मेरो साथी मिन र सिरहा पढदाको सानो स्मरण

पीबी दियाली प्रकाश
हाम्रो स्कुले जीबनमा फस्ट, सेकेन्ड ,थर्ड र फोर्थ यस्तै रयान्को एउटा ट्यालेन्ट साथी मिनबहादुर तामाङ फ्लोरिङ कल्चर एसोसियसनको अध्यक्ष पदमा निर्बाचित भएको सुन्दा निक्कै नै खुशी लागेको छ।खोटाङ सिम्पानीबाट त्यतिबेलाको पढाइ सकेपछी म सिरहा पुगेर एजुकेसन पढे।धरानको हातीसार क्याम्पस त्यति बेला निक्कै प्रख्यात थियो।फस्ट स्टुडेन्ड जति त्यतै जाने क्रममा म पनि न पुगेको होइन। १३ नम्बरमा नाम निकाले ।पहाड बाट भर्खर आएको निर्दो दुब्लो केटो चिनजान ,आफन्त भन्ने कोहि नाइ।एड्मिसन गर्ने बेला २७ सय पैसा पुर्यान ढिला हुदा त्यति बेला ज्योती सर भन्ने थर ख्याल नभएको बरखिबारेर सेतो लुगा लाउने सरले मेरो म्याद गयो भनेर ढिम्किनै देनन।त्यस बेला इटहरीका पत्रकार दाजु कबिन्द्र केसीका काका जगत केसी प्रमुख थिएछ्न । जनयुद्द विश्राम भए पछि प्रचन्ड निकट भएको बेला केसी सर सङ अनाम नगरमा भेट हुदा यो कुरो सुनाए।मलाइ भेटेको भए हुन्थ्यो नी भन्नू भो ।त्यो बेला कसरी भेट्नु र ? खैर यस्तै कुरो हुन्छ एइले पनि ।केसि सरले मीन भवनमा हातिसार धरान जस्तै फुड टेक्नोलोजीको कलेज खोल्नु भा छ रे। भन्नू भो !अब तपाइको सट्टा कोही भए ल्याउनु म पढाउछु ।


यो भयो अचेलको कुरो।अनि हानिएर सिरहा पुगे।क्याम्पसको नाम सिरि सुर्य नारायण ,सत्यनारायण मर्बैता यादब बहुमुखी क्याम्पस हो।त्यहा नाम निकालेर छिमेकी गाउँ गुलेरियामा यादब समुदायका बाल बच्चा पढाउदैउनिहरुकै घरमा बसे ,खाए।तराइ बासीहरुमा म मात्रै एक्लो पहाडे थिए।सबैले मास्टर साहेब भनेर बोलाउथे।दसै बिदा भएको बेला एक खेप पहाड गए।ब¥रेली साथी मीन लाई भेटे।उनी काठ्मान्डौमा एड्मिसन गरेर पढन थालेका थिएछ्न।सङै जाउन त भनेर गाउबाट हिड्यौ।रसुवा घाट भन्ने उदयपुर जोडने सुनकोशीको झोलुङे पुल तर्दै गर्दा कुइरेहरु रयफ्टिङ गर्दै आए।त्यति बेला मोबाइल क्यामेरा केही थिएन हाम्रो।कुइरेहरुले क्यामेरा निकाल्दै फोटो खिचे ।अङ्रेजी बोल्न खोज्ने हामी स्कुले केटाहरुसङ उनिहरु नजिकिए।रयाफ्टिङ छोडेर हामी सङै हिड्ने भन्न थाले।दिन रात न सुति कुइरे सङ नेपाङ्रेजी बोल्न पाउँदा मीन र मेरो भुइमा खुट्टा थेनन।१२ बजे राती खाबुको उकालोमा रहेको एउटा झुपढिमा बास बसेका ढाक्रेहरु मध्य लाल बहादुर तामाङ दाइ भेटिए।लाइट बालेर हामीलाई हेरे सोधे।खुसी भए।त्यस्तो अनाकन्टर समयमा भासा न बुझे पनि ढाक्रे दाइहरुसङको हार्दिक्ता देखे पछि कुइरे कुइरिनिहरु हामी सङ झन खुसि भए।

चिउरा ,मकै भट्मास ,गुन्द्रुकको अचार अनि कुइरे कुइरिनी सङ सेकेन्ड सेकेन्ड को फरकमा अङ्रेजी बोल्दै हिड्दा बिहान फर्लङै उज्यालो भएछ।गाइघाट पुगियो। सडकमा बदाम बेच्ने सङ पनि किन्दा खेरी झुक्केर अग्रेजी नै बोलिएछ।मीन र म एकै रात मा इङ्लिस बोल्ने भएका थिएउ।गाडी चढिउ।एउटैमा लहान सम्म ।कुइरे कुइरिनिहरु हामी सङै जाउ काथमान्डु भन्थे।हुदैन तिमिहरु जाओ।भन्दिउ।हाम्रो किताबको एक कुनामा एड्रेस लेखिदिए। सि यु अगेन भने।मीन र म लहान झरेर मेरो क्याम्पस सिरहा जाने गाडी चढिउ।२ दिन सम्म यादब गाउको भैसि गोठ्सङै मेरो डोरि वाला खटियामा सुत्यौ।भुटेका चामलमा निमक मिर्च्याइले सादेर खाजा दिए।सुख्खा रोटिमा घिउको डल्ला हालेर पनि खाजा खाइयो।माछा भात ,लौका ,दाल ,दूध दही मास्टर साहेबको गोरो साथीलाई खुवाउन पाउँदा मेरा बिर्थ्यार्थिका अभिभाबक वा मेरा घरपेटि मात्रै होइन छिमेकी यादब हरु हर्सले गदगद थिए। लु अब काठमान्डौ जाउ।भनेर मलाई जिबनमै पहिलो खेप काठ्मान्डौ पुर्याउने यी जिग्री मित्र कैल्यै न बिर्सने पात्र हुन।यिनको जय होस। यी सङ काठमान्डु गएर डुल्दा

बाटोमा देखिने कुइरेकुरिनीहरु हामी सङै रातभरी हिड्ने पो हुन कि जस्तो लागेर घरी घरी नजिकिन खोज्थिउ तर तिनिहरु कैलेइ भेटिएनन ।नाम चाहिँ याद छ एलेथ र जेनिस ।खै कता पुगे अत्तो पतो छैन ।अहिले पनि बिदेसी कुइरे कुइरी देख्दा तिनै रयाफ्टिङ वाला हाम्रा साथी पो हुन कि जस्तो लाग्छ ।कतिपयलाई त बोलाइ हाल्छु एक्स्क्युज मी भनेर। तर ती एलेक्स र जेनिथ फेला पर्दैनन।तर लबज चाहिँ उस्तै ।जे होस मीन सङ अर्का स्मरणहरु पनि छ्न ।सोरखुट्टेमा जिन्दगीमै पहिलो पल्ट मम खाएको।पुतली सडकमा कबिताराम श्रेस्ठ नाम गरेका चर्चित ब्याक्तित्वको टेलिफोन अफिसमा मीन जि काम गर्दा रान।पुगेर बस्ने बित्तिकै फ्याक्स आयो।एउटा मेसिन बाट क्यार क्यार गर्दै लामो न लामो चिठी ।छक्क परेर हेरि रहे ।मिनले भने यो अमेरिका बाट भर्खर हालेको।५० सालको कुरो ।म छ्क्कै परेथे
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


