पदका भोकाहरुदेखि साबधान !
pb diyali
एमालेको नाममा मनमौजी गरि रहेका खडग ओलीको इसारामा नाच्दै माधव नेपाललाई धोक्का दिएर पद प्राप्त गर्न हिंडेका भिम आचार्य र अष्टलक्ष्मी शाक्यले मुख्य मन्त्रीको पदमा रयाल काढेर राजनैतिक नैतिक्ता गुमाएका छन। ओलीको हैकमबादी शैलीबिरुद्ध निक्कै अघिदेखि ठूलोठूलो स्वरले कराउंदै बरिष्ठ नेता माधब नेपाललाई पार्टी फुटाउन उक्साउने भिम रावल,योगेस भटटराई,सुरेन्द्र पाण्डे,रघु पन्त,घनश्याम भुषालहरु अचानक माधब क्याम्प छाडेर ओली कित्तामा संस्टाङ दण्डवत गर्दै पुगेपछि तमाम कार्यकर्ताहरु उनीहरुसंग रुष्ट छन ।
मधब नेपाल क्याम्पका ६ दर्जनबढी केन्द्रीय नेताहरु र ३ दर्जन बढी संसदहरुले नेकपा एकिकृत समाजवादी पार्टी खोल्ने निर्णय गर्नु भन्दा अगाबै ओली प्रबृतीलाई थपमलजल गरि माधत्रब नेपाललाई कम्जोर पर्ने षडयन्त्रमा लाग्दालाग्दै पनि सरकारको अद्ययादेश र सभामुखको चतुरयाईंका कारण एमाले ओली गुटको घमण्ड चकानाचु भयो । प्रदेश न १मा नाम पनि जुराउन नसकि यत्रो ४ बर्ष सम्म मोजमस्तिमै डुलेका शेरधन राई मुख्यमन्त्रीबाट हटे। ओली गुटका राईलाई हटाएर भीम आचार्यलाई मुख्यमन्त्री दिन्छु भनेपछि लोभिएका आचार्यले माधब नेपाललाई देखादेखि धोक्का दिएर ओलीको गुणगान गाउंन थालेका थिए। प्रदेश ३मा पनि आफनै गुटका डोरमणी पौडेललाई हटाएर ओलीले अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्रीको ताज पहिरयाई दिएपछि शाक्य पनि माधबलाई खराव र गद्यार भन्दै ओलीको दयामायामा भुलिन गएर राजनैतिक इज्जत गुमाएकी छन । प्रदेश १का आचार्य र ३ की शाक्यले एक महिना भित्र बिशसको मात लिनु पर्ने संबैधानिक बाध्यता छ । पदको लोभलालचामा फसेर आफैले फटाहा घोषणा गरेका ओली सामु धनुष्टंकार हुंदै क्रान्तिकारी बिचारबाट भागेका धोकेवाजहरुलाई माधब पक्षका सांसदहरुले बिश्वासको मत दिने छैनन। त्यसो भएपछि उनीहरुको सरकार ढल्छ । एकमहिने म्यादी मुख्यमन्त्रीको लागि इज्जत फाल्ने लोभीपापीहरुले हाँकेको राजनीतिदेखि नेपाली जनता आजित छन । नीति नैतिक्ताबाट भित्तै सम्मपुग्नेगरि च्युत भई सकेका ओलीले आउने एकमहिना सम्म मुख्य मन्त्रीको टिको लाइ दिएर माधब नेपाललाई धोक्का दिएको गुन तिरेका छन । मुख्यमन्त्री खुस्कि सकेपछि पनि आचार्य र शाक्य संसदीय दलको नेतै भई रहने र प्रदेश सरकारमा प्रमुखप्रतिपक्षदलको नेता बनेर मन्त्री सरहको सुबिधा पडकाउंदै आउने चुनावमा मनमौजी ढंगले उत्रिने योजनामा छन। त्यतिबेला जनता झन सचेत हुनु पर्दछ । पदकोलागि राजनीति गर्ने को हो?र जनताको समस्या समाधानकोलागि राजनीति गर्ने को हो? चिन्ने मौका यही हो ।ppp
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



