दमिनी भन्दै आमा छोरीलाई कुटने कार्की खलकलाई पुलिसले पक्राउ गरेन
दुहबी
प्रकाश बिश्वकर्मा
समाजका कथित ठूलाजाती भनिने छिमेकीको कुटाईबाट घाइते भएकी ७० बर्षिया लक्ष्मी परियार अहिले जीवन ज्योती अस्पताल दुहबीको बेडमा छन । छिमेकी टीकाराम कार्कीले गरेको अत्याचार सहन नसकेर प्रहरी थानामा जाँदा उल्टै कुटिएर घाइते भएकी छन भने पुलिस प्रशासन त परै जाओस जातीय अपमान र घृणा बिरुद्ध आफनै पार्टी काँग्रेसका मान्छेले समेत वास्ता नगर्दा खेरी लक्ष्मी परियारको समाजका कथित ठूला जात भनाउंदाको ब्यबहारले मन धरधरी रोएको छ ।
लक्ष्मी परियार दुहबी नगरपालिका वडा नं५मा रहेको ब्यस्त बजारमै पर्ने इलाका प्रहरी कार्यालय गेटै अगाडी बसोवास गर्ने पुरानी बासिन्दा हुन ।

झण्डै ५० बर्ष अघिदेखि दुख्ख जिलोगरेर बसेको लक्ष्मी परियारको घर ऐलानी जग्गामा छ। उनलाई कुटपिट गर्ने टीकाराम कार्कीको छोराहरु रोसन कार्की र रबी कार्की उनका छिमेकी हुन । लक्ष्मी भन्दा पछि पहाडतिरबाट आएर लक्ष्मीको छिमेकी भएका कार्कीको घर पनि ऐलानी जग्गामै छ । अहिले कार्की परिवारले सम्पती कमाएर सो घर भाडामा लगाई नम्बरी जग्गमा अर्को घर बनाई अलि पर्तिर बस्छन ।श्रीमान बितेपछि एकल महिला भएर ३ वटी छोरी हुर्काई बढाई पछि दुईजना ज्वाईंको घर गएपनि कान्छी आरती परियारसंग बसेकी लक्ष्मी परियारको जातीय बिभेदको पीडा खपी नसक्नु छ । मंहगो मुल्य पर्ने स्थानको उक्त जग्गामा एउटी एकल महिला ,छोरा नभएकी त्याहाँमाथि दलित अछुतको पगरी भिराइएकी उनलाई परेको पीर मर्कामा आफना नसजिकका केही आफन्त,सहृदयी छिमेकी उद्धार स्वभावका केही यूवा पंक्ति बाहेक समाजमा ठूलो बढो भनिनेहरुले गरि खाएको निको मान्दैनन । यो दमिनी हो । रबाफ खपि सक्नु छैन भनेर उनको कुभलो चाहाने मध्येमा छेउकै प्रहरी प्रशासन समेत रहेको यही कुटपिटकै घटनाले पुष्टि गरि सकेको छ । तिहार पछि र छठ अघि कार्तिक २२ गते छिमेकी टिकाराम कार्की संदा झै लक्ष्मीको घर गए । प्रहरीमा असईबाट रिटायर्ड कार्की पहिला पनि ठटटाको पारामा लक्ष्मीको घर आई हेलमेल गर्दै नजिक हुन खोज्थे । प्रायजस्व मुखिया जस्तो शासकीय शैलीमा तेरोबाउलाई मैले सहयोग गरेको, म नभएको भए तिमीहरु यहाँबाट भागि सक्थेउ आदी इत्या

दी भन्दै थर्काउने र केही कसो परो ओरो भने मलाई भन भन्ने गरेका थिए । बिभेद नगरे जस्तो अलि नजिक हुंदै चियापान पनि खाने र बेलाबखत घर भित्रै छिरी मिठोमसिनो जे छ पाकेको कुरा खाने र दारुपानीमा पनि जोडबल गर्ने गर्दथे । जुनकुरा लक्ष्मी र छोरी आरतीलाई पटक्कै मन पर्दैनथ्यो तर पनि छिमेकी ठूलाठालु मान्छे भनेर कार्की दिएको पीडाबारे बाहिर सार्बजानिक गर्न सकेका थिएनन।छोरोलाई कोरोनाले सिकिस्त पारेको बेला कार्की उनकै अगाडी आएर धरधरी रुने पनि गर्दथे । आनीबानी पत्तो पाईसकेका दलित आमाछोरीले आफनै छिमेकी ठानेर आदारपूर्बक संझाई चिसोतातो दिएर टार्ने गरेका थिए । घटना हुनु भन्दा अघिल्लो दिन साँझ कार्की त्यसैगरि लक्ष्मी परियारको घर भित्र गए । अनौठो ब्यबहार देखाएर हेपाहा शैलीले कडकिन थालेपछि अबिबाहित छोरी आरतीलाई सहन नसक्ने गरि रिस उठयो । तपाई यहाँबाट जानु हुन्छकी हानौ भनेर चप्पल उठाइन । कार्की डरले आत्तिए जस्तो गरे ठयाक्कै अपोजिट रहेको लक्ष्मीकै बहिनी बुंचि जैसवालको दोकानमा गएर हतास मनस्थितीले बियर मागेर खाए । खाँदै मनपरी बोल्दै लक्ष्मीको घर पटी फर्किएर बर्बराउदै थप अर्को पनि बियर मागे । कार्कीले संकास्पद ब्

यबहार देखाएको र आफनै दिदीको घर पटी फर्किएर कडकिएको हुन सक्ने बुझेपछि बुंचिले अब रात परो घर जानु धेरै नखानु भनिन । कार्की पहिले पनि त्यसै गरि धम्क्याएर खाने र पैसा तिर्नु परे हुन्थ्यो भन्ने आसयले हिंडने गर्दथे । सो दिन पनि बर्बराउदै त्यसो गरेपछि लक्ष्मीको घरमा छोरीले उठाएको चप्पल काण्डबारे एकानदोकान कुरो बाहिर आई सकेको थियो । कार्कीका छोरा रोसन कार्कीलाई फोन गरेर बुबाले यसो यसो गर्नु भएको छ संझाउनु है भन्दा अब फेरी आए भने तिनको खुटटा भाँच्ने गरि हान्नु भनेको बुंचिले बताएकी छन । बुढा मान्छे भई गो भनेर उक्त दिन खासै केही चर्चा भएन । भोली पल्ट बिहानै कार्कीको छोरा र ज्वाई सन्तोष कर्ण र अर्को छोरा रवी कार्कीले दमिनी ठूली मान्छे भई छ यल्लाई ठेगान लाउंछु भन्दै चोकतिरका केही यूवालाई धमास लाउंदा त्यसो गर्नु हुंदैन एकल महिला त्यहाँ माथि निर्दो निमुखा छोरी मान्छेलाई किन त्यसो गर्नु ? भनेर साथिहरुले संझांदा पनि कर्ण बुरुक्क बुरुक्क उफ्रेर अस्वभाबिक गतिबिधी गरेका थिए । जुन कुरा छेउकै प्रहरीलाई राम्रोसंग थाहा थियो । केहीबेर पछि टिकाराम कार्कीको निबेदन छ भनेर थानाले परियार आमाछोरीलाई बोलायो । थानामा छलफल हुंदा परियार आमाछो

रीले कार्कीको ज्यादतीबारे सबै पोल खोलि दिए । केही आफन्त र सत्य तथ्यको पक्षमा लागी कार्कीको चरित्रबारे जानकार यूवाहरुले लक्ष्मी परियारको गल्ती छैन यस्तो अत्याचार सहिय हुंदैन भन्दै हामी नमिल्ने भनि थाना बाहिर निस्किए । यो क्रममा कार्कीको ज्वाई सन्तोष कर्ण थाना भित्रबाटै बहुलाह पारे आरतीमाथि जाई लाग्यो । आरतीको लुगा च्यातिने गरि समातेर दमिनी भन्दै थानाकै मुखमा भक्का भकी हानेर लडाइ दिए पनि प्रहरीहरुले केही गरेनन । रुंदै मेरो छोरीलाई किन यसो गरिस गुहार भन्दै घरभित्रबाट निस्किएकी लक्ष्मी परियारलाई रोसन कार्की र रबी कार्की दाजुभाई मिलेर कपालमा समाति भुंईमा लडाएर मुखैमुखमा हाने । मोटरसाइकलको चाबी बोकेके हात मुठी पारेर दमिनी जान्ने भईस भन्दै राक्षेसी ढंगले पिटदा पुलिस तमासे बन्यो । त्यति बेला मुद्धा मिलाउन कार्कीको पक्षबाट कडाकडा बोलेर दलितलाई पेल्न खोज्ने असई पुस्कार अधिकारीले नदेखे जस्तो गरे । छिमेकीहरु कोही बोलेनन आफन्तजनहरु आत्तिएर गुहार मागे । उल्टै उनीहरुलाई पनि हानुम्ला झैं गरेर कार्की दाजुभाई अनि सन्तोष कर्ण प्रहरी कार्यालय भित्रै छिरी कानेखुसि गरेका थिए ।अबला दलित आमा छोरीलाई बेहोस हुनेगरि कुटेर सानदेखाउंदै हिंडेका कार्कीहरुको ब्यबहारलाई प्रहरी निरीक्षक घनेन्द्र खजुमले थाहा पाएर पनि पहूंचवाला र ठूलो मान्छे नेताको सन्तान भनेर कार्की खाललाई केही पक्रने आँट समेत गरेका छैनन । छिमेकीहरुले तत्काल घाइते आमा छोरीलाई थानै अगाडी गेटमा लडाए पनि प्रहरीले उद्धार गरेन । केही बेरमा दुहबीकै जनज्योती अस्पतालमा उपचारकोलागि लगे । छोरी आरती निको भएर घर फर्किएकी छन । आमा लक्ष्मीको उपचार भई रहेको छ । केस फारमकोलागि सरकारी अस्पताल कोशी अंन्चल अस्पताल बिराटनगर पुरयाइएको भएतापनि अहिले सम्म रिपोर्ट नआएको भन्दै प्रहरीले दोषी पक्राउ गरेको छैन । जातीय भेदभाव कसुर र कुटपिट अनि गाली बेइजतीबारे कार्की बिरुद्ध मुद्धा दिंदा प्रहरी निरिक्षक खजुमले पुरै बेवास्ता गरेका छ । एसपी संजयसिंह थापासंग सम्पर्क गर्दा सत्य तथ्य अनुसार अपराधीलाई कार्वाही हुन्छ भनेका छन । म पनि भन्छु तपाई गएर हाम्रो इनिस्पेक्टरलाई भन्नु पक्राउ गर्छ भनेपछि जाँदा प्रनि खजुम भेटिएनन । खाजा खान गएको भनेर अन्य पुलिसले कुरै पर्न दिएनन । मुद्धाफाँटका सइ साहेवले घाउंजाँचको रिपोर्ट आएपछि आबाश्यक काबाही गर्ने बताए । जातीय भेदभाव सजाय ऐन बारे घाउ जाँचको आबाश्यक्ता छैन मुद्धा दर्ता गरेर दोषीलाई नियन्त्रणमा लिन किन ढिला? भन्ने प्रशन राखदा माथिको आदेश भनेका छन । यो घटनाबारे दलित अधिकार कर्मी उमेश बिश्वकर्मा बिराटनगरबाट लागि परेका छन । कानुन ब्यबसायी जयराम सुन्दासले थानामा मुद्धा दर्ता गरेन भने जिल्ला जाने र त्यहाँबाट पनि नभए सरकारी वकिललको कार्यालयमा सिदै जान सकिइने र मुद्धा दर्ता नगर्ने प्रहरीलाई समेत कार्वाही माग गर्ने बताएका छन । मानव अधिकारबादीको कार्यालय बिराटनगरमा समन्वय गरेर मुद्धा अघि बढाउन पहल भई रहेको राप्रपा नेतृ तथा परियार सेवा समाज काठमाण्डौकी सल्लाहाकार रेश्मा दासले बताउनु भएको छ । घटनामा कार्की परिवारको बदमासीबारे थाहापाएका स्थानीय इन्द्र दाहाल,बिकीकृष्ण श्रेष्ठ,कमल परियार,उमा दाहाल लगायतले परियारलाई कार्कीहरुले एक्ली दलित महलालाई उठीबास लाउन पाए हुन्थ्यो भन्ने सोचेर योजनाबद्धरुपले आक्रमण गरेका हुन । लेटाङ घर भएका नारायण परियार लक्ष्मीका ज्वाईं र छोरी गिता परियारले अहिले बिरामी आमाको रेखदेख गरि रहेका छन भने दलित अधिकारकर्मीहरुको सहयोगको अपेक्षा गरेका छन । पीडित लक्ष्मी नेपाली काँग्रेस पार्टीको तर्फबाट गत स्थानीय चुनावमा दलित महिला सदस्य कोटामा नगर सदस्य उम्मेदवार हुन । बिजय गच्छदार तत्कालीन लोकतान्त्रिक फोरम पार्टीबाट फेरी काँग्रेस भएर आउंदा अझझै खुशी भएकी परियारलाई यतिबेला काँग्रेस पार्टीले के भो भनेर सोधेको पनि छैन । घटना गराउने कार्की परिवार एमाले पार्टी ओली निकट रहेका र नेकपा एकिकृत समाजवादीका भटराई थरका एक स्थानीय नेताले पनि च्यापेको भन्ने आरोप लागेको छ । सो वडाका कार्यबाहक वडाध्यक्षले आफुलाई घटनाबारे प्रत्यक्ष देखिइने गरि लिखित जानकारी नआएपनि घटना निन्दनीय हो कानुनी उपचारको बाटोमा जान सुझाएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


