Spread the love

pb diyali

No description available.

सडकमा सवारी साधनबाट हुने दुर्घटनाका कारण दिनहुं धेरै नै जनधनको क्षेति हुने क्रम घटेको छैन । ट्राफिक प्रहरी कार्यालय इटहरीलेपठाएको यो हप्ताको दुर्घटना बिबरण यसप्रकार छ।
२०७८।०६।०३ गते ०८ः०० बजे जिल्ला मोरङ पथरीशनिश्चारे न पा ३ आईतबारे भित्री पक्कि सडक खण्डमा दक्षीण बाट उत्तर तर्फ आउदै गरेको को २ ह ४३१८ नं को आटोले साईकल यात्री ठक्कर दिदा साईकल यात्री जिल्ला मोरङ मिक्लाजुङ गापा ३ बस्ने बर्ष ३१ को बुद्धिमान लिम्बु सामान्य घाईते, अटोमा सवार पथरिशनिश्चरे ३ बस्ने बर्ष १८ की रेनुका घिमिरे र ऐ. कानेपोखरी गापा ५ बस्ने बर्ष ३२ की पबित्रा कार्की सामान्य घाईते भई,उपचरको लागी पथरी अस्पताल पठाईएको, अटो र साईकल ई प्र का पथरीको नियन्त्रणमा ,उक्त स्थान पथरीबाट–४ किमि पुर्ब दक्षीण पर्ने,अटो चालक पथरीशनिश्चरे ७ बस्ने बर्ष ३८ गोबिन्द धिमाल उपचारमा सम्लग्न सबै घाईते सामान्य चालक सचाअप प्राप्त नगरेको , मापसे नगरेको कारणः–साईकल यात्रीले बाटो क्रश गर्दा ।
२ उदयपुर मो.सा. को ठक्करबाट १ सामान्य घाइते । ०६।०३ गते ०८३० बजे मिति २०७८।०६।०३ गते अं.०८ः३० बजेको समयमा जि.उदयपुर चौडण्डीगढी नपा–०७ स्थित भित्री कच्ची सडकखण्डमा तत्काल नं. नखुलेको मोसाले पैदलयात्री जि.उदयपुर चौनपा–०७ बस्ने स्याङ्ग दोर्जे तामाङको छोरी बर्ष ३ की आयामु तामाङलाई ठक्कर दिई दुर्घटना हुदा निजको दाहिने खुट्टामा र टाउकोमा सामान्य चोट लागी घाईते भई उपचारको नगर अस्पताल बेल्टार लगिएकोमा थप उपचारको लागी बिराटनगर न्युरो लगिएको । मोसा फरार रहेको ।घटनास्थलः–ट्राप्रपो बेल्टारबाट ३ किमि उत्तर रहेको।अवस्थाः–सामान्य ।कारणः–तिब्रगति
३ सुनसरी मो.सा. को ठक्करबाट १ सामान्य घाइते । ०६।०३ गते १०४५ बजे मिति २०७८।०६।३ गते १०४५ बजेको समयमा जि.सुनसरी हरिनगरा गापा–२ भुटाहा स्थित भित्रि सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको को ३९ प १६९४ नं. को मोसाले बाटोमा खेलिरहेको ऐ. बस्ने बर्ष ८ को युनास साफीलाई ठक्कर दिदा निजको दाहिने आँखामा चोट लागी सामान्य घाईते , मोसा चालक ऐ. बस्ने बर्ष ३५ को सदाम अन्सारी दाहिने पाखुरामा सामान्य चोट लागी घाईते भई उपचारको लागी दुबै जनालाई बिराटनगर तर्फ पठाएको मोसा प्रचौ भुटाहाको नियन्त्रणमा घटनास्थल प्रचौ भुटाहाबाट २ किमी दक्षिण पर्ने । चालकले सचाअप प्राप्त गरेको, मापसे नगरेको, दुर्घटनाको कारण तिब्र गति रहेको ।
४ झापा दुई मो.सा. दुर्घटना हुदा ३ सामान्य घाइते । ०६।०३ गते १०२९ बजे मिति २०७८।०६।०३ गते अ.१०ः२९ बजेको समयमा जिल्ला झापा दमक नपा–५ चिया बगान स्थित राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा ०२०३० प ६४५९ न. को स्कुटरलाई सोहि दिशाबाट गई रहेको प्रदेश न.१–०२–०४० प ७३१५ न.को मोसा ले ठक्कर दिदा स्कुटर चालक दमक नपा ४ बस्ने वर्ष २४ को अजय श्रेष्ठ को दाहिने खुट्टा र दाहिने हातमा चोट, पछाडी सवार निजको भान्जी बर्ष ८ कि सर्मिला श्रेष्ठको दाहिने खुट्टामा चोट, अवस्था सामान्य र ७३१५ मोसा चालक जि. मोरंग कानेपोखरी ५ बस्ने बर्ष २८ को मौसम नेपालको दाहिने खुट्टामा सामान्य चोट, सबैको निम्स अस्पतालमा उपचार भई रहेको, दुवै सवारी साधन ईप्रका दमकको नियन्त्रणमा, दुर्घटनास्थान ट्रा.प्र.का. दमकबाट अ.३ कि.मि. पस्चिम तर्फ रहेको ।कागजपत्र – भएको । मापसे – नगरेको । कारण – तिब्रगती
५ झापा मो.सा. दुर्घटना हुदा ३ सामान्य घाइते । ०६।०३ गते १११५ बजे मिति २०७८।०६।०३ गते अ. ११ः१५ बजेको समयमा जिल्ला झापा दमक न.पा. २ देवान चोक स्थित भित्रि पक्की सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको को.१७ प २८१३ नं. को मो.सा. आफै अनियन्त्रित भइ भएको सवारी दुर्घटनामा चालक ऐ. बस्ने वर्ष १९ को राजेश ठाकुरको खुट्टामा सामान्य चोट, पछाडि सवार ऐ. गौरादह न.पा. २ बस्ने वर्ष १७ कि माला बस्नेतको बायाँ खुट्टा भाँचिएको, अवस्था सामान्य, पछाडी सवार ऐऐ बस्ने वर्ष १३ को अर्जुन बस्नेतको बाहिरी चोट नदेखिएको, घाइते तीनै जनालाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक ल्याई उपचार भई रहेको, मो.सा. अप्रपोष्ट फागुनन्दको नियन्त्रणमा, दुर्घटनास्थान ट्रा.प्र.का. दमकवाट ३ कि.मि. उत्तर पर्ने । कगजपत्र – भएको । मापसे – नगरेको । कारण – पानी परेको कारण चिप्लिएर
६ भोजपुर टेक्टर ब्रेकफेल हुदा १ सामान्य घाइते । ०६।०३ गते ११३० बजे मिती २०७८।०६।०३ गते अं. ११ः३० बजेको समयमा जिल्ला भोजपुर भोजपुर नपा १० असिने स्थित भित्रि कच्चि सडक खण्डमा असिने बाट मिलनचोक तर्फ लकडि लिएर आउदै गरको को २ त १९१४ नम्बरको ट्याक्टर ब्रेक फेल भई सडकमा पल्टदा चालक जिल्ला भोजपुर भोजपुर नगरपालिका ९ पानिट्याङ्कि बस्ने बर्ष ३२ को बिबेक तामाङ टाउकोमा सामान्य चोट लागि जिल्ला अस्पताल भोजपुर पठाईएको सवारी साघन घटना स्थलमै घटना स्थल जिट्राप्रका भोजपुर बाट १५ किलोमिटर पुर्ब उत्तर पर्ने ।दुर्घटनाको कारण ब्रेक फेल ।ट्याक्टर चालकः– स.चा.अ.प. भएको ।चालकले मा.प.से नगरेको ।
७ सुनसरी मो.सा. दुर्घटना हुदा २ सामान्य घाइते । ०६।०३ बजे १७१५ बजे आज मिति २०७८।०६।०३ गते १७१५ बजेको समयमा जि.सुनसरी कोशि गापा ८ स्थित पुर्ब पश्चिम लोकमार्गको हनुमान मन्दिर मोडमा पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको द्यच्छण्ँठडढण् नं को मोसा गाइले बाटो काटि जोगाउने क्रममा मन्दिरको बारमा ठोक्किन गइ दुर्घटना हुदा मोसा चालक सुनसरी कोशि गापा ८ कोशि ब्यारेज बस्ने बर्ष ३० को मुस्ताब आलम र पछाडी सवार भारत सुपौल बस्ने बर्ष ३५ को ओकिल आलम सामान्य घाइते भइ उपचारको लागि जि.अस्पताल इनरुवा पठाएको घट्नास्थल ट्राप्रपो भाण्टाबारीबाट ३ किमि पश्चिम पर्ने । मोसा प्रचौ कोशी ब्यारेजको नियन्त्रणमा कारणः– चौपायाले बाटो काट्दा । चालकको सचाअप भएको,मापसे नभएको
८ झापा क्रेनबाट अचानक खस्दा १ को मृत्यु । ०६।०३ गते १८३० बजे मिति २०७८।०६।०३ गते अं.१८ः३० बजको समयमा जिल्ला झापा अर्जुनधारा न.पा. वडा नं. ३ मिलन चौक घोर्लेनी टोल स्थित भित्री कच्ची सडक खण्डमा पश्चिमवाट पुर्व तर्फ आउदै गरेको ना.१क ५४०० नं. को क्रेनवाट सह–चालक जिल्ला सप्तरी बोदेवर्साईन ५ बस्ने बर्ष २५ को जोगेन्द्र कुमार साह, क्रेन गुडी रहेको अवस्थामै निज सह–चालक अचानक लडी भएको सवारी दुर्घटनामा निज क्रेनको पछाडी पट्टीको चक्कामा परी घटनास्थलमै मृत्यु भएको, क्रेन र क्रेन चालक जिल्ला रौतहट रंगापुर २ बस्ने बर्ष २५ को मुकेश चौधरी प्र.चौ. शनिश्चरेवाट खटिएको प्रहरी टोलीको नियन्त्रणमा, लाश तत्काल घटनास्थलमै रहेको, दुर्घटनास्थल ट्रा.प्र.पोष्ट शनिश्चरेवाट १२ किमी उतर पर्ने ।कागजपत्र – सचाअप प्राप्त ।मा.प.से. – नगरेको ।कारणःसडकको अबस्था
९ मोरङ मो.सा. आफै अनियन्त्रित हुदा १ गम्भिर घाइते । ०६।०३ गते २००० बजे मिति २०७८।०६।०३ गते अ.२०ः००बजेको समयमा जिल्लामोरङ कटहरी गापा– ४ कृष्ण पेट्रो पम्प अगाडि रंगेलि–बिराटनगर पक्कि सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको को २६ प ५७१०न.को मोसा आफै अनियन्त्रित भई दुर्घट्ना हुदा मोसा चालक जिल्ला मोरङ कटहरी गापा –४ नया बजार बस्ने बर्ष– ३५ को शिबु कामत गंभिर घाईते भएकोले उपचारको लागि कोशि अस्पताल बिराटनगर पठाईएको मोसा वप्रका (ख) हाटखोला को नियन्त्रणमा ,उक्त स्थान ट्राप्र पोष्ट हाटखोला बाट अ. ७ किमि पुर्व पर्ने । सचाअप साथमा नभएको मापसे नगरेको दुर्घट्नाको कारण तिब्र गति ।
१० झापा मो.सा. को ठक्करबाट १ सामान्य घाइते । ०६।०३ गते २१०० बजे मिति २०७८।०६।०३ गते अं.२१ः०० बजेको समयमा जिल्ला झापा बिर्तामोड न.पा. वडा नं. २ चारपाने स्थित लोकमार्गमा पुर्ववाट पश्चिम तर्फ जादै गरेको को.४प ६८९८ नं. को मो.सा. ले पैदलयात्रीलाइ ठक्कर दिई भएको सवारी दुर्घटनामा पैदलयात्री ऐ. क.न.पा. वडा नं. ९ घैलाडुब्बा बस्ने बर्ष २० को सुमन थापाको मुखमा चोट, वाँया खुट्टा फ्याक्चर, अवस्था सामान्य, मो.सा. ई.प्र.का. अनारमनीको नियन्त्रणमा, चालक तत्काल फरार, खो.त. कार्य भई रहेको, दुर्घटनास्थल ट्रा.प्र.पोष्ट लक्ष्मीपरवाट २ किमी पुर्व पर्ने ।कारण – मो.सा. तिब्रगति
११ मोरङ मो.सा.को ठक्करबाट २ सामान्य घाइते । ०६।०३ गते २३४० बजे मिति २०७८।०५।०३ गते अन्दाजी २३ः४० बजेको समयमा जिल्ला मोरङ धनपालथान गापा ६ कदमहा स्थित विराटनगर–रंगेली पक्कि सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको को १० प ९८०४ नंम्बरको मोसाले सोही दिशा तर्फ जादै गरेको पैदल यात्री ऐ.४ बस्ने वर्ष ३० को राजकुमार रिषिदेव र ऐ.ऐ. बस्ने वर्ष २७ को बब्लु रिषिदेवलाई ठक्कर दिई सवारी दुर्घटना हुदा घाईतेलाई उपचारको लागी स्थानिय जितेन मेडिकल क्लिनिक कर्सियामा पठाएको, दुबे पैदल यात्रिको अवस्था सामान्य रहेको,मोसा चालक ऐ.ऐ. बस्ने वर्ष ४० को सुनिल कुमार साह फरार रहेको खो.त.कार्य जारी मोसा प्रचौ कर्सियाको नियन्त्रणमा उक्त स्थान ट्राप्र पोष्ट कर्सियाबाट अन्दाजी ५ कि.मि. पुर्व तर्फ पर्ने ।दुर्घट्नाको कारण तिब्र गति ।
१२ सुनसरी मो.सा.को ठक्करबाट १ सामान्य घाइते । ०६।०३ गते १९२० बजे मिति २०७८।०६।०३ गते अं १९;२० बजेको समयमा जि. सुनसरी रामधुनि–३ सिघिया चोक स्थित भित्रि सडक खण्डमा पुर्बबाट पश्चिम जादै गरेको को १४ प १२३३ नं को मो.सा.ले पैदल यात्री ऐ.४ बस्ने धन बं राईको नाति बर्ष–८ को आयुष राईलाई ठक्कर दिदा घाईते भई उपचारको लागि टिचिङ अस्पताल बिराटनगर पठाएको टाउकोमा र बाया खुट्टामा चोट तत्कालको अबस्था बोल्न सक्ने मोसा चालक ऐ.ऐ बस्ने बर्ष ३२ को दिनेश चौधरी उपचारमा संलघन रहेको मोसा प्रचौ सिघियाको नियन्त्रणमा रहेको घटना स्थल ट्राप्रपो पकलीबाट ५ किमि पश्चिम उतर पर्ने । कारणः– बालकले अचानक बाटो क्रस गर्दा,मापसे नभएको सचाअप भएको
१३ झापा मो.सा. आफै अनियन्त्रित हुदा २ सामान्य घाइते । ०६।०४ गते ०१३० बजे मिति २०७८।०६।०४ गते अ. ०१ः३० बजेको समयमा जिल्ला झापा दमक नपा. १० सुर्य चौक स्थित भित्री पक्की सडक खण्डमा दक्षिण बाट उत्तर तर्फ आउदै गरेको प्र १–०१–०१२ प ५२८३ नं. को मोसा आफै अनियन्त्रित भइ भएको सवारी दुर्घटनामा मोसा चालक ऐ. ८ बस्ने वर्ष २४ को दमन ढुङ्गाना र मोसा पछाडी सवार जिल्ला मोरङ उर्लावारी नपा. ९ वस्ने वर्ष २५ को अमन लिम्बु घाइते भई रिसर्च सेन्टर दमकमा सामान्य उपचार पश्चात दुबै घाईतेलाइ थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर लगेको दुवै जनाको घुडा र कुइनामा चोट अवस्था सामान्य, मो.सा. ईप्रका दमकको नियन्त्रणमा, दुर्घटनास्थल ट्रा.प्र.का. दमकबाट अ. ७ कि मि दक्षिण पर्ने ।कागजपत्र – तत्काल साथमा नभएको । मापसे. – नखुलेको ।कारण – तिब्रगती
मिति २०७८।०६।०२ गते ०५०० बजे देखि २०७८।०६। ०३ गते ०५०० बजे सम्मको ट्राफिक काम कार्बाही तथा दुर्घटना जाहेरी अनुसार
१ झापा बसले साईकललाई ठक्कर दिदा १ सामान्य घाइते । ०६।०२ गते ०७२० बजे कनकाई न.पा. वडा नं. ८ पिपल चौक स्थित लोकमार्गमा पुर्ववाट पश्चिम तर्फ जादै गरेको को.१ख ६१६८ नं. को बसले बाटो क्रस गर्दै गरेको साईकलयात्रीलाइ ठक्कर दिई भएको सवारी दुर्घटनामा साईकलयात्री ऐ. बस्ने बर्ष १२ को सन्तोष माझी सामान्य घाइते भइ उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोड पठाईएको, सवारीसाधन र चालक ऐ.बाह्रदर्शी गा.पा. ७ बस्ने बर्ष ५२ को रामेश्वर यादव ई.प्र.का. अनारमनीको नियन्त्रणमा, दुर्घटनास्थल ट्रा.प्र.पोष्ट लक्ष्मीपुरवाट ५०० मिटर पश्चिम पर्ने ।कागजपत्र – भएको ।मा.प.से. – नगरेको । कारण – बसको तिब्रगती
२ मोरङ मोसा आफै अनियन्त्रित हुदा १ जना गम्भीर घाईते ०६।०२ गते ०९४० बजे मोरङ बिराटनगर मनपा ३ ठुलोमिल चोकस्थित भित्रि सडक खण्डमा दक्षीणबाट उतर तर्फ जादै गरेको प्र.१–०२–०४६ प १५७२ मोसा आफै अनियन्त्रित भई दुर्घटना हुदा मोसा चालक ऐ. २ बस्ने बर्ष ४१ को नगेन्द्र खड्का घाईते भई उपचारको लागी नोवेल अस्पताल बिराटनगर लगेको अबस्था गंम्भिर मो.सा. जिप्रका मोरङको नियन्त्रणमा उक्त स्थान ट्रापोष्ट पुस्पलाल चौक बाट अ. २ कि.मि. दक्षीण पर्ने चालक का.प साथमा नभएको मोसा तिब्रगतिको कारणले सवारी दुर्घटना भएको ।
३ झापा २ वटा मोसा ठक्कर खादा १ जना गम्भीर २ जना सामान्य घाईते ०६।०२ गते १२४० बजे झापा दमक न.पा. वडा नं.४ तारावारी चौक स्थित लोकमार्गमा पुर्ववाट पश्चिम तर्फ जादै गरेको प्र.–१–०२–०१२ प ५७८४ नं. को मो.सा. लाई सोही दिशा तर्फै आउदै गरेको को.२० प ५८९३ नं. को मो.सा.ले पछाडीवाट ठक्कर दिई भएको सवारी दुर्घटनामा निम्न मानिसहरु घाईते भई उपचारको लागी निम्स अस्पताल दमकमा उपचार भई रहेको, मो.सा. प्र.चौ. तारावारीको नियन्त्रणमा, दुर्घटनास्थल ट्राप्रपोष्ट तारावारीवाट १०० मिटर पुर्व,कागजपत्र – ५८९३ नं. को सचाअप नभएको, म.प.से. – नगरेको, कारण – सचाअप प्राप्त नगरी सवारी साधन चलाएको ।
निम्नः–
१)५७८४ को मो.सा. चालक जिल्ला मकवानपुर हेटौडा उ.न.पा. वडा नं. ४ बस्ने बर्ष ४२ को नवराज नराल सामान्य घाईते (उपचारमा संलग्न)
२)पछाडी सवार जिल्ला काभ्रेपलाञ्चौक बस्ने बर्ष २२ को नविन फुयालको टाउकोमा चोट, अवस्था गम्भिर भई थप उपचारको लागि न्युरो बिराटनगर रिफर
३)५८९३ नं. को मो.सा. चालक जिल्ला मोरङ उर्लावारी न.पा. वडा नं ५ बस्ने बर्ष २२ को प्रेम कुमार दुलाल – सामान्य घाईते प्रहरीको निग्रानीमा उपचार भई रहेको
४ मोरङ टिफरले ठक्कर दिदा १ जना गम्भीर घाईते भएको ०६।०२ गते १५३० बजे मोरङ ग्रामथान गापा ७ कालाबन्जार स्थित भित्री ग्राभेल सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको ना ७ ख ७५५६ नं.को टिफरले साईकल यात्री ऐ ५ बस्ने बर्ष ५० को चित ना. चौधरीलाई ठक्कर दिई गम्भिर घाईते भई उपचारको लागी बिराट टिचिङ कलेज पठाईएको , टिफर र चालक जिल्ला मकवानपुर बकैया गापा ७ बस्ने बर्ष २६ को किरण तामाङ (ब्,द्य.न्, ण्द्द–ण्छ–ण्ण्छछढद्दद्दड) ईप्रका बिराटचौकको नियन्त्रणमा, घटनास्थाल ट्रापोष्ट हरैचाबाट अं. १ किमि दक्षिण पर्ने,मापसे नगरेको,टिफर तिब्रगतिको कारणले सवारी दुर्घटना भएको ।
५ मोरङ मोसाले ठक्कर दिदा १ जना गम्भीर घाईते ०६।०२ गते १६३० बजे जिल्ला मोरङ धनपालथान गापा ३ सौराभाग स्थि भित्री ग्राभेल सडक खण्डमा दक्षिणबाट उत्तर तर्फआउदै गरेको को२७प ६४८९ नम्बरको मोसाले साईकल यात्री भारत कुवाडी बस्ने बर्ष ६० को बुधन ऋषिदेवलाई ठक्कर दिईघाईते भई उपचारको लागी गोल्डेल अस्पताल बिराटनगर पठाईएको,गम्भिर,मोसा र मोसार मोसा चालक जिल्ला मोरङ धनपालथान गापा ४ बस्ने बर्ष १९ को जिबन मण्डल ईप्रका रगेलीको नियन्त्रणमा , उक्त स्थान कर्सिया बाट ५ किमि पुर्ब दक्षिण पर्ने, चालकको कागजपत्र साथमा नभएको, मापसे नगरेको,साईकल यात्री मापसे गरेकोले सवारी दुर्घटना भएको ।
६ उदयपुर सुमो आफै गुडी दुर्घटना हुदा १ जना गम्भिर ३ जना सामान्य घाईते ०६।०२ गते १५३० बजे उदयपुर कटारी न.पा. ८ बड्मी स्थित सिद्धिचरण पिच सडकखण्डमा दिक्तेलबाट धरान तर्फ जाँदै गरेको ना १ ज ७४७३ नम्बरको सुमो रोकी चालक बाहिर निस्कन्दा आफैं गुडी सडकबाट अं.५० मिटर तल खस्दा उक्त सुमोमा सवार मध्ये निम्न यात्रुहरु घाईते भई उपचारको लागी कटारी अस्पतालमा उपचार भैई रहेको,चालक जिल्ला सुनसरी ईटहरी उ.न.पा. १९ बस्ने अं. वर्ष २९ को सुनिल चौधरी ईप्रका कटारीको नियन्त्रणमा, गाडि घट्ना स्थलमै रहेको,घट्नास्थल ः–ट्राप्रपो कटारीबाट अं. १३ कि.मी. उत्तर पर्ने सचाअपः–भएको, मा.प.सेः–नगरेको, कारणः–चालकको लापरबाही ।
निम्न
१, जिल्ला उदयपुर त्रियुगा न.पा. ५ बस्ने वर्ष १८ को डाईमन राई (कान र खुट्टामा चोट) अवस्था सामान्य ।
२, जिल्ला खोटाङ साकेला गा.पा. २ बस्ने वर्ष २३ की मनिषा राई (ढाँड र छातीमा भित्री) अवस्था सामान्य ।
३, ऐ.रुपाकोटमझुवागडी न.पा. ५ बस्ने वर्ष ७० की कुमारी दर्जी(कमरमा भित्री चोट) अवस्थाः–गम्भिर ।
४, ऐ.ऐ. बस्ने वर्ष ८० को सार्कीधन दर्जी (हातमा चोट लागेको) अवस्था सामान्य ।
७ ईलाम मोसा अनियन्त्रित हुदा २ जना गम्भीर घाईते ०६।०२ गते १९०० बजे मिति २०७८÷०६÷०२ गते अं.१९;०० बजेको समयमा जिल्ला इलाम रोङ गाउपालिका ४ ढाट नजिक मेची राजमार्गमा ईलाम बाट झापा तर्फ जादै गरेको प्रदेश १–०२–०४६प ७०५१ नं को मोसा तिब्र गतिका कारण अनियन्त्रित भई सडक बाट अ १५ फिट तल खस्न गई सवारी दुर्घटना हुदा मोसा चालक जि मोरङ बिरटनगर ५ बस्ने बर्ष २४ को संजिब साह र सोही मोसा पछाडी सवार जि सिरहा लाहान नपा ७ बस्ने बर्ष २० को श्रवण साह दुबै गम्भीर घाईते भई उपचार्थ झापा स्थित द्य७ऋ अस्पताल पठाईएको सवारी साधन घटना स्थलमानै रहेको घटना स्थल प्रचौ किटेनी बाट १ किमि उत्तर तर्फ पर्ने, मापसे;–नगरेको,दुर्घटनाको कारण;–तिब्र गति ।
८ झापा मोसाले ठक्कर दिदा १ जना गम्भीर घाईते ०६।०२ गते १९२० बजे मिति २०७८।०६।०२ गते अं.१९ः२० बजेको समयमा जिल्ला झापा भद्रपुर न.पा. वडा नं. ९ प्रगती चौक स्थित चारआली भद्रपुर सडक खण्डमा दक्षीणवाट उतर तर्फ जादै गरेको तत्काल नं. नखुलेको मो.सा. ले पैदलयात्री ऐऐ. बस्ने बर्ष ८० की चेनी बेचालाई ठक्कर दिई भएको सवारी दुर्घटनामा पैदलयात्रीको वाँया खुट्टा फ्याक्चर र टाउकोमा चोट, अवस्था गम्भिर, उपचार ओमसाई पाथिभारा अस्पताल पठाईएको, मो.सा. तत्काल फरार, पहिचान लगायतको खोत कार्य भई रहेको, दुर्घटनास्थल ट्रा.प्र.का. चन्द्रगढीवाट ६.५ किमि उतर पर्ने ।
९ मोरङ मोसा र सिटी ठक्कर खदा २ जना सामान्य घाईते ०६।०२ गते १९५० बजे मिति २०७८÷०६÷०२ गते १९ः५० बजेको समयमा जिल्ला मोरङ बिराटनगर मनपा ४ स्थित कोशी राजमार्गमा दक्षिण बाट उतर तर्फ जादै गरेको प्रदेश नं २–०२–००३ प ९२०१ नं को मोसा र बाटो क्रश गर्दै गरेको को १ ह ३८२४ नं को सिटि रिक्सा एक आपसमा ठक्कर खाई दुर्घटना हुदा मोसा चालक जिल्ला धनुषा जनकपुर १ बस्ने बर्ष २१ को अनिष यादव सामान्य घाईते, सिटि चालक जिल्ला मोरङ बिराटनगर मनपा४ बस्ने बर्ष २८ को सुरेश गिरि सामान्य घाईते भई उपचारको लागी लाईगार्ड बरगाछी पठाईएको, दुबै सवारी साधन प्रचौ आयल निगमको नियन्त्रणमा, घटनास्थाल जिट्राप्रका मोरङबाट अं.३ किमि उत्तर पश्चिम पर्ने दुबै चालकको का.प साथमा नभएको दुबै चालक मापस नगरेको,सिटिले अचान बाटो क्रश गर्दा सवारी दुर्घटना भएको ।
१० मोरङ स्करपियोले ठक्कर दिदा १ जना सामान्य घाईते ०६।०२ गते १९५० बजे मिति २०७८÷०६÷०२ गते १९ः५० बजेको समयमा जिल्ला मोरङ सुहनपा ३ नमुना टोल स्थित भित्री पक्कि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको को २ च ३२९२ नं.को स्कारपियोले पैदल यात्री ऐ. बस्ने बर्ष ३५ की पबित्री खतिवडालाई ठक्कर दिई घाईते भई उपचारको लागी एपेक्स अस्पताल ईटहरी पठाईएको , अवस्था सामान्य, सवारी साधन प्रचौ गछियाको नियन्त्रणमा , घटनास्थाल गछियाबाट अं. २ किमि पुर्व दक्षिण पर्ने,चालक ऐ. ३ बस्ने बर्ष ४५ को निमा तामाङले अत्याधिक मापसे गरेको निजको आफन्तको साथ लगाई घर पठाईएको,का,प साथमा नभएको ,मापसेको कारण सवारी दुर्घटना भएको ।
११ सुनसरी सिटी सफारीले ठक्कर दिदा १ जना सामान्य घाईते ०६।०२ गते १८३० बजे मिति २०७८÷०६÷०२ गते अ.१८ः३० वजेको समयमा जि.सुनसरी वराह न.पा.७ विष्टनी चोक स्थित चक्रघट्टी बाङ्गे भित्र सडक खण्डमा बाङ्गे बाट चक्रघट्टी तर्फ आउदै गरेको वराह न.पा.१२ वडा नम्वरको सिटी सफारीले सोहि दिशा भएर आउदै गरेको साईकल यात्री वराह न.पा.६ बस्ने बर्ष ६५ को रामचन्द्र ठाकुर लाई ठक्कर दिई भएको सवारी दुर्घटनामा साईकल यात्रीको दाहिने हात र दाहिने घुडामा चोट लागेको उपचारको लागी स्थानीय नगर अस्पताल चक्रघट्टी लगिएकोमा थप उपचारको लागि घोपा लगिएको अबस्था सामान्य बोल्न सक्ने सफारी चालक ऐ ऐ बस्ने बर्ष २२ को सागर हलुवाई शाह र सफारी ईप्रका महेन्द्रनगर चक्रघट्टीको नियन्त्रणमा घटना स्थान ईप्रका महेन्द्रनगर चक्रघट्टी बाट २ कि.मि. उतर तर्फ । घटनाको कारण सिटि चालकको लापरवाही , चालकले मापसे नगरेको ,सचाअप नभएको ।
१२ सुनसरी मोसा आफै अनियन्त्रित हुद १ जना गम्भीर घाईते ०६।०२ गते २१०० बजे मिति २०७८।०६।०२ गते २१०० बजेको समयमा जि.सुनसरी इटहरी ८ राजश्व कर कार्यालय अगाडी कोशि लोकमार्गमा दक्षिणबाट उतर तर्फ जादै गरेको को २२ प ४२२५ नं को मोसा आफै अनियन्त्रित भइ दुर्घटना हुदा मोसा चालक जि.सुनसरी इटहरी २ बस्ने बर्ष २५ को आकाश अधिकारी टाउकोमा चोट लागि गम्भिर घाइते भइ उपचारको लागि एपेक्स अस्पताल इटहरी पठाएको मोसा इप्रका इटहरीको नियन्त्रणमा घट्नास्थल ट्राप्रपो दुहबीबाट ३ किमि उत्तर चालक आफै घाइते भएकोले सचाअप,मापसे नखुलेको कारणः– तिब्रगति ।
१३ सुनसरी स्कुटी ठक्कर दिदा २ जना सामान्य घाईते ०६।०२ गते १८३५ बजे मिति २०७८।०६।२ गते १८३५ बजेको समयमा जि.सुनसरी गढी गापा २ थाला पुल स्थित दुहबी इनरुवा भित्री सडकखण्डमा पुर्बबाट पश्चिम तर्फ जादै गरेको प्र १–०२–०४५ प २२५७ नं को स्कुटरले पैदलयात्री ऐऐ बस्ने बर्ष ४० कि घेरादेबि चौधरीलाई ठक्कर दिदा उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाएको, चालक जि.इनरुवा ९ बस्ने बर्ष ३० को गोपाल बिक को अनुहारमा चोट थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाएको तत्काल अबस्था सामान्य,स्कुटर प्रचौ औराबनीको नियन्त्रणमा सचाअप नभएको मापसे नभएको,कारणः– तिब्र गति घट्नास्थल ट्राप्रपो दुहबीबाट १० किमि उतर पश्चिम पर्ने । घट्नास्थलमा
यसरीनै मिति २०७८।०६।०३ गते । मिति २०७८।०६।०४ गते ०५०० बजे देखि २०७८।०६। ०५ गते ०५०० बजे सम्मको ट्राफिक काम कार्बाही तथा दुर्घटना जाहेरी अनुसार

१ सुनसरी टेम्पोको ठक्करबाट १ सामान्य घाइते । ०६।०४ गते ०६०० बजे मिति २०७८।०६।०४ गते अ. ०६०० बजेको समयमा जिल्ला सुनसरी धरान उपनपा –८ भोटेपुल स्थित कोशि राजमार्गमा धरान बाट ईटहरी तर्फ जादै गरेको मे १ ख २५६९ नं. को बस सडकको साईडमा रोकी बसको सहचालक जि. मोरङ लेटाङ ५ बस्ने बर्ष २६ को बिशाल थापा यात्रु लिन सडक क्रस गर्ने क्रममा सोही दिशा बाट आउदै गरेको को १ ह ८३०९ नं. को टेम्पोले ठक्कर दिदा छाति र हातमा सामान्य चोट लागी सामान्य घाईते भई उपचारको लागी धरान घोपा पठाएको टेम्पो तत्काल फरार खोत भईरहेको घटनास्थल यस का. बाट १ किमी उत्तर पर्ने , दुर्घटनाको कारण सहचालकले अचानक सडक क्रस गरेको
२ मोरङ टेम्पो आफै अनियन्त्रित हुदा १ गम्भिर २ सामान्य घाइते । ०६।०४ गते ०८०० बजे आज मिति २०७८।०६।०४ गते अं ०८ः०० बजेको समयमा जिल्ला मोरङ सुहनपा ६ स्थित खोर्साने केराबारी भित्री पक्कि सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ आउदै गरेको प्र१–०२–००३ ह २८४६ नम्बरको अटो तिब्रगतिको कारण आफै अनियन्त्रीत भई दुर्घटना हुदाँ अटो चालक जि मोरङ केराबारी नपा ३ बस्ने बर्ष ३२ को आशिष मगर सामान्य घाइते र सोहि अटोमा सवार ऐऐ बस्ने बर्ष २२ को टंक तामाङ दाहिने हाट देब्रे खुट्ट टाउको मा चोट अवस्था गम्भिर सोहि अटोमा सवार जिल्ला काठमाण्डौ दक्षिणकालि नपा ४ बस्ने बर्ष ६९ कि कान्छि सार्कि देब्रे हातमा चोट अवस्था सामान्य सबै घाईतेहरुलाई उपचार्थ नोबेल अस्पताल बिराटनगर पठाइएको सवारी साधन ईप्रका बिराटचौक को नियन्त्रणमा घट्ना स्थाल ईप्रका बिराटचौक बाट ३ किमि उत्तर पुर्व पर्ने ।चालकको सचाअप नभएको । दुर्घटनाको कारण तिब्रगति
३ मोरङ मोसाले ठक्कर दिदा १ जना गमन्भीर घाईते ०६।०४ गते १०५० बजे मिति २०७८÷०६÷०४ गते अ. १०ः५० बजेको समयमा जिल्ला मोरङ सुन्दरहरैचा न.पा ७ गोठगाउँ स्थितमा पुर्व बाट पश्चिम तर्फ जादै गरेको को १५ प ५३४० नं. को मोसाले पैदल यात्री ऐ. बस्ने प्रमिला भुजेलको छोरा बर्ष १० को सन्जय भुजेललाई ठक्कर दिई घाईते भई उपचारको लागि बिराट टिचिङ अस्पताल टंकी पठाएको अबस्था टाउकोमा चोट गम्भीर,मोसा,मोसा चालक जि. मोरङ बेलबारी नपा १ बस्ने बर्ष २३ को छत्र बाहदुर बिक प्रचौ गछियाको नियन्त्रणमा उक्त स्थान गछिया बाट अ. ३ किमि पुर्व पर्ने । मापसे नगरेको मोसा चालकको सचाअप भएको,मोसा तिब्रगतिको कारणले सवारी दुर्घटना भएको ।
४ मोरङ ट्रकले ठक्कर दिदा १ जना गम्भीर १ जना सामान्य घाईते ०६।०४ गते १२२५ बजे मिति २०७८÷०६÷०४ गते १२ः२५ बजेको समयमा जिल्ला मोरङ बिराटनगर मनपा ३ राजबंशी चोक स्थित कोशी राजमार्गमा उतर बाट दक्षिण तर्फ आउदै गरेको ज्च् छछक्ण्टद्धद्ध नं को ईन्डियन ट्रकले सोहि दिशा बाट आउदै गरेको को २ ह ५५०५ नं को सिटि सफारी लाई ठक्कर दिई दुर्घटना हुदा सिटि चालक ऐ बस्ने बर्ष १७ को सिमोन पासवानको हातखुट्टामा चोट सामान्य,सिटि सफारीमा सवार ऐ बस्ने बर्ष ३० को मोहमद मुन्नाको टाउँकोमा चोट अवस्था गम्भिर दुबै घाईतेलाई नोबेल अस्पताल बिराटनगर पठाईएको, सिटि, ट्रक,ट्रक चालक अयोध्या जिल्ला युपी बस्ने बर्ष ४५ को ललित कुमार मरिया जिप्रका मोरङको नियण्त्रणमा उक्त स्थान जिट्राप्रका मोरङ बाट ४ कि.मि . उतर पश्चिम पर्ने चालक सचाअप प्राप्र गरेको,चालक मापसे नगरेको,सिटिले बाटो क्रश गर्दा सवारी दुर्घटना भएको ।
५ मोरङ बसले सिटिलाई ठक्कर दिदा २ जना सामान्य घाईते ०६।०४ गते १४१५ बजे मिति २०७८।६।४ गते १४;१५ बजेको समयमा जिल्ला मोरङ रंगेली नपा ३ स्थित संसारी माई मन्दिर अगाडी पक्कि सडक खण्डमा बिराटनगर बाट रंगेली तर्फ आउदै गरेको प्र.न.१–०४–००१ख००२२ नम्बरको बसले सोही दिशा बाट आउदै गरेको प्र.न.१–०२–००३ह १७१९ नम्बरको सिटि सफारीलाई ठक्कर दिई दुर्घटना हुदा सिटि सफारीमा सवार रंगेली नपा ७ बस्ने बर्ष १६ की यशोदा बिक, सुनबर्षी नपा ४ बस्ने बर्ष ३८ की लमीया बिक सामान्य घाईते भई उपचारको लागी कोशी अस्पताल बिराटनगर पठाईएको। दुबै सवारी साधन र बस चालक जिल्ला मोरङ सुनबर्षी ७ बस्ने बर्ष २५ को संजय राजबंशी र सफारी चालक जिल्ला मोरङ रगेली ५ बस्ने बर्ष २२ को बिनोद मण्डल ईप्रका रंगेलीको नियन्त्रणमा,उक्त स्थान रंगेली बाट ३ किमि पश्चिम पर्ने,सिटि चालक का.प नभएको,बस चालक सचाअप प्राप्त गरेको,दुबै चालक मापसे नगरेको,बसको तिब्र गतिको कारण दुर्घटना भऐको ।
६ मोरङ चौपायमा ठक्कर लागी २ जना सामान्य घाईते ०६।०४ गते १४५५ बजे मिति २०७८।६।४ गते १४;५५ बजेको समयमा जिल्ला मोरङ बिराटनगर मनपा ४ धिताल प्रेट्रोल पम्प अगाडी कोशी लोक मार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २९ प ११९९ नं.को मोसाले भैँसिलाई ठक्कर दिदा मोसा अनियन्त्रित भई दुर्घटना हुदा मोसा चालक ऐ. बस्ने बर्ष ३२ को हेमन्त श्रेष्ठ,पछाडी सवार ऐ बुढीगंगा गापा १ बस्ने बर्ष ४३ को बिनोद कार्की समेत घाईते भई बिराट अस्पताल बिराटनगर पठाईएको , दुबैको अवस्था सामान्य,मोसा प्रचौ आयल निगमको नियन्त्रणमा, घटनास्थाल जिट्राप्रका मोरङबाट अं. ४ किमि उत्तर पश्चिम पर्ने,चालक को साथमा का.प नभएको,मापसे नगरेको,चौपायको कारणले सवारी दुर्घटना भएको ।
७ मोरङ ट्याक्टरले मोसालाई ठक्कर दिदा २ जना सामान्य घाईते ०६।०४ गते १८०० बजे मिति २०७८÷०६÷०४ गते १८ः०० बजेको समयमा जिल्ला मोरङ बिराटनगर मनपा ७ भाटबटेनी स्थित कोशी राजमार्गमा दक्षिण तर्फ जादै गरेको को ९ प १६४८ नं.को मोसालाई पुर्वबाट पश्चिम बाटो क्रश गर्दै गरेको को १ त ८४६९ न.को ट्याकटरले मोसालाई ठक्करले दिदा मोसा चालक जि.मो. बिराटनगर मनपा ६ बस्ने बर्ष ४८ को कंचन मण्डल,पछडी सवार निजकै श्रीमती बर्ष ३२ की कंचन कुमारी मण्डल सामान्य घाईते भई उपचारको लागी बिराट अस्पताल बिराटनगर पठाईएको , दुबै सवारी साधन जिप्रका मोरङको नियन्त्रणबाट , ट्याक्टर चालक कटहरी गापा ४ बस्ने बर्ष ४५ को ईसुन मिया फरार,खोत भई रहेको,घटनास्थाल जिट्राप्रका मोरङबाट अं. २ किमि उत्तर पश्चिम पर्ने मोसा चालक सचाअप प्राप्त गरेको,मोसा चालकले मापसे नगरेको,ट्याक्टरले बाटो क्रश गर्दा सवारी दुर्घटना भएको ।
८ सुनसरी मोसाले पैदल यात्रीलाई ठक्कर दिदा १ जना गम्भीर घाईते ०६।०४ गते १८३० बजे मिति २०७८।०६।०४ गते अ. १८३० बजेको समयमा जिल्ला सुनसरी ईटहरी २० पानीपिया जंगल स्थित कोशि राजमार्गमा इटहरीबाट धरान तर्फ आउदै गरेको प्र १–०२–०४६ प ६३०९ नं. को मो.सा. ले पैदलयात्री तत्काल नामथर वतन नखुलेको अं. बर्ष ७० की महिला लाई ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागी धरान घोपा पठाएको मोसा र चालक जि. सुनसरी ईटहरी ९ बस्ने बर्ष ३० को प्रकाश भट्टराई प्रचौ तरहराको नियन्त्रणमा चालकले सचाअप प्राप्त गरेको, मापसे नगरेको, दुर्घटनाको कारण तिब्र गति, घटनास्थल ट्राप्रपो तरहरा बाट ३ किमी उत्तर पर्ने । घटनास्थलमा खटी जाने प्रक– प्रह भुवन बिक ।
९ मोरङ स्कुटीले ठक्कर दिदा १ जना सामान्य घाईते ०६।०४ गते २२३० बजे मिति २०७८ ।०६। ०४ गते अ २२ः३०बजेको समयमा जिल्ला मोरङ उर्लाबारी नपा ४ स्थित पुर्व पश्चिम राजमार्ग स्थितआईतबारे चोकमा पुर्व बाट पश्चिम तर्फ जादै गरेको तत्काल नम्बर नखुलेको स्कुटरले पैदल यात्री जिल्ला मोरङ उर्लबारी नपा ४ बस्ने बर्ष ३८ को दिपक परियार लाई ठक्कर घाईते भई अरनीको अस्पताल उर्लाबारीमा उपचार भइ रहेको अबस्था शरिर बिभिन्न भागमा चोट अबस्था सामान्य ठक्कर दिने स्कुटर फरार खोत भई रहेको उक्त स्थान यसका बाट ७०० मिटर पश्चिम, स्कुटर तिब्रगरिको कारणले सवारी दुर्घटना भएको ।
१० झापा ट्याक्टरमा मोसा ठोकिदा २ जना सामान्य घाईते ०६।०४ गते २१५० बजे मिति २०७८।०६।०४ गते अं. २१ः५० बजेको समयमा जि.झापा दमक नपा–१ स्थित भित्री पक्की सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ आई रहेको मे३प ५६४६ न. को मोसाले पार्किङ गरी राखेको मे१त ६२१८ नं. को ट्याक्टरको पछाडि डालिमा ठक्कर खाई दुर्घटना हुदा मोसा चालक दमक नपा–१ बस्ने वर्ष ४८ को रमेश महत्तो, मोसामा पछाडि सवार दमक नपा–२ बस्ने वर्ष ३५ को सुरेश भेटवाल समेत सामान्य घाईते भइ एडभान्स अस्पताल दमकमा उपचार भई रहेको, ट्याक्टर चालक जि.पाचथर मिक्लाजुङ्ग–५ बस्ने वर्ष ३१ को संदिप लावति र दुबै सवारी सवारी साधन ईप्रका दमकको नियन्त्रणमा, घटना स्थल ट्राप्रका दमकबाट अ. ४ किमि उत्तर पर्ने, कागजपत्र– सचाअप भएको,मापसे– गरेको,कारण– मापसे गरेको कारण ।

दुई नम्बरी धन्दा गर्नेहरु च्याप की च्याप पक्रा उगर्दै थुन्दै
सुनसरी
साउन ३१ ग्ते १५ः०० बजे विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले ईनरुवा नगरपालिका–३ पूर्व पश्चिम राजमार्ग अन्तर्गत सखुवागाछीबाट पूर्व तर्फ जाँदै गरेको प्रदेश नं १–०२–०४५ प ११८३ लेखिएको पल्सर मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा सुनसरी धरान उपमहानगरपालिका वडा नं ७ बस्ने बर्ष ३० को सन्तोष लिम्बु र धरान–८ बस्ने बर्ष २८ को सबिन तामाङको साथबाट प्रतिबन्धित औषधी त्चबmबमय िज्थमचयअजयिचष्मभ ऋबउकगभि क्ष्ए लेखिएको ९२५ पत्ता प्रति पत्तामा १० क्याप्सुलका दरले ९,२५० क्याप्सुल सहित मोटरसाईकल र दुबै जनालाई पक्राउ गरि आवश्यक कानूनी कारवाहीका लागी औषधी व्यवस्था विभाग विराटनगर पठाई आवश्यक अनुसन्धान भईरहेको समाचार गाणराज्यलाई प्राप्त भएको छ ।

यसैगरि २०७८।०६।०१ गते साझ सुनसरी जिल्ला कोशी गाँउपालिका– ७ कोशी नदिको किनार झाडीमा मुख बाँधिएको अवस्थामा ४ (चार) वटा प्लाष्टिकको बोरा छ भन्ने जानकारी यस कार्यालयमा प्राप्त हुनसाथ उक्त स्थानमा अस्थायी प्रहरी चौकी हरिपुरबाट प्रहरी परिचालित भई खोजतलास गर्ने क्रममा बेवारिसे अवस्थामा रहेको बोराको मुख खोली चेकजाँच गर्दा उक्त बोरा भित्र अबैध लागु औषध गाँजा अन्दाजी ६० केजी फेला पारी यस कार्यालयमा सुरक्षित साथ राखी अन्य अनुसन्धान कार्य भई रहेको र मिति २०७८।०५।२६ गते दिनको १५स्०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले सुनसरी रामधुनी न।पा। वडा नं ५ बाट चेकजाँचको क्रममा को।१ ज। ८८५० नं को म्याजिक गाडीमा बिलबिजक नभएको ५० पन दरका १६ बोह्रा चिनी ८०० पन फेला पारी चालक, गाडी र चिनी आवश्यक कारवाहीको लगि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशिव्यारेज पठाएकोमा ९९,०००।( बाराबरको धरौटी र बिगो राखी चालक भन्सारबाट छुटेको, प्रहरी र भन्सार कार्यालयको निकायमा मिलाई गाडी र चिनी छुटाई दिन्छु भनि भोक्राहा नरसिंह गा।पा। वडा नं ६ बस्ने बर्ष ४२ को संजिव साहले उक्त गाडी धनि बिक्रम साह संग रु ३,९५,०००।– लिएकोमा उक्त रकमबाट धरौटी बापतको रकम रु। ९९०००।( हजार तिरी रु। ८७५००्( फिर्ता गर्नुको साथै रु १,६०,०००।( छुटाउनको लागि प्रहरी र भन्सारमा खर्च गरेको बाँकी रकम खाजा खर्च भएको भनि पिडित गाडी धनिलाई ठगी गरेको भन्ने पिडितको जाहेरीको आधारमा निजलाई पक्राउ गरी ठगि सम्बन्धी कसुरमा सम्मानित सुनसरी जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी आवश्यक अनुसन्धान भई रहेको
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सन्जयसिंह थापाले बताउनु भयो ।