Spread the love


इटहरी
गत फागुन महिनामा दुहबी नगरपालिका वडा न ९मा स्थानीय केही यूवाहरुले मोटरसाइकल कुदाई रहेकोबेला अर्को समूहबीच बादबिबाद पश्चात उत्पन्न झगडाले यौन चरित्र तर्फ मोडिएर ९ नं वडाध्यक्ष मेहदी हुसेनसंग जोडिएको मारपिट र लुटपाट सम्बन्धी मुद्धामा प्रभावित दुबै पक्षका झण्डै दुई दर्जन झगडियाहरुले सोमबार दुहबी थानामा मिलापत्र गरेका छन।

No description available.


वडाध्यक्ष हुसेनसंग जोडिएको मारपिट र लुटपाट मुद्धाको प्रकृया प्रहरी मार्फत जिल्ला अदालत सुनसरीमा चल्दै जाने क्रममा हुसेनले हार्ने निस्चित जस्तै भएपछि एमालेको स्थानीय तहमा प्रभावशाली नेतृ ओली गुटमा सक्रिय एमालेकी केन्द्रीय सदस्य साथै त्यस क्षेत्रमा काँग्रेसका नेता बिजय गच्छदारसंग टक्कर लिइ रहेकी भगवती चौधरीलाई अघि सारेर मुद्धा फिर्ता गराई समाजमा मिलेर बस्ने कागज गरिएको बुझिएको छ । ९ नं वडामा काँग्रेसको तर्फबाट अध्यक्षमा बिजयी हुसेनसंग जोडिएर आउने थुप्रै मुद्धाहरु गाउँका सोझासिदालाई पार्टीगत आस्थासंग जोडिने गरेको र त्यहाँ मुख्य प्रतिष्प्रधी एमाले पार्टीका निक्कै कार्यकर्तालाई मुद्धामामिलाबाट

No description available.
No description available.

मुक्त गर्नु पर्ने भगवतीको चाहाना एकापटी रहेको छ भने अर्को तर्फ कांंग्रेसको अबिधेशनजारी रहेको बेला बिबादमा परेका वडाध्यक्ष हुसेनको स्थानीय काँग्रेस नेतृत्वमा रहनै पर्ने अबस्था छ । हुसेनमाथिका ज्यानमुद्धा देखि अन्य थुप्रे मुद्धाहरुको कारण कानुनी तगरा हटाएर मात्र सजिलो हुने देखेपछि तत्काल मिलापत्रबाट समाधान निकालिएको समाचार स्रोतले बताएको छ । काँगे्रसमा खास गरि कोइराला पौडेल खेमाका भनेर चिनिने हुसेनले देउवा गुटका गच्छदारलाई पन्छाउन सके एमालेकी भगवती चौधरीको उदय हुने सपना देखेकी छन । मेहदीले आफनो पक्क्डमा रहेको ९न वडामा फेरी जित्नकोलागि एमालेका भोटर्सहरु भगवती मार्फत प्रयोग हुने साथै काँग्रेसको अबिधेशनमा पनि हुसेननै नेतारहि रहने स्थिती पक्का हुने देखेपछि झुठठा मुद्धाबाट पार पाउन हुसेनले ९ लाख खर्च गरेको भन्ने बुझिएको छ । त्यो ९लाख रुपैंयाँ मेहदीले मुद्धाका बिपक्षीहरुलाई अग्रिम बुझाएको भन्ने खुलेको छ । तर सो रकम मेहदी आफैले निकालेका हुनकी भगवतीले आफनो राजनीति सफल पार्न गच्छेदार बिरुद्धका जत् िकाँग्रेसलाई आफुतिर तान्न घुमाउरो पाराले खर्च गरेकी हुन भन्नेबारे गणराज्यले अुसन्धान अगाडी बढाएको छ । मेहदीले बुझाएको भनिएको रकम मध्ये ५ लाख रुपैंयाँ क्षतिपूर्ति बापत भनेर हुसेनका प्रतिबादी मध्ये केहीलाई दिंदा भगवती चौधरी पनि साक्क्षी बसेको जस्तो देखिएको सूत्रले बताएको छ । आउने चुनाबलाई केन्द्रित गरेर भगवतीसंगको साँठगाँठले मिलापत्रको नाटक रचेको बताइएको छ । मेहदी हुसेन बिरुद्ध सामुदायिक अस्पतालका डा सरोज सिंह,रनकुमार चौधरी,मुन्ना भनिने जयप्रकाश रौनियार,बिध्यानन्द यादव, गीता राई चौधरी,अजय चौधरी,सुशान्त चौधरी,दुर्गादेवी खवास,बिशाल खवास,प्रेम उराव,प्रहलाद चौधरी लगायत १७ जना छन । डा सरोजले घटना हुंदा कान काटिएका घाइतेलाई उपचार गरेको सिरमा हुसेनले अर्के झुठो मुद्धा दायर गरेर दुख्ख दिएका थिए ।

No description available.

जनता समाजवादी पार्टीका आस्थावान सरोज लगायत अन्यले घटना लगत्तै हुसेन बिरुद्ध दायर गरेको मुद्धा हार्ने खतरा थाहा पाउने बित्तिकै कांग्रेसका चर्चित कानुन ब्यबसायी केदार भण्डारी समेत भगवतीको रणनीतिमा लागेर हुसेनलाई सुरक्षित अबतरण गराउन लागेको बुझिएको छ । हुसेनले उक्त मुद्धा हार्ने बित्तिकै वडाध्यक्ष पद पनि जाने र गाउँमा काँगे्रसको बिजय गच्छदार पक्षे बलियो हुने डरका कारण भगवती लगायत एमालेका ठूलै नेताहरु लागेर अदालतको मुद्धा फिर्ता गर्ने तर्फ कागजात अघि बढाएको बताइएको छ । यसकालागि हुसेन मार्फत भएको भनिएको ९ लाख रुपौंयाँ खर्चमा दुहबी प्रहरी प्रमुख,जिल्ला प्रहरीका एसपी,सरकारी वकिल, अदालतका केही कर्मचारी र वकिल केदार भण्डारीको लागि पनि छुटिटएको बताइएको छ । रकम मध्ये ५ लाख रुपैंयाँ पीडित मध्येका केहीले लिने अन्यलाई खासै जानकारी नभएको बताइएको छ । वडाध्यक्ष मेहदीको सेटिंगमा हुंदै नभएको तर यूविती बलत्कृत भएको , आफनो घरमा लुटपाट र मारपिट भन्ने खालको अर्कै झुठठा मुद्धामा अदालतले ठहर गर्न नसक्ने देखिएपछि हार्छु भन्ने देखिदा मेहदी अलि झुके जस्तो देखिएपनि यो सबै खेल भगवतीको हो भन्ने बुद्धीजीवीहरुले ठम्याएका छन ।

No description available.