा कार्यक्रमले समाजवाद स्थापना हुने र जातपात छुवाछुत लगायत सबैखाले समस्याहरु समाधान भई सभ्य र समृद्ध समाज बन्ने भन्दै दलितहरुलाई राजनीतिमा सकृयता देखाउन उत्साह दिनु भएको छ ।

No description available.
Mukti samaj 1


पार्टी संगठनमा सुनसरीकोलागि प्रमुख उत्प्रेरक एबं प्रभावशाली नेता बिष्टले बिहिबार धरानमा आयोजित पार्टीको भात्रीसंस्था दलित मुक्ति संगठनको बराह ज्वेलरीको नयाँ सुपर मार्केट गोर्खा बराहाको सभाकक्षमा आयोजित सुनसरी जिल्ला भेलालाई बिशिष्ट अतिथीको आसनबाट संबोधन गर्दै आफू बाल्यकालको स्कुले जीवनमा आफूसंगै पढने साथीको घरमा खाजा खाँदा साथीको आमाले ठूला जातीलाई हामीले पकाको खाना दिनु हुंदैन पाप लाग्छ भन्ने सुनेदेखी नै कौतुहलता छाएर जातीय बिभेद अनी जातपातको कुरा बेठिक लागेर कम्युनिष्ट बन्ने प्रेरणा जागेको बताउनु भयो । पार्टीका जुनसुकै नेता तथा कार्यकर्ताले जातपातको कुरो गरेर भेदभाव गरेमा तुरुन्तै कार्बाही गरिइने बिश्वास दिलाउंदै रुढीबाद र कु

No description available.

चलनले मुलुक बन्न नसक्ने ठोकुवा गर्नु भयो । अर्का बक्ता नेकपा एस सुनसरीका अध्यक्ष गोबिन्द निरौलाले दलित भित्र पनि आन्तरिक समस्याले डेरा जमाएकोले त्यसको निराकण गर्न स्वयम दलितहरुनै लाग्नु पर्ने धारणा ब्यक्त गर्नु भयो । प्रमुख अतिथीको रुपमा रहनु भएका पार्टीका पोलिटब्युरो सदस्य तथा मुक्तिसंगठनका अध्यक्ष गणेश बिकले कम्यनिष्ट राजनीतिको कलंक केपीको हैकममा चलेको एमाले पार्टीमा लेपासिएका दलित नेताहरुलाई राजीतिक बिचलनले घेरेको आरोप लगाउनु भएको छ । कम्युनिष्ट आन्दोलनको मूल धारमा स्थापित भई सकेको पार्टीलाई ब्यक्तिको पुजा गर्नु पर्ने जस्तो ओलीको चरित्र देखेपछि त्यसबाट बिद्रोह गरेर नयाँ शिराबाट कम्युनिष्ट आन्दोलन अघि बढाइने र दलितको मुक्ति पनि त्यसपछि मात्र हुने भन्दै देशब्यपीरुमा दलितहरुको राजनैतिक सहभागिता आबाश्यक रहेको बताउनु भयो ।
दलित मुक्ति संगठनका प्रदेश न१का अ

No description available.
No description available.

ध्यक्ष कृष्ण रसाइली,सचिब भवानी शंकर लगायतका अतिथी महानुभावहरुले दलित मुक्ति संगठनको भावी कार्यदिशाबारे ब्यापक छलफल एबं बहस हुनु पर्ने आबाश्यक्तामाथि जोड दिनु भयो । पार्टीको सुनसरी जिल्ला सचिवालय सदस्य तथा मुक्तिसंगठनका इन्चार्ज समेत रहेका पत्रकार पीबी दियालीको संयोजकत्व तथा सभापतित्वमा सम्पन्न उक्त जिल्ला भेलाको उदघाटन समारोपछिको बन्दशत्रले धरानकी अमृता सिन्चुरी रामदामको अध्यक्षतामा ३७ जना पछि थप्नेगरि ६१ सदस्यीय दलित मुक्तिसंगठन सुनसरी गठन गरेको छ । पत्रकार तथा लेखक तारा लाम्गादेले संचालन गर्नु भएको कार्यक्रममा स्वागत भाषण गर्दै अमृता सिन्चुरी रामदामले दलित मुक्ति संगठनलाई नेकपा एसमा संमाहित गर्नु पर्ने आबाश्यक्ता किन?

May be an image of 2 people and people standing

भन्ने बिषयबस्तुको लिखित मन्तब्य पढेपछि कार्यक्रम रोचक ढंगले सम्पन्न भएको थियो । अध्यक्ष पदमा चुनिएकी महिला समाजसेवी अमृतालाई अध्यक्षमा स्वीकार्दै उपाध्यक्षत्रय कलाकार इनरुवाको मदेशा निवासी रमेश घतानी,पत्रकार धरान निवासी भीम लाम्गादे,ब्यबसायी इटहरी निवासी हिरण्य सिन्चुरी हिमालको साथमा सचिब इटहरीकी एसोदा परियार,कोषध्यक्ष धरानकी निर्मला दियाली र उपसचिब तरहराका पदम शंकर लगायत सदस्यहरु धरानका धमानसिंह बिक बराइली,सुस्मिता बिक, दुहबीकी गिता परियार,धरानका संजोग बराइली,धरानका नेहाङ ल्वागुन,धरानका रामधारी बासफोर मरिक,इटहरी बरगाछीकी कल्पना बिक,दुहवीकै लक्ष्मी परियार,धरानकै गिता बिक दियाली,छत्र बराइली,कृष्ण कालीकोटे,चन्द्रकुमार बिक लगायत सदस्यहरुले ताली पिटेर समर्थन गरेका थिए । छिटटै कार्यालय खोलेर संगठनको संस्थागत बिकास गरि पार्टी सर्कुलेशन अनुसार कामहरु गर्न र बिधि बिधान अनुसार मिटिङ राखी

May be an image of 1 person, sitting and standing
May be an image of 3 people, people standing and indoor

उत्पीडित बर्गको पक्षमा देखिएका समस्याहरु एजेण्डाको रुपमा राखेर काम गर्न बिशिष्ट अतिथीको तर्फबाट पार्टी नेता बिष्टले प्रशिक्षणमुलक निर्देशन पनि दिनु भएकोले छिटटै तमाम कामको लागि संगठनको बैठक डाकेर कामकार्बाही अघि बढाउने कुरा नबगठिट मुक्तिसंगनकी नेतृ अमृता सिन्चुरी रामदामले बताउनु भएको छ ।

May be an image of 6 people, people sitting and people standing

पदाधिकारी तथा सदस्यमा आएका अधिकांस दलित नेताहरु एमाले पार्टी परित्याग गरि नेकपा एसमा आएको कार्यक्रम संचालक तारा लाम्गादेले बताउनु भएको छ । रिक्त पदमा पुर्तिकोलागि अब छिटटै अभियान चाल्न नयाँ कमिटी परिचालित हुने बताइएको छ । सो अबसरमा नेकपा एसका प्रदेश सदस्य तथा यूवासंघ नेपालका केन्द्रिय सचिवालय सदस्य गौरीमान परियारले पार्टीको लाइन दलित मैत्रि रहेकोले जताततैबाट संगठननिर्माणमा दलित सहभागिता बढदै गएको बताउनु भयो । सो कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला पार्टी सहइन्र्चाज सुस्मा राईले रु १० हजार सहयोग गर्नु भएको थियो ।