Spread the love


इटहरी
रामरोहन चौधरी इटहरीको काँग्रेस बृतमा प्रायः सबैले चिन्ने पुरानो नाम हो ।
२०२४साल चैत्र २३ गतेका दिन बुवा बद्रीलाल चौधरी र आमा जानकीदेवी चौधरीको ठूलो सन्तानको रुपमा जन्मिएका रामरोहन स्थानीय राजनीतिमा काँग्रेसको निक्कै पुरानो तर दह्रो खम्बा हुन ।बिए सम्म पढेका रामरोहनले जनता स्कुलमा पढदै देखि काँग्रेसको बिध्यार्थी संघमा आबद्ध भएर पंचायबिरुद्ध लडेको इतिहास बताएका छन । अहिलेको नेशनल गल्लीलाई त्यतिबेला लक्षमण मार्ग भनिन्थ्यो। प्रजातन्त्र पुनस्थापनाको निम्ति काँग्रेसले गरेको आन्दोलनमा होमिदा राम रोहन त्यो बाटो हुंदै निश्कने बिभिन्न खाले जुलुसमा अघिअघि हुन्थे ।लक्षमण मार्गबाट सानो जनता अगाडीको बाटोमा एउटा ठूलो सिमलको रुख थियो त्यसमा प्रजातन्त्रको ब्यानर टांग्न रामरोहन अघि सर्थे । प्रहरि आउँदा आन्दोलनकारीहरु भागेर आआफनो सेल्टरमा लुकिहाल्थे । पक्रिनै नसक्ने ।

May be an image of 1 person, standing and text that says 'pepsi Crean Bell bu ICE CREAM 2021/9/16 12:03'

२०४२सालदेखिनै आन्दोलनमा खटेका रामरोहनको कामै नेताहरुलाई साइकलमा बोक्नु थियो। त्यतिबेला साइकल चढने मानिस थिएनन। नेताहरुलाई जोगाउन साइकलमा बोक्दै पायक पर्ने स्थान सम्म लुकाएर पुरयाउने र आन्दोलन चर्काउन जनता जगाउने काममा राम रोहन र्फुिर्तला थिए। मेदनी सिटौला, अमरबहादुर गौली,बिरेन्द्र कार्की,रामकुमार बोगटी ध्रुव घिमिरेलगायतका काँग्रेस नेताहरुसंग मिलेर काम गर्ने बामपन्थीहरु मलेक्षी चौधरी,प्रामेद श्रेष्ठ,रामप्रसाद चोलागाई,काजीलाल फुयल,सर्बध्वज साँबा रहेको रामरोहन संझिन्छन । जुलुस गर्ने,मसाल बाल्ने,पुलिसलाई ढुंगा हान्ने,पर्चा बाँढने,माइकिंङ गर्ने सबै काममा खटन रामरोहनको जिम्मा थियो ।सिटौलाको काठको घरमा भेला भएर लक्षमाणमार्ग हुंदै जुलुस निकाल्दा पुलिसले लखेटने, कुटने,पक्रने गर्दथ्यो। निक्कै खेप चोट लाग्यो । कतिपय पुलिसलाई पनि पिटेर घाइैते तुल्याएर खेतैखेत भागेर रामरोहन दुहबीको धर्मनारायण बिशवास, बिजय गच्छदार,जगदीश लमसाल लागातको घरमा पुगेर लुक्थे । सिसाका बोतल बोकने,हान्ने काममा तेजिला रामरोहनलाई धर्मनारायण बिशवासले निक्कै हौस्याउने गर्दथे । एक खेप दुहबीका जगदीश लम्सालले पुलिसलाई खुकुरीले हानेर घाइते पारेको घटनापछि रामरोहन बिरुद्ध मुद्धा परयो तर नेताहरुले कताकता मिलाइदिएर बचाएछन। राजेश अधिकारी,फुलराज सुबेदी,महेश बास्तोला लगायतसंग रामरोहनको दैनिक मिल्ती थियो । दुलारीका श्रीहरी मानन्धरको प्रेरणाले काँग्रेस भएको बताउने रामरोहन पंचायच ढाल्न निभरी उल्लेखित नेताहरुको निर्देशन अनुसार अनुकुल भएको स्थानमा लुक्ने र रातीराती जनचेतना फैलाउन सुनसरीको बराहक्षेत्र,बिजयपुर,कप्तानगन्ज,जोगबनी,हाथिमुढा,निमुवा,बिराटनगर,पोठिया,दुलारी सबैतिर जान्थे । २०४७सालमा प्रजातन्त्र आएपछि साबिक ६ नवडाको काँग्रेस सदस्य भए । ४८ सालमा साबिक ६ नवडा सभापति भएा। ५३ सालमा फेरी सभापति भएा५४सालको स्थानीय निर्बाचनमा वडाअध्यक्षको उम्मेदवार उठेर जित्ने अबस्था रहेकाृेमा काँग्रेसकै बसन्तलाल चौधरी र काशीराम चौधरीहरु राप्रपामा प्रबेश गरेर बागी जस्तै उठि भोट काटीदिंदा एमालेका शिबनारायण भण्डारी चौधरीसंग २३ मतले हारे । ५८ सालमा काँगैसफुटेपछि देउवा प्यानलमा गए ।जीबनाथ काफले, नारायण बहादुर श्रेष्ठहरु नगर सभापति हुंदा रामरोहन सदस्य नै रहिरहेका थिए२०६०मा पार्टी एक भएपछिको अबस्थामा बाह्रौ अधिेवेशनमा सभापति लडे । राजनीतीमा आन्तरिक सहमतिहरु ह्ुंदै गर्दा हेमकर्ण पौडेलललाई सभापति छोडिदिए । १३औ महाधिबेशनमा क्षत्रिय प्रतिनिधी चुनिए। १०औं,११औं,१२औं १३ औ सबै अबिधेशनमा क्षेत्रिय प्रतिनिधी नै हुंदै आएपनि माथिल्लो तहमा सदैव पराजित हुदै आएका छन । रामरोहन अहिले हुनलागेको १४औं अधिेवेशनमा पनि क्षेत्रीय प्रतिनिधि चुनिएका छन ।हेमकर्ण पौडेललाई नै सभापति जिताउनु पर्छ भनेर लागिपरेका रामरोहन मान्छेले पैसाको खोलो बगाएर केही हुंदैन । जनताले कल्लाई जिताउनु पर्छ भन्ने बुझी सकेको दावी गरे । पैसा दिएर, किनेर राजनीति फाइदा खोज्नेहरु काँग्रेस हुन सक्दैनन । जबरजस्ती कोही कोही आउन ,जित्न खोज्छन भने त्यो निरर्थक प्रयास हो । हेमकर्ण प्रभाबशाली यूवा नेता अहिले इटहरीको काँग्रेसलाई चाहिन्छ । म अरु कुरा जान्दिन र रामरोहन भन्छन । रामरोहनले इटहरीमा काँग्रेसको बिजारोपणकोलागि निक्कै रगत बगाएको बताउंदै भने । जनता स्कूलमा पहिलो स्वबियु चुनाबमा धाँधली गरेर जित्ने अखिल भनिएकाहरुको बिजयजुलुसमा प्रतिकार गर्दा मेरो टाउंकोमा ढुंगाले हानेर फुटाई सरीरको सबै रगत सकिंदा पनि तगडै भएर हिंडि रहेको थिए। अब त शरीर भरि रगत छ । कांग्रेसमा सफल नेतेृत्वको ल्याउनका लागि फेरी लडछु ।