Spread the love

सुनसरी
प्रमुख प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीले साउन २८ गते विहान जिल्ला प्रहरी कार्यालय सुनसरीको नव निर्मित कार्यालय भवनको उदघाटन गरेका छन।
कोभिड – १९ का कारण स्वास्थ मापदण्ड अपनाउदै सानो संख्याको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको एसपी संजयसिंह थापाले बताएका छन।
नेपाल सरकारको रु. ९,३६,६७,१२०।७३ (नौ करोड छतिस लाख सतसठी हजार एकसय विस रुपैया त्रिहत्तर पैसा) (मु.अ.कर सहित) को लागतमा जिल्ला प्रहरी कार्यालयसुनसरीको नाउँमा रहेको १६ कठ्ठा ५ धुर जग्गामा – कार्यालय भवन – १, हिरासत भवन – १, व्यारेक भवन – ३, नागरिक सहायता कक्ष – १समेत साना ठुला गरी ६ वटा भवनहरु र वरिपरी पर्खाल समेत निर्माण भएको छ ।

प्रहरी प्रधान कार्यालय भौतिक पुर्वधार निर्देशनालयको भुकम्प प्रतिरोधात्मक डिजाईनमा दुई चरणमा निर्माण भएका भवनहरु – गौरी पार्वती÷कोशी एण्ड न्यौपाने जे.भी. नयाँ बानेश्वर –१० काठमान्डौ र आशिर्वाद निर्माण सेवा प्रा.ली. त्रियुगा–७ उदयपुरले संपन्न गरेका थिए ।
भवन उदघाटन कार्यक्रममा प्रहरी निरीक्षक ई. नितिन कुमार लाखेले भवन निर्माण प्रतिवेदन पेश गर्नु भएको थियो भने ईनरुवा नगरपालीका प्रमुख श्री राजन मेहता र प्रमुख जिल्ला अधिकारी श्री उमेश कुमार ढकालले शुभकामना मन्तव्य दिनुभएको थियो ।
कार्यक्रमलाई संवोधन गर्दै संगठन प्रमुख प्रहरी महानिरीक्षक श्री शैलेश थापा क्षेत्रीले कानूनको अक्षरस पालना गर्दै अपराध न्युनिकरण गरेको र सो कुरालाई प्रहरी प्रधान कार्यालयमा १५ दिन अगाडी गरिएको वार्षिक समिक्षाबाट प्रष्ट भएको जसमा गत वर्ष भन्दा २१६ प्रतिशतले फरार अपराधि पक्राउ गरिएको राजश्व संकलनमा कोभिडको महामारीले सिमा नाकाहरु वन्द भएता पनि गत वर्ष मुद्धा ३३ प्रतिशत वढी संकलन गरिएको तथा वढदै गरेको शहरिकरणको वावजुत पनि यस वर्ष ४.४ प्रतिशत अपराध घटेको र प्रहरीले गर्ने कार्यहरुलाई वस्तुगत वनाई ऋऋत्ख् जडान गर्न प्रविधियुक्त प्रहरी कार्य, राजश्वमा वृद्धि फरार प्रतिवादी पक्राउ र सफल मुद्धाको वारेमा हरेक महिनाको अन्तमा मूल्याङ्क् गर्ने गरीएको उल्लेख गरेका छन। आम जनताले समस्या पर्दा पहिला भगवान दोस्रोमा आफ्नो परिवार आमा बुवा र त्यस पछि प्रहरी अर्थात ःभल ष्ल द्यगिभ अर्थात प्रहरीलाई वनाउने हुदाँ मलाई प्रहरी सेवा वाट आत्मा सन्तुष्टि दिन्छ साथै संचार कर्मी मित्रहरुलाई सकारात्मक कुराहरुलाई जोडी समाजमा सकारात्मक संदेश पुरयाउन आग्रह गर्नुका साथै नयाँ भवनको निर्माणमा संलग्न सम्पूर्णमा धन्यवाद दिदै नयाँ भवन मार्फत जनताको आशा पनि वढेकोले सेवामा अझ गुणस्तरतियता वढाउनु पर्नेमा जोड दिनु भएको ।
साथै सुरक्षा जनता र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले प्रहरीद्धारा संचालित अपराध नियन्त्रण अभियानमा सहभगिहुन पनि अनुरोध गर्नु भयो ।
साथै, कार्यक्रममा सुनसरी प्रहरीलाई भवन निर्माण लगायत भौतिक संरचना निर्माणमा सहयोग गर्ने पालिका प्रमुखहरु (ईनरुवा नगरपालिकाका मेयर राजन मेहता, कोशी गाउँपालिका प्रमुख ऐयुव अन्सार, हरिनगरा गाउँपालिका प्रमुख गफार अन्सारी, वर्जु गाउँपालिका प्रमुख रघुनन्दन चौधरी) हरुलाई सम्मान पत्र, उत्कृष्ट कार्य गर्ने प्रहरीहरु (प्रउ कमल थापा, प्रनाउ नरेन्द्रकुमार कार्की, प्रनि जयदेव माझी र प्रसनि भक्तवहादुर विष्ट) तथा सुनसरी प्रहरीका सह्योगीहरु ( संचारकर्मी अमर काफ्ले, अधिकारकर्मी सरिता कार्की (घिमिरे), रोहित निरौला र पुरुषोत्तम भण्डारी) लाई प्रशंसा पत्र र निर्माण व्यवसायीहरु (चुडामणी पौडेल, दिलिप लिम्वु, ऐयुव मिया र गफुर मिया) लाई प्रमुख अतिथी प्रहरी महानिरीक्षवाट कदर पत्र वितरण गर्नु भएको थियो भनि जिल्ला प्रहरी कार्यालय सुनसरीले पठाएको रिपोर्टमा उल्लेख छ ।

नयाँ भवनको निर्माणवाट कार्य मैत्री वातावरण वन्नुका साथै प्रहरीले दिने सेवा प्रवाहमा समेत सहजता आएको विचार सुनसरी प्रहरी प्रमुख श्री संजय सिंह थापाले स्वागत मन्तव्यका क्रममा राखेका थिए ।
सो अबसरमा १ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार वि.सी.ले धन्यवाद ज्ञापन गरेका थिए ।