Spread the love

इटहरी
सुनसरी अदालतवाट कैद र जरिवानातोकी फैसला भएका विभिन्न मितिमा घटेका विभिन्न आपराधिक घटनामा संलग्नहरुलाई तोकिएको सजाय भुक्तान नगरी फरार रहेको अबस्थामा सुनसरी प्रहरीले धमाधम पक्राउ गरेको छ ।
सुनसरीमा प्रहरी प्रमुख भएर आएका सन्जयसिंह थापाले अभियुक्तहरु खोजतलास गरी फैसला कार्यान्वयन गर्न श्रावण १ गते देखी चलाएको अभियानमा२३८ जनालाई नियन्त्रणमा लिई जिल्ला अदालतमा पेश गरेको जनाएको छ । एसपी थापाका अनुसार
सुनसरी प्रहरीको फरारी पक्राउको यस अभियान –अपराधीक घटना घटाई समाजमा निस्फिक्री हिड्ने प्रवृतिका विरुद्द लक्षित छ । अपराध गरी जतिसुकै भागे पनिउन्मुक्ति पाउन सकिदैन वा कानूनी दायरावाट उम्कन सकिदैन भन्ने सन्देश यो अभियानले दिएको छ ।
पक्राउ परेका फरार प्रतिवादीहरु – कर्तव्य ज्यान, डाँका, अपहरण तथा शीरर बन्धक, कुटपिट, चोरी, किर्ते,जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचार आदीमा सजाय तोकिएकाहरु छन । पक्राउ परेका फरार प्रतिवादीहरुवाट ४९ वर्ष कैद सजाय फच्र्योट भएको छ भने रु. ९,३५,३५९÷– (नौलाख पैतिस हजार तिनसय उनान्साठी रुपैया)जरिवाना समेत असुल भएको छ ।
फरार पक्राउका क्रममा २०६६।०१।१६ गते आफ्नी ५ वर्षिया नातिनी ( सोशिला कुमारी खत्वे) लाई घाटी वटारी मारेर प्लाष्टिकको वोरामा हालेर खेतमा गाडी फरार रहेका वसन्त खत्वे समेत रहेका छन। उनलाई सम्मानित सुनसरी जिल्ला अदालतवाट जन्म कैद सजाय तोकिएको थियो ।
यसैगरि २०७८÷०१÷२८ गते दिनको अं. १५ः३० वजेको समयमा जिल्ला सुनसरी धरान उप–म.न.पा. वडा नं. १६ नौलो बस्ती स्थितमा प्रतिवादीहरु बिकेश तामाङ समेतको समुहले सोही स्थान बस्ने निशान राई र आशिष श्रेष्ठ समेतलाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेका प्रतिवादीहरु मध्ये जिल्ला सुनसरी धरान उप–म.न.पा. वडा नं. १३ बस्ने बर्ष २० को तोरि भन्ने बिकेश तामाङ र ऐ.ऐ. बस्ने बर्ष १९ को गम्बो भन्ने समिर तामाङलाई २०७८।०४।२२ गते पक्राउ गरीएको र निजहरु उपर ज्यान मार्ने उद्योग मुद्दामा सुनसरी जिल्ला अदालतबाट ७ दिन म्याद लिई अनुसन्धान भई रहेको छ ।
प्लाष्टिक हेण्ड ग्रिनेट फेला परेको
मिति २०७८।०४।२३ गते सुनसरी इटहरी उमनपा वडा न। २ स्थित राजदेवी टोलको पेङ दोर्जी मार्ग ग्रावेल गरिएको भित्री सडक खण्डमा ऐ।ऐ स्थानमा वस्ने तिलक वहादुर राना मगरको छोरा वर्ष ११ को फविन राना मगरले प्लाष्टिक हेण्ड ग्रिर्नेट फेला पारी तत्काल सामुदियक प्रहरी विट हवाई चौकलाई जानकारी गराएकोमा घटनास्थलमा ईलाका प्रहरी कार्यालय ईटहरीवाट टोली खटी आवश्यक सुरक्षा व्यवस्था मिलाई डिस्पोजका लागी तत्कालै नेपाली सेनाको न। २ वाहिनी इटहरी अन्तर्गतको कृष्णदल गणलाई जानकारी गराएको थियो । सो गणवाट खटी आएको नेपाली सेनाको वम डिस्पोजल टोलीले उक्त हेण्ड ग्रिर्नेट सुरक्षित साथ विहान ११स२० वजेको समयमा डिस्पोज गरिएको थियो ।
मिक्स गिटीमा मिसिएर आएको हुनसक्ने देखिएकोले मिक्स गिटी ल्याईएको सेउती खोलामासमेत सुरक्षा टोली परिचालन गरिएको थियो ।