बी.पी.के.आइ.एसएचमा भ्रष्ट्रचारका कुराःप्रतिष्ठित संस्थाको इज्जतमा धक्का
धरान
भ्रष्टचार र अनियमितताको आरोपले ग्रसित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुद्धिकरणकोलागि सरकारले डा वैकुण्ड आचार्यको संयोजकत्वमा गठन गरेको समस्या पहिचान तथा छानवीन कार्यदलले सरकारलाई४६ पृष्ठको प्रतिवेदन वुझाएको छ ।
धरानबाट आनन्द श्रेष्ठले पठाएको समाचार अनुसार प्रतिष्ठान भित्र व्यापकरुपमा आर्थिक अनियमितता हुन थालेको,व्यवस्थापन पक्ष फितलो भएको कारण उपचार र पठनपाठन अस्तव्यस्त वन्न थालेको भनि विगत ६० दिन देखि त्यहीका चिकित्सक,विधार्थी र कर्मचारीले आन्दोलन गर्न थालेका थिए । संचारमाध्यममा यसबारे ब्यापक रुपले समाचारहरु आउन थालेपछि सरकारले गठन गरेको कार्यदलले प्रतिष्ठानमा आएर सवैआन्दोलनकारी समुह नागरीक समुह,पत्रकार राजनीतिक दल र पदाधिकारहरुसंग सोधपुछ गरेको आधारमा ४६ पृष्ठ लामो प्रतिवेदन स्वास्थ्य राज्य मन्त्री समक्ष वुझाएको दुई हप्ता हुन लागेको छ ।
आन्दोलनलाई सघाउन डा गोविन्द केसी,नारायण वाग्ले पुर्व भीसी डा शेखरकोईराला डा सुन्दरमणी दिक्षित देखि लिएर स्थानीय सवै राजनीतिक दल,सामाजिक सध सस्था स्थानिय नागरीक समाजहरु लागि परेका थिए । वीपीमा अध्ययन गरेका विधार्थी चिकित्सकहरुले अधिराज्यको विभिन्न स्थानवाट वीपी वचाऔ भन्दै धर्ना जुलुस जस्ता गतिबिधिले खवरदारी गरिरहेका थिए ।
अनियमितताका फेहरीस्त वनाएर हरेक दिन स्थानीय तथा काठमाण्डौका सचारमाध्यमहरुले निरन्तर समाचार प्रबाह गरिरहेका छन ।
आन्दोलनकारी र पदाधिकारी वीच असार १५ गते वार्ता गर्न वोलाईएको भेलामा उपकुलपती डा ज्ञानेन्द्रगिरीले मादक पदार्थ सेवन गरेर आएको भन्दै वार्ता भाँडिएपछि आन्दोलन झन चर्किएको थियो । असार १५ गते देखि नै आन्दोलनकारी समुहले प्रतिष्ठानका चारै जना पदाधिकारीहरुको कार्यकक्षमा ताला लगाएको ताला हाल सम्म पनि खुल्न नसक्दा प्रतिष्ठानको दैनिक प्रशासन र पठन पाठनमा ठुलो असर पुग्न गएको छ ।
पत्रकार श्रेष्ठका अनुसार उपकुलपतिले अव आफुहरुले प्रशासनलाई चुस्त र पारदर्शी वनाउदै डिजिटल प्रणालीवाट हिसावकिताव राख्ने प्रतिवद्धता जनाउदै वार्तामा वस्न दुई पटक विज्ञप्ती मार्फत वोलाई सकेका छन । तर आन्दोलनमा उत्रिएका चिकित्सक विधार्थीहरुले भने सरकारले गठन गरेको उच्च स्तरीय वार्ता टोलीसंग मात्र वार्तामा वस्ने अडान राख्दै आएका हुनाले कुलपति समेत रहेका प्रधानमन्त्री शेर वहादुर देउवाले आफनै कार्यालयका सचिव डा वैकुण्ठ आचार्यको सयोजकत्वमा ७ सदस्सिय एक कार्यदल वनाएर प्रतिष्ठानको समस्या वारे वुझन धरान पठाएको थियो । १५ दिनमा प्रतिवेदन वुझाउने योजना सहित गठन गरीएको कार्यदलले धरानमा आएर सवै पक्षलाई भेटेर फर्कि सकेका छन । टोलीका एक सदस्यले दिएको जानकारी अनुसार सोमवार सम्म डाक्टरहरुंसग काठमाण्डौमा नै सोधपुछ गर्ने र त्यस पछि १४ गते भित्र प्रतिवेदन वुझाउने वताएका छन । कार्यदलले के फेला पार्यो त भनि वुझन खोज्दा सो सदस्यले प्रतिष्ठानको आर्थिक अवस्था तहसनहस भएको पाईयो, केहि नया, पुराना पदाधिकारीहरुको कारणले यो अवस्थामा पुग्न गएको भनि पत्रकार श्रेष्ठलाई जवाफ दिएको उल्लेख छ । अव यसलाई सुधार्न प्रधानमन्त्री स्वयमले कस्तो कदम चाल्ने हो त्यसैमा यसको भविष्य निर्धारण हुने कुरा उनले वताए भन्दै पत्रकार श्रेष्ठ थप लेख्छन।
कलहको विउ राजनीतिक नियुतिm
अधिराज्यका सवै प्रतिष्ठानहरुमा झै यहाँ पनि पदाधिकारीहरुको नियुतिm योग्यता क्षमताको आधारमा नभई राजनीतिक आस्था र पैसाको भरमा हुन थाले पछि प्रतिष्ठानमा आर्थिक, नैतिक विचलन आउन थालेको छ । यही कुरालाई मागकै रुपमा राखेका प्रतिष्ठानको शुद्धिकरणको लागी आन्दोलन गरीरहेका चिकित्सक कर्मचारी विधार्थीहरुले कार्यदल समक्ष राखेका थिए । तर जस्ले जति नै माग राखे पनि राजनीतिक दलहरुले रामा्रे मान्छे होईन, हाम्रो मान्छे राख्न भने छाडने होईनन।
सरकारी कार्यालयमा सवै पदाधिकारीहरु मिलुन्जेल त्यहाँको फटाईवारे हतपत कुरा वाहिर आउदैन तर पदाधिकारीहरु वीचनै लफडा हुन थाल्यो भने चाही कुरा चुहिन थाल्छ यहाँ पनि यस्तै भएको छ भनि कर्मचारीहरु वताउँछन । आन्दोलनकै सेरोफेरोमा लेखाअधिकृतलाई जिम्मेवारीबाट हटाएपछि त्यहाँका अनियमितताका बिबरणहरु भटाभट आउन थाल्नुले पनि प्रतिष्ठानको प्रतिष्ठालाई कम्जोर पार्न थालेको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


