Spread the love


प्रकाश चन्द्रबंशी
सुनसरी
सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न९मा चन्द्रबंशी समुदायकी बालिकालाई मोरंगको पथरी नगरपालिकको दुलाहले सानैउमेरमा गैरकानुनी तरिकाले गर्न खोजेको बिबाहलाई रोक्न खोज्दा समाजका अगुवा यूवाहरु प्रल्हाद चन्द्रबंशी,युधिष्ठिर चन्द्रबंशी,राम मण्डल र लेखक स्वयमलाई धम्की आउन थालेको छ ।
पथरी शनिष्चरे मोरंग ६का सोरिस चन्द्रबंशीमण्डलको छोरा सन्तोष चन्द्रबंशीले १६ बर्ष पनि नपुगेकी बराहक्षेत्र ९बाट चन्द्रबंशी समुदायकै बालिका बिहे गरेर लगेको बिषयमा कानुनी तरिका भएन की भनि चासो राख्नेहरुलाई धम्की आउन थालेको हो । नेपाल चन्द्रबंशी सेवा समाका अध्यक्ष प्रल्हाद चन्द्रबंशीका अनुसार इलाका प्रहरी कार्यालय पथरीले फोन गरेर घटनाबारे जानकारी दिएपछि आफूहरुलाई थाहा भएको र सम्बन्धित वडा बराहक्षेत्र ९का वडाध्यक्ष दिपक लिम्बुलाई यो बिबाहबारे सोचेर कामकार्बाहीहरु गर्न सुझाउंदा उल्टै अध्यक्षले केटापक्षका मान्छेलाई फाइदा पुग्ने गरि बालबिबाह गर्न हुंदैन भन्नेलाई निरुत्सहित गराएपछि उहाँकै आडमा कानुनमिचाहहरुले समाजिक अभियान्ताहरुमाथि धम्की दिन थालेका हुन।
समचार अनुसार वडाध्यक्ष दिपक लिम्बुकै संरक्षणमा रहेकाहरुले धम्की दिन थालेपछि यूवाहरु चिन्तित छन ।

थालेपछि प्रकाश चन्द्र बंशी न्याय खोज्न भौतारि रहेका छन । पहिल्यै यो केस पथरी थानाले पक्रेर मिलापत्र गरा यता जिम्मा लगाएर इप्रका चक्रघटटीमा पत्र पठाएपछि प्रकाशपुर चौकीले हेरेको तर चौकीको बिनोद नामका असईले गैरजिम्मेवार ढंगले दोषीहरुलाई उम्काएर सामाजिक अभियान्ताको हुर्मत लिएका छन। बिबाह गर्ने फिक्स गरेर निम्तो कार्ड समेत भेटिसकेपछि कानुन अनुसार जानु पर्नेमा खै के पाराले हो? पैसा खाएर होकी शक्ति केन्द्रको दवावले हो प्रहरीले दुईदुई पटक सम्म थाहा पाउंदा पनि लापरबाही गरयो एक अभियान्ताले भने । सरस्वती माबिमा रहेको रेकर्ड अनुसार कक्षा ७मा पढने नाम खुलाउन नमिल्ने ती बालिकाको उमेर १६ बर्ष मात्र रहेको छ । २०६२।९।१८ गते जन्मिएकी बालिकाको कानुन अनुसार बिबाह गर्ने उमेर पुग्न अझै ४ बर्ष बाँकी छ। सो समुदायमा बालबिबाह गर्ने पुरानो चलनका पक्षधरहरुले पैसाको फुर्ति लगाएर धाक धम्की दिदै कानुन हातमा लिन खोजेका छन । वडाध्यक्षको आड पाएपछि धम्की दिनेहरु केटाको बाबु,केटाको मामली पटीको बाजे सुकदेव चन्द्रबंशी ,केटीको काका पर्ने सुग्रिब चन्द्रबंशी, ,केटाको दाजु,केटाको फुपु र फुपाजु लगायत छन । बालिका बिहे गराउन बाधा गरेको भन्दै केटाको बाबुले पथरीमा यस्तो गर्ने एउटालाई ठिक लगाए। अचेल गाउंछाडेर भाग्यो ।अब यिनीहरुलाई ठिक पार्छु २।४ लाख गए जान्छ भन्दै धम्की दिएकोले कानुनी उपचारकोलागि अदालत जाने तयारी भएको बुझिएको छ । इप्रका चक्रघटटीका प्रहरी निरीक्षक पान्डु राजबंशीलाई यसबारे बुझन खोज्दा बिहे भएको छैन । दुबै पक्षलाई केटाकेटी जिम्मा लगाएर पठाएको बताउंदै भने खै ,कसैले उजुर हालेको छैन । उजु हाले पक्रेर थुन्छौं । गैरकानुनी काम गरेको प्रमाण भनेको बिबाहको कार्ड हो त्यसैलाई उजुरी संझेर कार्बही गरेको भए के हुन्थ्यो ? भन्दा प्रनि राजबंशीले फोन काटे । उता वडा कार्यालयका सचिब होमबहादुर लिम्बुले पनि वडाको प्रतिक्रिया माग्दा फोन काटेर ब्यस्त पारेका छन ।
गरिव परिवारकी वालिकालाई धनी परिवारको पहुंचवाला परिवारको दवाबमा कलिलै उमेरमा आफन्तकै जालोमा फसेर पथरी मोरंगको आफनै समुदायका केटासंग यस अघिै नै भागेकी थिइन । गार्जेनहरुको मिलीमतोमा सामाजिक परम्परा अनुसार कार्ड छपाई बिहे सम्पन्न गर्न लागेको अबस्थामा पथरीले पक्रेर पठाए पछि मात्र सामाजिक अभियान्ताले थाहा पाएका थिए। केटापक्ष केटीभन्दा धनी वानी भएको भन्दै समाजका पुरानो मान्यता राख्नेहरुले जसरी पनि केटीको बिबाह हुनै पर्ने भनि जामलझेल गरेर बालबिहा बिरुद्धको कानुन उलंघन गरेका छन । कानुनी रुपमा गलत कार्य गर्न हुंदैन भन्ने आबाज उठाएर यस अघि पनि बिक्रिती बिसंगित बिरुद्ध बोल्दै आएका प्रकाशपुरका यूवाहरुले वडाध्यक्ष लगायत प्रहरीलाई बालबिबाह बारे सचेत हुन आग्रह गर्दै आएका थिए। ् वडाध्यक्ष लिम्ुले राजनीतिक पूर्बग्राह राखेर समाजका अन्धबिश्वासी जमात सामु यो पंक्तिकारलाई औल्याउंदै “यो केटा तिमिहरुको बिरुद्ध षडयन्त्र गर्दैछ ”भनेर उक्साई निजलाई सामाजिक बहिष्कार गराउनेहरुलाई भाकानभाका कुरा लाई दिएका थिए । अन्धबिश्वासी समाजका आफन्तले समेत पंतिकार बिरुद्ध लागेर कुटपिट गर्न समेत तम्सिएको थाहा पाएपछि प्रकाशपुर प्रहरी चौकी समक्ष कुरा पुगेको थियो । चौकी प्रागंणमा प्रहरीले पनि बालबिबाह गराउन प्रोत्साहित गर्ने वडाध्यक्ष लगायत समाजका कथित बुद्धिजीवीलाई नै फाइदा पुग्ने गरि उक्साएपछि अभियान्ताहरु चिन्तित छन। सोही दिन चौकीका असई बिनोले केटाकेटीका परिवारलाई आआफुले जिम्मा लिनु भनि पठाएका थिए । केटी १८ पुरा र १९ नकटेको भन्ने मौखिक छ भनेका छन तर कागजात देखाउन मानेनन । लिखित दिन मानेको छैन।कानुन बिपरित काम नहोस यसले समाजका कालिला बिषेस गरिव समुदायका छोरीचेलीहरु अन्यायमा पर्छन भन्ने ढंगले समाजमा रुपान्तरित भएर काम काज गर्न भूमिका खेल्दा आफुमाथि षडयन्त्र पूर्बक हमला हुन खोजेकोले न्यायको ढोका तिर पुग्ने अबस्था आएको भन्दै पह्रलाद चन्द्रबंशीले गुनासो गरेका छन । वडाअध्यक्ष दिपक लिम्बु र वडासदस्य भक्तबहादुर खडका लगायत समाजमा अन्धबिश्वास र कुरितीलाई कायमै राखेर आफु ठूलो पल्टनेहरुले प्रशासन समेतलाई नियन्त्रणमा राखि गैरकानुनी कार्य गराउने श्रृंखला रहि रहेकोमा बिषेस यूवा पंक्तिले साथ सहयोग अनी मिडिया बर्गले सत्यतथ्य उजागर गरिदिन आग्रह गर्दछु अध्यक्ष चन्द्रबंशीले भनेका छन ।