लायन्स क्लवको पदास्थापनाः भब्य समारोहबीच सम्पन्न
इटहरी सहरमा रहेर समाजसेवामा निक्कै पहिलादेखिनै स्थापित लायन्स क्लव अफ इटहरी सिटीको सन २०२२कालागि गठित नयाँ कार्य समितिले भाद्र १० गते बिहीबार इटहरी५ स्थित आफनै भवनको सभाहलमा भब्यसमारोहको आयोजना गरि पदस्थापन उत्सव मनाएको छ ।
बिभिन्न ब्यपार ब्यबसायमा आबद्ध भई सफलता हासिल गरि समाजसेवामा उत्साहित लगनशील महानुभावहरु सम्मिलित लायन्सक्लवले आफनो संस्थागत सिद्यान्त,सामाजिक मुल्यमान्यता साथै प्रगतिशील पक्षधरतालाई आत्साथ गरि जनसेवामा सहयोगि भुमिका खेल्दै आएको बताउंदै क्लवकी अध्यक्ष श्रीमती गायत्री कटवाल भण्डारीले दिनु भएको जानकारी अनुसार पदस्थापन समारोहमा डिष्ट्रिक गभर्नर लायन रेवतबहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो ।
सामाजिक संघसंस्थााहरुमा सक्रियता देखाउने महिला बर्गलाई घरपरिवारबाट समेत सहयोग र सपोर्ट हुनु पर्ने श्रीमती गायत्री कटवाल भण्डारीले जोड दिनु भयो ।अध्यक्षको मन्तब्यमा बोलनु हुने भण्डारीले आउने बढादशंै सडक बालबच्चालाई कपडा बितरण गरि रमाइलो गरि मनाउने , नेपाल मानब सेवा समिति इटहरीको मुलगेटमा रहेको गेटलाई स्वर्गिय बुवाआमाको स्मरणमा लाइन्स लोगो अंकित सहित उदघाटन गर्ने साथै गंगा जमुना आर्यघाटमा दाहसंस्कार गर्ने ठाउं थपेर बिकास गर्ने जानकारी गराउनु भयो । यसै पद हस्तान्तरण कार्यक्रममामा एमजेएफ पिन पनि ग्रहण गर्नु भयो । लायन्स क्लव अफ इटहरी सिटीका पदाधिकारी,समाजसेवी,बुद्धीजीबी,महिला,यूवा ब्यबसायि,लब्धप्रतिष्ठित महानुभावहरु,पत्रकार लगायतको उत्साहजनक उपस्थिति रहेको उक्त अबसरमा लायन्स क्लव अफ इटहरी सिटीकी प्रथम उपाध्यक्ष लायन शुसिला ढकालले कार्यक्रम संचालन गर्नु भएको थियो ,भने कार्यक्रम संयोजक इटहरी सिटीका द्धितीय उपाध्यक्ष लायन सोमनाथ गौतमले गर्नु भएको थियो ।
लायन्स लोकेन्द्र ढकालले शुभकामना मन्तब्य दिनु भएको उक्त समारोहमा प्रमुख अतिथी कार्कीले क्लवमा अध्यक्ष गायत्री कटवाल भण्डारी , लायन निर्मला बस्नेत लगायत नबगठित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो । सो अबसरमा रिजन चेयर पर्सन लायन मेनुका गिरी,एरिया लिडर लायन टंककुमारी गुरुंग,भाइस डिष्ट्रिक गभर्नर नरनाथ सापकोटा,लायन इन्द्र खत्री (राजन) लगायतले शुभकामना मन्तब्य दिनु भएको थियो । लायन नबराज
काफले,निर्मला चौधरी,नगेन्द्र दाहाल,दुर्गा फुयल,सुजता श्रेष्ठ लगायतका लायन्स पदाधिकारीहरुको उत्साहजनक उपस्थिति रहेको थियो । कोबिड महामारीको समयमा डिष्टयान्स मेण्टेन गरेर पदस्थापन कार्यक्रम सम्पन्न गरिएको लायन लोकेन्द्र ढकालले बताउंनु भयो .
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


