जो अगुवा उहि बाटो हगुवाः कानुन बनाउने मान्छेले नै ऐलानी जग्गा मिचे
मेयर चौधरी अनभिज्ञ की निरिह?
इटहरी
संंबिधान सभासदस्य भई सकेकी इटहरीमा नाम चलेकी महिला नेता कल्पना बस्नेत चौधरीको परिवारले आफनो पर्याप्त सम्पती हुंदाहुंदै महंगो स्थानको ऐलानी जग्गामा लोभ देखाएर कानुन मिच्ने काम गर्दा समेत स्थानीय तहले ठाडा कान लगाएको छैन ।

। इटहरी उपमहानगरपालिकाले खाली जमिन के कति छ? र कहाँ कहाँ छ भनि पहिला गायत्री लम्साल कर्मचारी हुंदा उममेयर द्धारिकलाल चौधरीले सार्बजानिक जग्गा खोज्न एउटा समिती बनाएका थिए । सो ,समितिले पेस गरेको प्रतिबेदन कस्तो छ? भनेर जनताले राम्रोसंग अध्ययान गर्न नपाउंदै मेयरसंग कचमच परेपछि लम्सालले राजिनामा ठोकेर हिडेका छन। सरकारी खाली जग्गामा पहुंच हुनेहरुले धमाधम जग्गा मिचेर घरबिल्डीङ बनाउन थालेका छन। मेयर चौधरी घरीघरी सिर उठेको बेला “म सबै भुमाफियालाई ठिक पार्छु ”भन्दै डोजर लिएर निश्कन्छन। निमुखो निर्दो को गल्ती भेटे भत्काउन थालिहाल्छन तर पहुंचवाला बलवान ,धनवानी र मैहुं भन्ने छ भने ङिच्च गरेर पर्किन्छन । इटहरीको बहुमुल्य जग्गा मानिने वडा नं ९को बिजुली अफिस जानेबाटो मा पशुपति चौक रहेको छ। त्यहाँ पहिला त्यहाँ नजिकै पूर्ब पटी एउटा नाम चलेको पशुपति चित्र मन्दिर नामको सिनेमा हल थियो ।त्यो भत्काएर अहिले टन्न घरैघर छन । त्यसको अगाडी निक्कै ठूलो पैनी छ । पैनीको पूर्ब पटि पनि बाटाहरु छन । पश्चिम जुन बिजुली अफिस तर्फ जान्छ त्यो पनि बाटो झन ठूलो छ । उत्तर पनि बाटो छ बाटो छेकेर पशुपित मन्दीर भनेर खडा गरि बनाएको सानो मन्दिर पनि छ । मन्दिरसंगै टाँसिएको दक्षिण पटटीको जग्गामा अहिले कल्पना चौधरीका परिवारले बिशाल घर बनाउंदै छन। त्यो घरको नक्शा पास पनि छैन । कल्पनाले आफनै मान्छेलाई जालझेल गरि कब्जा गरेर आफनो बनाएको थोरै नम्बरी जगा रहेको मौका छोपेर बाँकी सबै ऐलानी कब्जा गरि घर ठडयांदै गरेको स्थानीयले बताएका छन ।
उपमहानगर लगायत कुनै अमिन,इन्जिनियर,जग्गा ब्यपारि क

सैले वास्ता नगरे पछि उक्त बिल्डींङ आकार्षक तरिकाले बनि रहेको छ । मेयरद्धारिकलाल चौधरीले आफनै सम्प्रदाय भनेर होकी खै ? किन हो उक्त जग्गामा ठूलाठालुले गरेको थिचोमिचोबारे बोल्दैनन। सो घरले पूर्ब साइडमा बग्दै गरेको नालीलाई प्रत्यक्ष मिचेको छ । उत्तरपटिको ऐलानी जग्गा पनि मिचेको छ । पूर्ब पश्चिम दुबै तिर घरको छचीले बाटो ओभरटेक गरेको छ । खाली जमिन
मा बनेको उक्त घरबारे उपमहानगरपालिकाका इन्जिनियर अरुण क्षेत्रीलाई सम्पर्क गर्दा नक्शा पास नगरी बनाएको भन्ने थाहा पाएको तर आफुले केही गर्न नसक्ने बताए । अहिले कल्पनाका श्रीमान जितेन्द्र चौधरी र छोरा जस्वन चौधरीले फुर्तिका साथ बनाउन थालेको उक्त घर ३ तले रहेको छ। पूर्ब पश्चिम दुबैतिर फर्किएको तल्लो तलामा ३ वटा ,माथिल्लो तलामा ३।३वटा र माथि अझै बढाएर लाने खाले बनाएका छन। ब्यपारिक हिसाबले कोठाभाडा लगाउन बनाएको जस्तो देखिने उक्त संरचनाबारे उपमहानगरपालिका के गर्दैछ? कल्पना चौधरी सत्ताधारी पार्टी नेपाली काँग्रेसकी नेतृ हुन । बिजय कुमार गच्छदारको पार्टीबाट समानुपतिक सिटमा संबिधानसभा सदस्य बनेकी चौधरी अहिले गच्छदारसंगै काँग्रेस भएकी छन ।

जमान देखि ओगटेको उक्त पैनीको जग्गामा भर्खरै मात्र आफनो पार्टी सत्तामा गएको र बिजय गच्छदार पनि बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा धेरै दिन भागि बल्ल देउवा प्रधानमन्त्री हुनेसाथ उन्मुक्ति हुने बित्तिकै कल्पनाका परिवारको मनोवल बढेर ऐलानी जग्गामा घर बनाउन थालेका हुन । निर्माणको अन्तिम चरणामा पुगि सक्दा समेत यत्रो ठूलो जनशक्ति रहेको उपमहानगरपालिकाले त्यता पटि ध्यान नदिंदा ठूलालाई चैन सानालाई ऐन भन्ने कुरा सिद्द भएको त होइन ? सामान्य मानिसले आफनो जग्गामा जीवीका पार्जन गर्नकोलागि कच्ची घर बनाउन सक्छ तर राज्यको मूलकानून संबिधान बनाउने निकायमा रहेर काम गरि सकेकी चौधरीको सो बलमिच्याईलाई लिएर बुद्धिजीवीहरु छक्क परेका छन । नेतृत्व तहकी जिम्मेवार मानिसले ब्यबसाय नै गर्नकोलागि बनाएको देखिने उक्त संरचनाले उपमागरमा पुरयाउनु पर्ने मापदण्ड पुरा हुन नसक्ने अबस्था देखिंदा उपमहानगरका को को जिम्मेवार मान्छेहरु पैसामा बिके? वा कल्पना चौधरी बस्नेतसंग डरले लुत्रुक भए? मेयरले यो बिषयमा ध्यान दिनु पर्ने हो की होइन? चारैतिरबाट प्रश्नहरु उब्जेका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



