Spread the love


इटहरी
पीबी दियाली

स्कुल पढने उमेरकी दलित बालिकालाई जबरजस्ती करणी मुद्धामा पुर्पक्षकोलागि झुम्का जेलमा बसेका एमाले पार्टीका यूवा नेता राजकुमार यादबकै बचाउकोलागि पीडित दलित बालिकामाथि बिभिन्न खेलहरु श्ुरु भएका छन । सुनसरीको बराहक्षेत्र घर भएकी तेजकुमारी सार्की अहिले बेपत्ता बनाइएकी छन । असोज १० गतेबाट हराएकी भनेर खोजी कार्यकोलागि उनकी आमाले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा हुलीया जाहेरी दिएकी छन । बेपत्ता हुनभन्दा अघि ती बालिकाले झुम्का जेलमै गएर यादवलाई भेटेकी र अहिले घरबाट बेपत्ता हुनुमा ठूलो षडयन्त्र छ । दलित अधिकारकर्मी रत्न रम्तेलले पत्रकार पीबी दियालीलाई बताएका छन । यसबारे गत भाद्र ४ गते गणराज्य साप्ताहिकमा यस्तो समाचार छापिएको थियो जुन जस्ताको तस्तै पुनः प्रकाशन गर्नु आबाश्यक छ ।

बराहाक्षेत्र नगरपालिका वडा न।६ सृजनाटोलका टेकबहादुर सार्कीले आफनी बहिनी १५ बर्षिया तेजकुमारी सार्कीसंग खिचेको फोटोबारे करेसो जोडिएको छिमेकी कथित माथिल्लो जात यादवपरिवार

No description available.

लाई सोधीखोजी गर्दा “ तँ सानो जात ठूलोकुरा गर्छस रु”भन्दै यादवका बाबु,आमा र छोरा समेत मिलेर भक्कुचार कुटेपछिको बिकसित घटना क्रम सुरुहुंदै जाँदा खुलेको अपराधले कथित ठूलोजात भनिएको राजकुमार यादवको कुकर्म बाहिरिएर प्रहरी फन्दामा परेका छन ।९ कक्षा पढदै गरेकी बहिनी तेजकुमारीको मोवाइलफोन चार्ज गर्ने क्रमममा छिमेकी दाई २८ बर्षिय राजकुमार यादवसंगै बहिनी बसेको तस्वीर देखेपछि टेकबहादुर र्सार्कीले यादवको घरमै गएर राम्रोसंग सोध्न थाले। “सानो जातले यस्तो भनेर हामीलाई हेप्ने” भन्दै यादवका बाबु शिब यादव,छोरो राजकुमार यादव र नाम नखुलेकी आमा समेतले टेकबहादुरलाई नराम्रोसंग पिटेर घाइते तुल्याई अबदेखि यस्तो कुरा गरे ठिक हुंदैन भन्दै धम्क्याएर घर पठाए । यो साउन २० गतेको कुरा हो सुनसरीको देवानगन्जबाट त्यहाँ यादब परिवार बसाईं सरेर आएको लगभग १५ बर्ष भयो। सार्की परिवार भने भोजपुरबाट आएको तिन पुस्ता पुगिसकेको स्थानीय दलित अगुवा जीवन रसाइलीको भनाई छ । कुटपिटको घटना प्रहरीसंग पुगेपछि औषधी उपचार खर्च ब्यहोर्ने कुरा हुंदै थियो त्यतिकैमा बहिनी तेजकुमारी “मेरो दाइलाई किन कुटेको ”भन्दै यादवको घर जाँदा अर्का छिमेकी अमर राई र दिलकुमार राइले “अछुत जातकी सर्किनी बाठी हुन्छेस ”भन्दै उल्टै कुटेर घाइते बनाई रुवाउंदै खेदाए । त्यो घटना पछि नेपाल संयूक्त दलित समाज बराहक्षेत्रका अध्यक्ष रत्न रम्तेलको सक्रियतामा इलाका प्रहरी कार्यालय चक्रघटटीमा उजुर परयो । प्रहरीले पीडक राईहरुलाई थानामा बोलायो। एकपटकलाई माफ दिनु औषधी उपचार हुन्छ भन्ने मौखिक सर्त भएपछि राईहरु घर गए । २१

No description available.
No description available.

ग्तेको कुरो हो त्यो । फेरी२।३ दिन पछि “सार्की खाल हामीलाई पुलिस लाउंने ठूला भाका अब हामी उपचार गर्दै नौ जहाँ जान्छेस जा रण्डी बेस्या ”भन्दै बेइजज्ती गर्न थाले । त्यो घटना भएपछि नेपाल संयूक्त दलित समाजकै आग्रहमा प्रहरीले राईहरुलाई बोलाएर स्थानीय फ्रेया क्निीकमा उपचार गराए । उपचार पछि गाउँंमा फेरी हल्ला भयो “की अर्काको मोटर साइकलमा हिंडने सर्किनी केटीलाई अब गाउंमा बस्न नदिने त्यो राजकुमार यादवसंग हिंडछे हामीले देखेको ”भन्नेहरुले गाउँमा हल्ला पिटाए । सो हल्लाको कारण दलित समाजले कुरा के हो त भनेर तेजकुमारीलाई फकाई फुल्याई गर्दा गतमंसिर महिनाको ९ गते दिंउसो इटहरी १७ हाइवे छेउ पकलीको शुभप्रभात होटलको १०७ न कोठामा ल्याई यौन सम्पर्क गरेको कुरा खुल्यो । बिहे गर्छु भनेर राजकुमार यादवले मायाप्रेमको कुरा गरेपछि घरमा ढाँटेर जता भन्यो त्यता जाने क्रम चलि रहेको तेजकुमारीले सुनाइन । इटहरीको अस्पतालमा ल्याएर पेटको गर्भ फालेको लगायत बैसाख ५ गते इटहरी १७ पकलीकै रोड छेउको सेभेन टेन होटलको १०२ नम्बर कोठा लिएर यादवसंग सुतेको र पछिल्लो पटक साउन १३ गते इटहरी ६मा पर्ने इटहरीको मुख्य चोक पश्चिम टेम्पो स्टेण्डमा रहेको सिद्यार्थ होटेल एण्ड लजमा फेरी यादवसंगै यौनसम्पर्क गरेको पनि खुलाइन । कहिले बिराटनगर दिदीकोमा जान्छु भनेर भाईसंगै हिंडने र दिदीकोमा पुगेर आफु भोली आउंछु भन्दै भाईलाई घर पठाएर बाइकमा आउने राजकुमार यादवकै योजना र सल्लाह अनुसार घरमा ढाँटी उसको यौनप्यास मेटाएको कुरा निर्धक्क बताएकी छन । दोस्रो पटक बैसाक ५ गते साथीको बर्थडेमा जाने भनेर हिं

No description available.
No description available.

डेपछि जान दिएको तर इटहरीमा आएर यादवसंग लजमा बसि ५।०० बजे फर्किएको भनेर बयान दिएको तेजकुमारीकी आमाले भनेकी छन । तेस्रोपटक साउन १३ गते बिराटनगर दिदीको घर जान भनि भाईसंगै हिंडेकी भाईलाई भोली आउंछु “तँं जा भनेर” घर फर्काइ फेरि यादबसंंगै लजमा बसेको बताएकी छन ।दलित समाजसंग तेजकुमारीले यादवको यौन सम्पर्कबारे बताएपछि प्रहरीकै साथमा बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मेडिकल जाँच गर्न साउन २३ गते लगियो । स्वास्थ्य जाँच पछि प्रहरी आफनै बाटो हिंडे । दलित संमाजका अध्यक्ष रम्तेल र आमासंगै रहेकी तेजकुमारी इटहरी हुंदै घर जाने क्रममा आमाको मोबाइलमा यादवको फोन आउंछ । तेजकुमारीले हतारहतार फोन खोसेर उठाउंदै बोल्ने क्रममा एकाएक बेपत्ता हुन्छिन । र केही बेरमा भन्छिन म बिराटनगर छु यादवसंगै जान्छु ।मेरो खोजी नगर्नु । बिराटनगरमा राजकुमार यादवको दिदी सरस्वती यादवकाको घरमा छु । जुन घर बारे मेरै दिदीलाई थाहा छ भने पछि दिदीलाई सोध्दा ठिक राजकुमारकै दिदी सरस्वतिकै घरमा उनीहरु हुन्छन । भोली पल्ट अब हल्ला नगर। नत्र ठिक हुंदैन भन्दै आफनो साथी भनेर चिनाएका नरेश यादव लगायत अन्य दुईजना नाम नजानेका केटाहरुले धम्क्याएर तेजकुमारीलाई राजकुमारबारे नबोल्न दवाब दिएका थिए । राजकुमारकी दिदि सरस्वतिलेले तेजकुमारीकी दिदीलाई बोलाएर यस्तो होइन अब मिल्नु पर्छ भनेको पनि उनले सुनाइन ।साथै दुइलाख रुपैंयाँ दिन्छु चुपलागेर बस भनेकनन्दै घर जानु भनेर बिराटनगरको बरगाछीमा ल्याई तेजकुमारीलाई एक्लै छाडी भाई राजकुमारलाई आफैसंग लिएर हिंडेकोपय बताइएको छ । तेजकुमारीको अलपत्र परें भनेर फेरी साउन ३१ गते सोमबार फोन आएपछि प्रहरीको सहायताले उनको उद्धार गरेको दलित समाजका

No description available.

अध्यक्ष रत्न रम्तेलले बताए । तेजकुमारीलाई अलपत्र छोडेर दिदीको योजना अनुसार भाग्न खोजि रहेको राजकुमारलाई बल्लबल्ल फोन लागेपछि फकाएर“अब ठिक छ । हाम्रै छोरीको गल्ति भो । तपाईलाई केही गर्दैनौ । घर आउनु बस्नु हामी उजुबाजुर नगर्ने दुख्ख नदिने” भनेपछि राजकुमारले आफु रहेको ठाउंँ बताएका थिए । बिराटनगरको पृथ्वीचोकमा छु भेपछि इटहरी प्रहरीको सहयोगमा पुगेर पक्राउ गरि इलाका प्रहरी कार्यालय इटहरीमा थुनेको बताइएको छ । २०६२साल पुस १२ गते बराहक्षेत्र ६ सृजनाटोलमा जन्म दर्ता रहेको तेजकुमारीले अहिले डर र त्रासको कारण यादवकै पक्षमा बोलि रहेपनि नाबालिका करणी काण्ड लगायत जातीय भेदभाव बिरुद्धको सजाय अनुसार कार्बाही माग गरेको बताइएको छ । यो घटनाबारे सुनसरीका दलितहरु चासो दिन थालेका छन। एमाले पार्टी ओली समुहको बराहक्षेत्र नगरपालिका सचिवालय सदस्य भनाउन चाहाने यादवले राजनीतिको सहाराले कृर्षि फर्म खोलेर लन लिने योजना साथै गाउँमा कृर्षि पार्टसपुर्जाको समान्य दोकान पनि गरेका छन । ओली आबद्ध एमालेपार्टीको भात्रृसंस्था पिछडा बर्ग महासंको प्रबक्ता समेत रहेको बताउने २८ बर्षिय यादवले दलित एबंम गरिव बालिकालाई झुक्याएर त्यस्तो काम गर्नु जघन्य अपराध भएको दलितहरुले आक्रोसित हुंदै बताएका छन ।