राष्ट्रिय शक्ति नेपालले एमसिसिको बिरुद्ध पर्चा फाल्यो

इटहरी pb diyali
राष्ट्रिय शक्ति नेपाल सुनसरी कार्यसमितिले अमेरिकन रणनीति अनुसार नेपालमा लागु गर्न प्रयासरत मिलिनियन च्यालेन्ज कर्पोरेशन एमसिसि नामक बिकास परियोजनालाई कुनै हालतमा ल्याउन नहुने भन्दै बिभिन्न मागहरु राखिएको पर्चा पूर्बका बजारभरी जताततै छर्न थालेको छ ।

सुनसरीको इटहरी स्थित एपेक्स हस्पिटलका संचालक डा.राजेन्द्र पोखरेल अध्यक्ष रहेको राष्ट्रिय शक्ति नेपाल सुनसरी जिल्ला कार्यसमितिले आइतबार बिहान अस्पतालको सभाहलमा पत्रकार भेटघाट गरि एमसिसि परियोजना नेपालको हितमा नभई अमेरिकी हितमा हुने भएकोले त्यो कुनै हालतमा संसदबाट पास नगर्न प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य ढुलमुलढुलमुल गर्दै रहेका कम्युनिष्ट पार्टीका नेताहरुको ध्यानाकार्षण गराउने कार्यक्रमहरु शुरु गरिइने बताइएको छ । राष्ट्रिय शक्ति नेपालका सचिब घनश्याम आचार्य,सदस्य बलराम पोखरेल अभियान्ता नरेन सुब्बा लगायतका ब्यक्तित्वहरु रहेको पत्रकार भेटघाटमा अध्यक्ष डा राजेन्द्र पोखरेलले राष्ट्रिय मेलमिलाप कायम गर,बिदेशी हस्तक्षेप बन्द गर,एमसिसि खारेज गर,हिन्दु राष्ट्र कायम गर,संघीयता खारेज गर,राजसंस्था कायम गर,२०७२को संबिधान खारेज गर , २०४७को संबिधान लागु गर लगायतका नारा रहेको पर्चा देखाउदै आफनो अभियानबारे बताउनु भयो । डा पोखरेलले कमल थापा,रामकुमार सुब्बा, पंडित गुरु श्रीनिवास आचार्य लगायतको घुमाउरो पाराले आलोचना गर्दै उनीहरुको पार्टी र गतिबिधीबारे शंका ब्यक्त गर्नु भयो । केन्द्रीय अध्यक्ष केशरबहादर बिष्ट रहेको पर्चामा सुनसरी जिल्ला कार्यसमितीको सचि रहेका घनश्याम आचार्य धरानमा नेपाली काँग्रेसको सभापति भईसकेका राजनीतिज्ञ हुन भने डा पोखरेल पनि पुराना काँग्रेस हुन । तर अहिले एमसिसि लगायत बिदेशी हस्तक्षेपका अनेकौं योजनाहरु ल्याएर पैसा कमाउने र देशको अस्तित्व नामेट पार्न खोज्ने भन्दै दलहरुलाई सच्चिइन आग्रह पनि गरेका छन । डा.पोखरेल,आचार्य र केन्द्रीय अध्यक्ष बिष्टको नाममा छापिएको पर्चामा एमसिसि किन देश घाती छ? भन्दै १४ वटा बुंदा समेटेर अमेरिकाको जालझेलबारे भण्डाफोर गरिएको छ । पत्रकार समक्ष कुरा राख्दै डा पोखरेल र आचार्यले चाइनाको बिरुद्ध प्रहार गर्न सजिलो हुन्छ भनेर नेपालको भूमि प्रयोग गर्न हाम्रा नेताहरुको घरदैलो चाहारेको भनि भर्खरै आएर गएको एमसिसि उपाध्यक्ष टोलीको निन्दा गरेका छन ।
एक महिना अघि इटहरीको बुढीखोला स्थित मशानघाटको एकान्

तकुनामा पनि राष्ट्र बचाउ अभियानको नाममा पत्रकार सम्मेलन गरि एमसिसिको बिरोधमा आन्दोलन गर्ने धम्की दिइएको थियो
इटहरीमा रहेर बिशेष पर्यटन र ब्यपारिक अन्य क्रियाकलापमा सक्रिय गोकुलम रिसोर्टका संस्थापक लगानी कर्ता राधेश्याम पौडेल,पूर्ब माओवादी इटहरी कमाण्डर तथा हाल नागरिक श्रमिक पार्टीका अध्यक्ष नरेन सुब्बा, ब्यबसायिहरु मोहन ढकाल,अर्जुन आचार्य र चेवन कोइराला लगायतको एक समुहले नेपाल बचाउ अभियानको ब्यानर राखेर एमसिसि परियोजना संसदबाट स्वीकृत गराउन चालबाजी भई रहेकोले त्यसको सशक्त प्रतिकार गरिइने बताएका थिए। परियोजनाको लिखित दस्ताबेजमा राष्ट्रहित बिपरित हुने थुप्रै कुरा देखाउंदै पर्यटन ब्याबसयी पौडेलले ”हामी नेपालीको पूर्बीय दर्शनमाथि नै धावा बोलिरहेको एमसिसि किन चाहियो? ५४ अर्ब रकम चाहिएको हो भने खाता खोल हामी नेपालीले १८ सय प्रतिब्यक्ति हाल्छौं र नेपाल बनाउंछौं। ” भनेका थिए । त्यस्तै चेतवनीको संकेत गर्दै राष्ट्रिय शक्ति सुनसरीका अध्यक्ष पोखरेलले पनि सरकारलाई चेतावनी शैलीले त्यस्ता कुनै कागजात अघि नबढाउन आग्रह गरेका छन । संझौता गरिएको भनिएको कागजात हेर्दा नेपालको अस्तित्व गायव हुने र बिदेशीको रबाफ मच्चिने प्रष्टै छ सचिव आचार्यले भनेका छन । “यो घातक परियोजना ल्याउन को को र किन लालयीत भएका हुन ?

जनताले थाहा पाएपछि बिरोधको भेलले थाम्न नसकिइने अबस्था हुंदाहुंदै हामीले बेलैमा खबरदारी गर्ने हो ” अभियान्ता नरेन सुब्बाले पत्रकारलाई भनेका छन । जनजागरण अभियान गर्ने, संसदहरुलाई त्यो संझौतामा हस्ताक्षेर हुने कुनै प्रस्ताब पास नगर्न घचघच्याउने, जनताको घरदैलो अभियान गरेर एमसिसि बारे जानकारी दिने लगायतका कार्यक्रमको प्रारम्भिक चरणमा पर्चा छरि सम्बन्धितहरुको ध्यानाकार्षण गरिएको पत्रकारसंग डा पोखरेलले भनेका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


