इटहरीमा डिएसपीले पत्रकार बोलाएःशान्ती सुरक्षामा प्रहरी सचेत

इटहरी
इलाका प्रहरी कार्यालय इटहरीमा भर्खरै सरुवा भएर आएका प्रहरी नायव उपरीक्षक डिएसपी खगेन्द्रबहादुर खडकाले समाजमा सामुदायक प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तरता दिने बताएका छन । इटहरीमा यो बर्ष साढे चार सयको हाराहारीमा मुद्धा दर्ता भएको तथ्याँक दिदै आज आफनै कार्यक्रममा ओजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरीले अपराध रोक्ने र पत्ता लगाउने आधारभुत कामकुराहरुमा कुनै ढिला सुस्ति नगर्ने बताए। रातभर चौबिसै घण्टा खटेर जनताको जिउधनको सुरक्षाकोलागि काम गर्नु पहिलो कर्तब्य हो भनेका छन । नागरिकको हित भन्दा अरु केही नगर्ने भन्दै लागुऔषद कारोवार लगायत गैरकानुनी कामकुराहरुबारे पत्रकारहरुले बनाएका समाचारहरु प्रति प्राथकिता दिएर प्रहरीले काम गर्ने छ भनेका छन ।

अपराध गरेर गायव भएकाहरुलाई कानुनको कटघारामा पुरयान प्रहरीमात्र एक्लैले संभब नहुने यसकालागि समाजका सबैपक्षले साथ दिनु पर्ने बताएका छन ।पत्रकारहरु पीबी दियाली,कृष्णकला राई,बिबेक रेगमी,दिपक कार्की,गणेश निरौला,शिब भोजपुरे,बिकल रेग्मी,मनोज भुजेल लगायतले इटहरीको शान्ति सुरक्षा सम्बन्धमा केके योजनाहरु छन? भन्नेबारे प्रश्न गर्दै उपमहानगरपालिकाका २० वटै वडा क्षेत्रमा प्रहरी गस्ति प्रभाबकारी ढंगले नपुग्ने र सानातिना चोरी डकैतीका घटनाहरु बढी रहेको तर्फ प्रहरीलाई सचेत भएर काम गर्न आग्रह गरेका थिए । डिएसपी खडकाले जनताको सुरक्षाको निम्ति प्रभावकारी ढंगले निश्पक्ष र पारदर्शी ढंग अप्नाउने बताए । इटहरीको भटटीटोलमा गत तिहारको दिन भएको गाउँका यूवाहरुको झगडामा मुख्य दोषीबारे ख्यालै नगरी रितेश चौधरी नामको यूवालाई बिना कसुर थुनेर आ सम्म किन दुख्ख दिनु भएको?भन्ने प्रश्न गरिएको थियो । प्रसावालाको वोलवाला हुने र गरिव मजदुरको पक्षमा कोही नहुंदा अपराधको भागिदार त्यही बर्गलाई मात्र बनाउने पुरानो प्रहरी अनुसन्धानको तरिका फेरबदल गर्नु पर्नेकरामा पत्रकार दियालीले जोड दिएका थिए । डिएसपी खडकासंग प्रहरी निरिक्षक इनिस्पेक्टर केशव कटवालले संचारकर्मीहरुसंगको सहकार्यले सुरक्षा क्षेत्रमा काम गर्न अलि बढी सहज हुने भन्दै पत्रकारहरुलाई दिइने सुचना जिल्ला तहबाट भई रहेकोले यसलाई अझ प्रभावकारी बनाइने तर्फ सोचाई रहेको बताए । अहिलेको जमानामा यही इटहरीमा भएको घटना जिल्लाको संयन्त्र भन्दै इनरुवा पुगेर मात्र पत्रकार समक्ष बितरण भई प्रकाशन हुने समाचारले पाठकको जिज्ञासा समेटन नसक्ने संभावना तर्फ पत्रकार निरौला र कृष्णकला राईले कुरा उठाउका थिए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


