Spread the love
No description available.

पत्रकारहरुकोलागि सरकारी साधनस्रोतबाट परिचालित बिराटनगरमा रहेको प्रादेशिक सन्चार प्रतिष्ठानले बिहिबार भेडेटारको एक होटलमा अन्तरक्रिया कार्यक्रम मार्फत बार्षिक कार्ययोजनाको रणनीति तय गरेको छ । प्रदेश न १का १४ वटै जिल्लामा रहेका संचार माध्यमहरुको तथ्यांक संकलन तथा प्रोफाइल तयारी सम्बन्धी अन्तरक्रिया कार्यक्रममा प्रतिष्ठानको प्रमुखको हैसियतले बरिष्ठ पत्रकार यज्ञ शर्माले अन्तरक्रिया कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भयो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिब कालीप्रसाद पराजुलीले प्रमुख अतिथिको रुपमा बोल्दै पत्रकार र पत्रकारिताको बिकासकालागि आफु सरकारीनीति नियम भित्र रहेर कुनै कसुर बाँकी नराखी काम अघि बढाउने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।काठमाण्डौको सिडिओ कार्यालयबाट भर्खरैमात्र सरुवा भएर प्रदेश न.१मा आएका सचिब पराजुलीले जुनसुकै पेसा गर्दापनि इमान्दारीपूर्बक गर्नु पर्ने उल्लेख गर्दै मेहिनेत गर्दै जाँदा एकदिन फल पाइने हुंदा धैर्यता कायम राख्न अनुरोध गर्दै तत्काल रिटर्न नआउंदा छोडेर ंिहंडी हाल्ने गर्नु नहुने बताउनु भयो । बिरोध र बाधा गर्नेहरु जहाँ पनि हुने भन्दै पराजुलीले आफुले राष्ट्रपतिबाट प्राप्त गरेको पदकबारे ओलीको मान्छे भनेर आफनै कर्मचारी लाइनबाट इस्र्या,डाह भएको उल्लेख गर्दै राम्रो काम गर्दै जाँदा कोहीसंग डराउनु नपर्ने बताउनु भयो ।अहिलेको सरकारले दिएको पदक सिफारिस त अघिल्लो ओली सरकारले गरेको होनी भनेर भन्नेहरु आफनैमा रहेछन । सचिब पराजुलीले गुनासो गर्दै पत्रकारिता झन संबेदनशील भएकोले यसमा लाग्ने पत्रकारहरु राजनीतिक उत्तर चढावहरुबाट बिचलित नहुन हौस्याउनु भयो । मासिक ३ लाख रुपैंयाँ तलव खाने र दशैं मान्न धौधौ परेको अबस्थाका पत्रकार पनि यही क्षेत्रमा रहेको कुरा ब्यबहारिक हिसावबाट महसुस गरिरहेको छु भन्दै सचिव पराजुलीले पत्रकारितामा दलित,मधेशी,महिला,आदीबासी जनजातीको आफनै खालका समस्याहरु रहेको यही अन्तरक्रियाबाट थाहा पाउंदा अझ बढी सोचेर काम गर्ने उत्साह जागेको बताउनु भयो । प्रतिष्ठानको आगामी कार्ययोजना अनुसार अघि बढन पत्रकार तथा सञ्चारकर्मीसंग सम्बन्धित प्रश्नवली निर्माण र संञ्चार गृहेसंग सम्बन्धित प्रश्नवलीकोलागि आबाश्यक सरसल्लाह लिन यो कार्यक्रम गरिएको कार्यक्रमका सभापति समेत रहेका प्रतिष्ठानका प्रमुख यज्ञ शर्माले बताउनु भयो ।प्रतिष्ठानका सदस्य पत्रकार महेन्द्र बहादुर बिष्ट र यज्ञ शर्माको छुटटाछुटै कार्यपत्रमाथि टिप्पणी गर्ने मोहन भण्डारी र सुभद्रा प्याकुरेल लगायत पत्रकारहरु पीबी दियाली, श्यामसुन्दर सुतिहार,डिकेश लामा,गोपाल काफले,सन्जय सन्तोषी राई,सरिता बराइली र हेमा चेम्जोङ लगायतले आआफनो धारणा राख्नु भएको थियो । आन्तरिक मामिला तथा कानुनमन्त्रालयका अधिकृत उपेन्द्र श्रेष्ठले कार्यक्रम संचालन गनु भएको उक्त अन्तरक्रियामा मन्त्रालयका अधिकृत जीवन काफले,लेखाअधिकृत यामप्रसाद लुईटेल, प्रेस इन्सटच्युट अन्तर्गत बिराटनगरको मिडिया सेण्टरका प्रमुख बिरेन्द्र शर्मा लगायतको उपस्थिती रहेको थियो ।झापा,धनकुटा,सुनसरी मोरंग लगायतका जिल्लाबाट चर्चित पत्रकारहरुको सहभागिता रहेको थियो । चाँडै प्रश्नवली पठाएर संचार कर्मी र संचार संस्थाको अबस्था बिष्लेषण गरि आबाश्यक कामकार्बाहीहरु अगाडी बढाउने भन्दै महेन्द्र बिष्टले बताए अनुसार हाल सम्म प्रदेश न १मा ११० वटा रेडियो , ७ वटा टीभी,२०० वटा अनलाइन,१६सय १० जना पत्रकार,५२९वटा पत्रिका दर्तामा ९९ वटा दैनिक पत्रिका संचालनमा रहेपनि कोबिडको कारण प्रकाशन खस्किदै गएको अबस्था छ । साप्ताहिक, अर्धसाप्ताहिक,मासिक पत्रपत्रिकालाई कसरी टिकाउन सकिन्छ भन्ने बारे आबास्यक योजना सहित अघि नबढे जनताको अधिकारबारे घन्किने आबाजहरु बन्द हुने र निरंकुश खाले शासन गर्न चाहाने शासकलाई फाईदा पुग्ने खत्रा प्रति सबै सचेत हुनु पर्ने कुरामा पत्रकारहरुले जोड दिएका छन ।