Spread the love


प्रकाश ब्याकुल
इटहरी
प्रदेश १ स्थित इटहरीमा रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले पठाएको इमेल अनुसार दुर्घटना न्युनिकरणकोलागि ट्राफिक प्रहरीबाट बिभिन्न स्थानमा भएका गतिबिधि र दुर्घटना बिबरणहरु तपशिल अनुसार रहेका छन ।
साउन२७ गते ०५.०० बजे देखि २८गते ०५.०० बजे सम्मको ट्राफिक काम कार्बाही तथा दुर्घटना जाहेरी अनुसार
जनचेतना मुलक अन्य कार्यक्रम २१वटा,चालक प्रशिक्षण ४०वटा र प्रशिक्षित संख्या ८६७ जना र पर्चा बितरण भएको छ ।
१ मोरङ मोसाले साईकललाई ठक्कर दिई दुर्घटना हुदा २ सामान्य घाईते
०४।२७ गते १०.५० बजे बेलबारी न.पा.३ स्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को २१ प ६४९४ नं.को मोसाले बाटो क्रस गर्दै गरेको साईकल यात्री ऐ.बस्ने बर्ष ३७ की जुनु लिम्बुलाई ठक्कर दिई दुर्घटना हुदाँ मोसा चालक जिल्ला मोरङ सुन्दरहरैचा न.पा.१० बस्ने बर्ष २९ को सागर बस्नेत समेत घाईते भई दुबै जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाएको,दुबैको अवस्था सामान्य,मोसा र साईकल ईप्रका बेलबारीको नियन्त्रणमा,घटनास्थल ट्राप्रपोष्ट बेलबारीबाट अन्दाजी५०० मिटर दक्षिण पश्चिम पर्दछ । चालकले सबारीचालक अनुमती पत्र प्राप्त नगरेकोर मापसे नगरेको भएपनि दुर्घट्ना कारण तिब्र गति रहेको अनुमान छ ।
२ झापा मोसा बसमा ठक्करलागी दुर्घटना हुदा २ सामनाय घाईते ०४।२७ गते ११.०० बजे शिवसताक्षी नपा–१० माई पुल स्थित पुर्व –पश्चिम लोकमार्गमा पश्चिमवाट पूर्व तर्फ जादै गरेको मे१ख २७५३ न.को बसमा सोही दिसावाट जादै गरेको ज ११प ३५५० नं. को मोसा ठक्कर लागी दुर्घटना हुँदा मोसा चालक जिल्ला झापा दमक नपा–८ बस्ने बर्ष ३२ को सुनिल श्रेष्ठ साथै मोसामा पछाडी सवार ऐ.बस्ने बर्ष २० कि खुशी श्रेष्ठ समेत सामान्य घाईते भई तत्काल उपचारको लागि प्रधान मेडिकल सुरुङ्गामा उपचार भऐरहेको, दुवै सवरी साधन तथा बस चालक जि.सुनसरी धरान–१५ बस्ने बर्ष ३५ को नर ब.परियार इप्रका सुरुग्गाको नियन्त्रणमा , छन । घटनास्थल ट्राप्रपोष्ट सुरुङगाबाट अन्दाजी ३ किमि पश्चिम पर्ने । कागज पत्र– सचाअप प्राप्त र मापसे नगरेको भएपनि कारण बसले ओभर्टेक गर्ने क्रममा भन्ने खुलेको छ ।
३ धनकुटा माईक्रोको ठक्करबाट पैदल यात्री सामान्य घाईते
०४।२७ गते १३.०० बजे धनकुटा न.पा. ६ परीचयमोड स्थित हिलेबाट धनकुटा तर्फ आउदै गरेको ना.१ज ७९८३ नं. को माईक्रोले पैदल यात्री धनकुटा महालक्ष्मी नपा १ बस्ने बर्ष अंन्दाजी ८५÷८६ को टेक बहादुर पौडेलको दायाँ खुट्टाको पन्जामा किचि घाइते भई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाएको अबस्था सामान्य छ ।माईक्रो चालक धनकुटा शहिदभुमी गा.पा. ४ बस्ने बर्ष २५÷२६ को जयकुमार राई फरार रहेकोले खोजतलास भई रहेको छ । माईक्रो जिप्रका धनकुटाको नियन्त्रणमा छ । घट्नास्थल जिट्राप्रका धनकुटाबाट १ कि.मि . उत्तर पर्ने बताइएको छ । सवारी दुर्घट्नाको कारण–चालक लापरवाही भन्ने खुलेको छ ।
४ सुनसरी पिकअपको ठक्करबाट साईकल यात्रि गम्भिर घाईते ०४।२७ गते १३.५० बजे कोशी गाउपालिका ४ हरीपुर स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र १–०१–००१ च ८०३५ नं को पिकअपले साईकल यात्री ऐ २ बस्ने बर्ष ५५ को सुर्यनारायण यादवलाई ठक्कर दिदा निजको टाउको र शरीरको बिभिन्न भागमा चोट लागी गम्भिर घाईते भई उपचारको लागी न्युरो अस्पताल बिराटनगर तर्फ पठाएको छ । साईकल,पिकअप र पिकअप चालक जिल्ला झापा दमक न.पा ७ बस्ने बर्ष ३५ को गोपाल बुढाथोकी अस्थायी प्रहरीचौकी हरिपुरको नियन्त्रणमा छ । घटनास्थल अप्रचौ हरिपुर बाट अन्दाजी ५०० मिटर पुर्व पर्ने । कारण ः– पानी परेको कारण ब्रेक नलागेको भन्ने खुलेको छ ।
५ मोरङ मोसाको ठक्करबाट साईकल यात्री सामान्य घाईते
०४।२७ गते १७.०० बजे बिराटनगर न. १३ स्थित कोभिड अस्पताल छेउमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको साईकल यात्री जिल्ला मोरङ बिराटनगर न. १३ बस्ने बर्ष २२ की रिया सिब्बी खानलाई विपरीत दिशाबाट आउदै गरेको को ८ प ८२८९ न.को मोसाले ठक्कर दिंदा सामान्य घाईते भई उपचारको लागि कोशी अस्पताल बिराटनगर पठाएको मोसा,साईकल र मो.सा. चालक जिल्ला मोरङ बिराटनगर न.८ बस्ने बर्ष अ.२५।२६ को रोहन भगत इप्रका रानीको नियन्त्रणमा छन। घटना स्थल ट्राप्रपोष्ट रानीबाट अन्दाजी ३ कि.मी. रहेको छ ।चालकको स.चा.अ.प. साथमा नभएको मापसे नगरेको भएपनि दुर्घटनााको कारण तिब्र गति रहेको भन्ने खुलेको छ ।
६ सोलु मोसा अनियन्त्रित भइ दुर्घटना हुदा १ सामान्य घाईते
०४।२७ गते १५.३० बजे दुधकोशी गा.पा. ४ भुसेस्थान स्थित भित्री कच्ची सडक खण्डमा बासाबाट आईतबारे बजार तर्फ जादै गरेको बा २१प ८५५८ न. को मोसा अनियन्त्रित भई सडक देखी अंन्दाजी ५ मिटर तल खसी दुर्घटना हुंदा मोसा चालक ऐ बस्ने बर्ष ५२ को कुमारसिंह बस्नेत सामान्य घाईते भई उपचारको लागी जिल्ला अस्पताल फाप्लु तर्फ पठाएको छ । मो.सा प्र. चौ.काकुको नियन्त्रणमा छ । घटना स्थल जि.ट्रा.प्र.का सोलुबाट अन्दाजी ३५ कि.मि. पुर्ब पर्दछ । । दुर्घटनाको कारण लापरवाही पूर्बक चलाएको हुन सक्ने अनुमान रहेको छ ।
७ मोरङ मोसा र कार ठक्करलागी दुर्घटना हुदा १ गम्भिर १ सामान्य घाईते
०४।२७ गते १९.०० बजे बिराटनगर मनपा– ५ बरगाछी चौक स्थित कोशी लोक मार्गमा उतरबाट दक्षिणतर्फ आउदै गरेको को २६ प ७४६२ न.को मोसाले ऐ दिशा तर्फ जादै गरेको बा १४ च ७२५९ न को कारको पछाडि ठक्कर दिई दुर्घट्ना हुदा निम्न स्थान बस्ने निम्न मानिसहरू घाईते भई उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाएको कार चालक तत्काल फरार रहेकोले खोजतलास भई रहेको छ । कार र मोसा जिप्रका मोरङको नियन्त्रणमा छ । घट्नास्थल जिट्राप्रका मोरङबाट अन्दाजी. ३ किमि उतर पर्ने । सचाअप कार चालकले (०२१९१२३) को प्राप्त गरेको छ । मोसा चालकको साथमा लाइसेन्स नभएको मापसे नगरेको भएपनि दुर्घट्नाको कारण तिब्र गति रहेको छ ।
निम्न घाईते ः–
१, मोसा चालक जिल्ला मोरङ सुहनपा– ८ बस्ने बर्ष– ३० को अनिष दाहाल टाउकोमा चोट गंभिर घाइते छन।
२, मोसामा पछाडि सवार ऐऐ. बस्ने बर्ष– ३० को सुमन बजगाँई सामान्य अबस्थामा छन ।
८ सुनसरी मोसा र स्कुटर ठक्करलागी दुर्घटना हुंदा २ सामान्य घाईते ०४।२७ गते २२.०० बजे ईनरुवा न.पा ६ आरती पेट्रोल पम्प अगाडी पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको को २७ प ९५२० नं को मोसा र बिपरित दिशाबाट जादै गरेको को २७ प ३७९४ नं को स्कुटर ठक्करलागी दुर्घटना हुदा मोसा चालक जिल्ला धनकुटा धनकुटा न.पा ५ खुपु घर भई द.नि.प्र.गण दुहबी दरबन्दी भई इप्रका ईटहरीमा कार्यरत बर्ष २५ को प्र.ज ईस्पल राईको बायाँ हात फ्याक्चर भएको र स्कुटर चालक जिल्ला सुनसरी ईटहरी ५ बस्ने बर्ष ५० को पुस्पराज सुबेदीको दाहिने हातमा सामन्य चोट लागी दुबै जनालाई उपचारकोलागी जिल्ला अस्पताल ईनरुवा ल्याई उपचार भई रहेकोमा, ईस्पल राईलाई थप उपचारको लागी घोपा धरान रेफर गरिएको छ । दुवै जनाको अवस्था सामान्य छ । दुबै सवारी साधन अप्रपोष्ट सखुवागाछीको नियन्त्रणमा छ । घटनास्थल ट्राप्रका ईनरुवाबाट ५ किमि पुर्व पर्दछ ।
९ उदयपुर मोसा अनियन्त्रित भई दुर्घटना हुदा १ गम्भिर घाईते ०४।२७ गते १८.३० बजे बेलका नपा १ स्थित भित्री सडक खण्डमा आमबासीबाट भाकलपुर तर्फ जादै गरेको स २ प ३६९५ न. को मोसा अनियन्त्रित भई दुर्घटना हुंदा मोसा चालक ऐ ऐ बस्ने बर्ष १९ को आर्यन चौधरी सामान्य घाईते, सोही मोसा पछाडी सवार ऐ ऐ बस्ने बर्ष २१ को सरा दाहाल गम्भिर घाईते भई उपचारको लागी न्युरो अस्पताल बिराटनगर तर्फ पठाएको छ । मोसा र मोसा चालक प्रचौ भाकलपुरको नियन्त्रणमा छन । घट्नास्थल ट्राप्रपो आमबासीबाट ३ कि मि पुर्व सचाअप नभएको मापसे नगरेको भएपनि दुर्घटनाको कारण तिब्र गति भन्ने बुझिएको छ ।
१० मोरङ २ टिपर ठक्करलागी दुर्घटना हुदा २ सामान्य घाईते ०४।२७ गते १५.३० बजे सुन्दर हरैचा नपा १० स्थित खोर्साने केराबारी सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको प्रदेश २–०३–००१ख १४१७ न. को टिपर र बिपरित दिशाबाट जादै गरेको को १ ख ७०४९ न. को टिपर ठक्करलागी दुर्घटना हुंदा १४१७ न. को टिपर चालक ऐ ऐ बस्ने बर्ष ३५ को शेखर गुलाम सामान्य घाईते भई ( आखामा चोट) उपचारको लागी लाहान आखा अस्पताल पठाएको छ । ७०४९ न. को टिपर चालक जि मोरङ केराबारी १ बस्ने बर्ष २५ को चन्द्रबहादुर थापा सामान्य घाईते भई स्थानीय मेडिकलमा उपचार भई रहेको छ । दुबै सवारी साधन ईप्रका बिराटचोकको नियन्त्रणमा छन । घट्नास्थल ट्राप्रपो बिराटचोकबाट ३ कि मि उत्तर पर्दछ ।दुर्घटनाको कारण लापर्वाही पूर्बक हाँकेको भन्ने छ ।
११ मोरङ मोसा अनियन्त्रित भई दुर्घटना हुदा १ गम्भिर घाईते ०४।२७ गते २१.०० बजे बेलबारी न.पा. ९ स्थित भित्रि सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को १७ प ३४४७ न. को मोसा अनियन्त्रित भई दुर्घटना हुंदा मोसा चालक ऐ ऐ बस्ने बर्ष ५२ को हर्कलाला राजवंशी गम्भिर घाईते भई बिराटनगर अस्पताल तर्फ पठाएको मोसा अप्रचौ डागाबजारको नियन्त्रणमा छ । घट्ना स्थल ट्राप्रपो बेलबारीबाट ९ कि मि पुर्व दक्षिण पर्दछ । मापसे नभएको , सचाअप प्राप्त गरेको भएपनि दुर्घटनाको कारण आफै अनियन्त्रित भएको भन्ने खुलेको छ ।
१२ सुनसरी मोसाले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुंदा २ गम्भिर १ सामान्य घाईते ।
०४।२७ गते २०.२० बजे रामधुनी ३ परियारपुर स्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको को २६ प ५६३२ नं को मोसा अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिई पल्टिदा पैदल यात्री रामधुनी ३ बस्ने बर्ष १९ को करण भुजेल सामान्य, मो.सा चालक जिल्ला सुनसरी ईटहरी १८ बस्ने बर्ष ३० को लवकुश चौधरी र सोही मो.सा मा पछाडि सवार ऐ.ऐ बस्ने बर्ष २८ को रितन चौधरी समेत दुबै गम्भिर घाईते भई घाईते तिनै जनालाई उपचारार्थ बिराटनगर अस्पताल बिराटनगर पठाएको,मोसा ईप्रका पकलीको नियन्त्रणमा छ । सचाअप नखुलेको मापसे नगरेको,तिब्रगतिको कारण दुर्घटना भएको,घट्नास्थल ट्राप्रपो पकलीबाट अं ३ किमि पश्चिम उत्तर पर्दछ ।
१३ सुनसरी मोसा अनियन्त्रित भई दुर्घटना हुदा २ गम्भिर घाईते । ०४।२७ गते २०.१० बजे बराहक्षेत्र न.पा. ११ मधुवन स्थित भित्री सडक खण्डमा शुक्रवारेबाट बकुल्लाछाप तर्फ जाँदै गरेको को ३८ प ४६३७ नं. को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा. चालक ऐ.ऐ. बस्ने वर्ष अ. ३३ को बिनोद भन्ने अमृत थापा गम्भिर घाइते छन । मो.सा. पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष अ. ४० को कृष्ण न्यौपाने समेत गम्भिर घाईते भई दुवै घाइतेलाई उपचारको लागी जि. अस्पताल इनरुवा पठाइएको छ । मो.सा. प्र.चौ. मधुवनको नियन्त्रणमा छ । सचाअप नखुलेको,मापसे नगरेको,तिब्रगतिको कारण दुर्घटना भएको घट्नास्थल प्र.चौ. मधुवनबाट अ. ५ कि.मि. उत्तर पर्ने बताइएको छ ।
मिति २०७८।०४।२८ गते मिति २०७८।०४।२६ गते ०५.०० बजे देखि ऐ ०७८।०४।२७ गते ०५.०० बजे सम्मको ट्राफिक काम कार्बाही तथा दुर्घटना बिबरण यसप्रकार छ ।
जनचेतना मुलक अन्य कार्यक्रम १८वटा चालक प्रशिक्षण ३४वर्टा प्रशिक्षित संख्या ७४५ जनालाई र पर्चा वितरण २६५ रहेको छ ।

१ सुनसरी मोसाले साईकलयात्री लाई ठक्कर दिदा १ गम्भिर १ सामान्य ०४।२६ गते १०.४५ बजे ईटहरी–१३ स्थित कोशी लोकमार्गमा बिराटनगर बाट ईटहरी तर्फ जादै गरेको साईकलयात्री ऐ. बस्ने बर्ष ४२ को नागेश्वर हलवाईलाई सोही दिशाबाट जादै गरेको को ३७ प ८३३७ नं. को मोसाले ठक्कर दिदा गम्भिर घाईते छन । मोसा चालक ऐ. देवानगंज –५ बस्ने बर्ष २६ को प्रबेश कुमार साह सामान्य घाईते भई उपचारको लागी दुबैलाई न्युरो अस्पताल बिराटनगर पठाएको मोसा र साईकल प्रचौ खनारको नियन्त्रणमा घटनास्थल ट्राप्रपो खनार बाट १ किमी दक्षिण पर्ने । दुर्घटनाको कारण मोसा तिब्र गतिमा चलाएको, सचाअप नभएको भन्ने खुलेको छ ।
२ सुनसरी विईङगरले कारलाई ठक्कर दिदा २ सामान्य घाईते ०४।२६ गते १४.०० बजे भोक्रहा नर्सिङ ४ स्थित पुर्ब पश्चिम लोक मार्गमा पश्चिम बाट पुर्ब तर्फ जाँदै गरेको प्र ३–०१०२४च ९३९६ नंको कारलाई सोही दिशाबाट आउदै गरेको ना १ ज ८११५ नं. को विईङगर जिपले ठक्कर दिदा विईगर जिपमा सबार जिल्ला सुनसरी कोसी गाप ४ बस्ने मो. मोलिमको छोरी ११ महिना कि रोकमा खातुन सामान्य घाईते र सवार ऐ. इनरुवा ३ बस्ने बर्ष ३५ कि जगदम्बा खातुन दुवै सामान्य घाईते भई उपचार स्थानीय मेडिकलमा पठाईएको कार चालक जिल्ला चितवन भरतपुर ११ बस्ने बर्ष ३१ को जीवन पन्त र जिप चालक जि सप्तरी १ बस्ने बर्ष २३ को श्याम यादव समेत दुवै सवारी प्र चौ भोक्रहाको नियन्त्रणमा छन । घटना स्थान ट्राप्रपो लौकहीबाट किमि ३ पुर्व पर्ने,सचाअप भएको मापसे नगरेको माइक्रोको तीब्रगति कारण दुर्घटना भएको भन्ने खुलेको छ ।
३ सुनसरी मोसाको ठक्कर बाट १ सामान्य घाईते
०४।२६ गते १४.२५ बजे दुहबी ३ स्थित कोशी लोकमार्गमा बिराटनगरबाट इटहरी तर्फ आउदै गरेको को ३६ प ३९८७ न.को मो.सा.ले साईकल यात्री जिल्ला सुनसरी दुहबी २ बस्ने बर्ष ४२ को बिजय माझीलाई ठ्क्कर दिदा घाइते भइ उपचारको लागि स्थानीय अस्पताल पठाइएको अबस्था बोल्न सक्ने सामान्य रहेको मो.सा.चालक जिल्ला मोरङ्ग बिराटनगर १० बस्ने बर्ष १९ को राजेन्द्र श्रेष्ठ आफै उपचारमा सम्लग्न रहेको मो.सा. र साइकल इ.प्र.का.दुहबीको नियन्त्रणमा,सचाअप नखुलेको,मापसे नगरेको,मोसाको तिब्रगतिको कारण दुर्घटना भएको, दुर्घटना स्थल ट्राफिक प्रहरी पोस्ट दुहबी बाट १.५ कि.मि.उतर पर्ने ।
४ उदयपुर मोसाले टेम्पोलाई ठक्कर दिदा २ सामान्य घाईते
०४।२६ गते १२.४५ बजे त्रियुगा नपा–०५ देउरी पेट्रोल पम्प स्थित सगरमाथा पिच सडकखण्डमा देउरीबाट जलजले तर्फ जादैं गरेको प्र–०२–०१–००१ह ०३८२ नं.को अटोलाई सोही दिशा तर्फ जादैं गरेको स ११प ५७३६ नं.को मोसाले ठक्कर दिदा मोसा चालक जि.उदयपुर त्रियुगा नपा–१० बस्ने बर्ष ३४ को मनोज कु.श्रेष्ठ सामान्य मोसा.पछाडी सवार जि.उदयपुर त्रियुगा नपा–१२ बस्ने बर्ष ३८ को असोक कु.ठाकुर सामान्य घाईते भई उपचारको लागी दुबैं घाईतेलाई जिल्ला अस्पताल उदयपुर लगिएकोमा मोसा चालकलाई थप उपचारको लागी धरान घोपा पठाईएको । दुबै सबारी साधन र अटो चालक जि.उदयपुर त्रियुगा नपा–०७ बस्ने बर्ष २९ को पुष्प परियार ईप्रका जलजलेको नियन्त्रणमा रहेको । घटनास्थलः–ट्राप्रपो जलजले बाट २ किमी उत्तर रहेको । कारणः–तिब्रगति( मोसा) रहेको छ ।
५ झापा मोसाले पैदलयात्रीलाई ठक्कर दिदा ३ जना सामान्य घाईते ०४।२६ गते १८.४० बजे दमक नपा–४ स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्र १–०१–०१४ प २४४७ न. को मोसा ले बाटो क्रस गर्दै गरेको पैदल यात्री जि.झापा दमक नपा ४ बस्ने वर्ष ४७ को राजकुमार दुलाललाई ठक्कर दिँदा सामान्य घाईते र मोसा चालक जि.झापा दमक नपा–१ बस्ने वर्ष ३४ को हरी कुमार दर्जी सामान्य, मोसा पछाडी सवार जि. पाँचथर हिलह्याङ गापा–२ बस्ने वर्ष २५ को सुरेश खत्री सामान्य घाईते भई तिनै जनाको निम्स अस्पताल दमकमा उपचार भई रहेको, मोसा अप्रपोष्ट ताराबारीको नियन्त्रणमा रहेको, उक्त घट्नास्थल ट्राप्रका दमकबाट अ. ४ किमि पश्चिम पर्ने । कागज पत्र– सचाअप प्राप्त, कारण– पैदलयात्रीको लापर्वाही ।
६ उदयपुर ट्रक दुर्घटना हुदा १ गम्भिर घाईते
०४।२६ गते १९.०० बजे कटारी नपा–४ स्थित सिद्धीचरण लोकमार्गमा बेतिनि बाट कटारी तर्फ आउदै गरेको ना ५ ख ३४०३ नं. को ट्रक अनियन्त्रित भई सडकको किनारमा पल्टी दुर्घटना हुदा सहचालक ऐ. ८ बस्ने बर्ष २८ को बिशाल श्रेष्ठ गम्भिर घाईते भई उपचारको लागी न्युरो अस्पताल बिराटनगर पठाएको सबारी साधन घटनास्थलमा नै रहेको चालक फरार रहेको घटनास्थल ट्राप्रपो कटारी बाट ५ किमी उत्तर पर्ने । चालकको लापर्बाहीको कारणले दुर्घटना भएको ।
७ सुनसरी मोसाको ठक्कर बाट १ सामान्य घाईते
०४।२६ गते १८.३० बजे इटहरी १२ स्थित कोशी लोकमार्गमा खनार बाट इटहरी तर्फ जाँदै गरेको को ३८ प ८०१८ नं को मोसाले पैदल यात्री जिल्ला सुनसरी इटहरी ११ बस्ने बर्ष ५५ कि लक्ष्मी पराजुलीलाई ठक्कर दिदा सामान्य घाइते भइ उपचारार्थ खनार सामुदायिक अस्पताल पठाइएको मोसा र मोसा चालक जि. सुनसरी इटहरी ८ बस्ने बर्ष ४६ को प्रकाश पौडेल प्र.चौ खनारको नियन्त्रणमा घटना स्थल ट्राप्रपो खनार बाट ५०० मि उत्तर पर्ने, सचाअप नभएको, दुर्घटनाको कारण मो.सा. चालकले म.प.से गरेको ।

८ उदयपुर मोसाको ठक्कर बाट १ सामान्य घाईते
०४।२६ गते १९.३० बजे त्रिनपा–३ मोतिगढा स्थित गाईघाट फत्तेपुर पिच सडक खण्डमा मोतिगढा बाट भुल्के तर्फ जादै गरेको साईकललाई सोहि दिशा तर्फ जादै गरेको प्र. १–०५–००१ प १०१५ नं. को मोसाले ठक्कर दिदा साईकल चाकल ऐ. ताप्ली गापा–५ बस्ने बर्ष २० की मनिसा हमाल सामान्य घाईते भई उपचारको लगी बिराटनगर पठाएको मोसा प्रचौ बसपार्कको नियन्त्रणमा चालक जि. उदयपुर त्रिनपा–३ बस्ने बर्ष ३६ को भल बहादुर खत्री उपचारमा संलग्न रहेको घटनास्थल जिट्राप्रका बाट ३ किमी दक्षिण पुर्ब पर्ने । दुर्घटनाको कारण तिब्र गति, सचाअप भएको ।
मिति २०७८।०४।२७ गते मिति २०७८।०४।२५ गते ०५.०० बजे देखि ऐ ०७८।०४।२६ गते ०५.०० बजे सम्मको ट्राफिक काम कार्बाही तथा दुर्घटना बिबरण यसप्रकार छ ।
जनचेतना मुलक अन्य कार्यक्रम १७ वटा ,चालक प्रशिक्षण ३५वटाबाट प्रशिक्षित संख्या ७४३ जना र पर्चा वितरण ९० थान रहेको छ ।

१ सोलु टेम्पो अनियन्त्रित भई दुर्घटना हुदा १ सामान्य घाइते ०४।२५ गते ११.५० बजे सोलु दुधकुण्ड नपा–४ सेर्गाखोप र्स्थिथत सिद्धिचरण लोकमार्गमा फाप्लुबाट सल्लेरी तर्फ जादै गरेको स १ ह ३७८१ नं.को टेम्पो आफै अनियन्त्रित भइ पल्टदा टेम्पोमा सवार जि .सोलु दुधकुण्ड नपा–४ वस्ने बर्ष ७० की राममायाँ वराईली सामान्य घाईते भई उपचारको लागी जिल्ला अस्पताल फाप्लु तर्फ पठाएको सवारी साधन घटनास्थलमै रहेको चालक जि सोलु थुलुङ दुधकोशी गाउपालिका १ नेले बस्ने बर्ष १९ को आयुस बस्नेत जिप्रका सोलुको नियन्त्रणमा घटनास्थल जि.ट्रा.प्र.का सोलु. बाट अं. १ कि.मि. उत्तर सचाअप प्राप्त नगरेको, कारण ः– तिब्र गति ।
२ मोरङ मोसा ट्रकमा ठक्करलागी दुर्घटना हुदा २ सामान्य घाईते ०४।२५ गते १३.५५ बजे बिराटनगर १३ राईस मिल स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको प्रदेश ०१–०२–००१ ख ८४५१ न.को ट्रकले बाटो क्रश गर्ने क्रममा सोहि दिशाबाट आउदै गरेको को ४ प.३८८७ न.को मोसा ठक्कर लागी दुर्घट्ना हुंदा मोसा चालक जि.मोरङ बिराटनगर १५ बस्ने बर्ष ६० को महानन्द सहनी र पछाडि सवार निजको श्रीमती बर्ष ५५ कि पार्वती सहनी समेत घाईते भई दुबै जनालाई उपचारको लागि न्युरो अस्पताल बिराटनगर तर्फ पठाएको दुबैको अवस्था गंभिर छ । मोसा,ट्रक र ट्रक चालक जि.सुनसरी ईटहरी ५ बस्ने बर्ष ३६ को बम ब.पोख्रेल ईप्रका रानीको नियन्त्रणमा घट्नास्थल ट्राप्रपोष्ट रानीबाट अन्दाजी ३ कि.मी. उत्तर । सचाअप ट्रक चालकको (ण्ज्ञ–ण्द्दण्ण्टछण्टघड) न् बर्गको प्राप्त गरेको मोसा चालकको साथमा नभएको मापसे नगरेको दुर्घट्नाको कारणः– मोसा तिब्र गति ।
३ झापा मोसाले पैदल यात्रीलाई ठक्कर दिदा १ गम्भिर १ सामान्य घाईते ०४।२५ गते १६.२० बजे बुद्धशान्ती गा.पा. वडा नं. २ बुधबारे जयपुर स्थित भित्री पक्की सडक खण्डमा पश्चिमवाट पुर्व तर्फ आउदै गरेको मे.३ प ६२१३ नं. को मो.सा. ले पैदलयात्री ऐ. १ बस्ने बर्ष ६६ की मन्नु राई गम्भिर घाईते भई, उपचारको लागी बि.एण्ड सि. अस्पताल बिर्तामोड पठाईएको, मो.सा. चालक ऐ.३ बस्ने बर्ष १७ को देव कुमाल समेत सामान्य घाईते भई स्थानीय लिविङ होम बुधवारे क्लिनिकमा उपचार भई रहेको, मो.सा. ईप्रका. बुधवारेको नियन्त्रणमा, दुर्घटनास्थल ट्राप्रपोष्ट बुधवारेवाट १.५ किमी पश्चिम पर्ने। कागजपत्र – सचाअप नभएको मा.प.से. – नगरेको कारण – मो.सा. को तिब्रगती
४ सुनसरी बसको ठक्करबाट टेम्पोमा सवार १ सामान्य घाईते ०४।२५ गते १५.४५ बजे कोशी गा.पा ६ स्थित पुर्ब पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को १ ह ७२६१ नंको टेम्पो लाई सोही दिशाबाट आउदै गरेको ना ४ ख ४७९९ नंको बसले पछाडीबाट ठक्कर दिदा भएको सदुमा टेम्पु चालक ऐ ऐ १ बस्ने बर्ष अ.३५ को बिष्णु देब उराव सामान्य घाईते भई उपचारको लागी घोपा धरान पठाएको, तत्काल बस चालक फरार,दुबै सवारी साधन प्रचौ कोशी कटानको नियन्त्रणमा, टेम्पोको सचाअप नखुलेको, मापसे नगरेको, बस चालकको तिब्रगति कारण दुर्घटना भएको,घटनास्थलमा ट्राप्रपो कटानबाट अं ३ किमि पश्चिम पर्ने ।
५ सुनसरी अटो अनियन्त्रित भई दुर्गटना हुदा १ सामान्य घाईते ०४। २५ गते १७.४० बजे ईटहरी २० बरगाछी चोक स्थित कोशी लोकमार्गमा इटहरीबाट धरान तर्फ जाँदै गरेको को २ ह ६५७२ नं. अटो अनियन्त्रित भै दुर्घटना हुँदा अटोमा सवार जि सुनसरी धरान ८ बस्ने बर्ष ३३ को सन्जय भुर्तेल सामान्य घाइते भई उपचारार्थ धरान घोपा पठाएको टेम्पो प्रचौ तरहराको नियन्त्रनमा, घट्नास्थल ट्राप्रपो तरहराबाट २ कि.मि. दक्षिण । चालक जि. सुनसरी धरान–८ बर्ष ३९ को देबराज रोक्का उपचारमा संलग्न रहेको, सचाअप नभएको, कारणः– तिब्रगती कारण ।
६ झापा सिटि ले स्कुटरलाई ठक्कर दिई दुर्घटना हुदा १ गम्भिर घाईते ०४।२५ गते १८.३० बजे दमक न.पा.–४ बेतेनि पुल स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे ११प १२३९ नं. को स्कुटीलाई उत्तरबाट हाईवेमा निस्कदै गरेको मे १ ह ३८७६ नं. को सिटि ले ठक्कर दिई दुर्घटना हुदा स्कुटी चालक ऐ. कमल गा.पा.–१ बस्ने बर्ष–५५ को राम कुमार कार्की गम्भिर घाईते भई उपचारको लागी निम्स अस्पताल दमक पठाइएकोमा थप उपचारको लागि बिरानगर न्युरो अस्पताल पठाएको , स्कुटर सिटि र सिटि चालक जिल्ला मोरङ सुनबर्षी न.पा.–९ बस्ने बर्ष–३९ को राम कुमार सिंह ई.प्र.का. दमकको नियन्त्रणमा, घटनास्थल ट्रा.प्र.का. दमकबाट अं. ४ कि.मि. पश्चिम पर्ने (सचाअप – प्राप्त स्कुटर मापसे– नगरेको कारण–सिटि सफारीले ट्राफिक नियम उल्लंघन गरेको
७ झापा मोसाको ठक्करबाट पैदल यात्री गम्भिर घाईते
०४।२५ गते २०.०० बजे शिवसताक्षी न.पा. वडा नं ४ स्थित भित्रि सडक खण्डमा उतरबाट दक्षिण तर्फ जादै गरेको मे.९ प.८४९० नं को मोसाले बाटोमा खेलिरहेको बालकलाई ठक्कर दिदा जिल्ला झापा शिवसताक्षी न.पा.४ वस्ने दिप नारायण राजवंशीको छोरा वर्ष ३ को जेनिश राजवंशीको शरिरको विभिन्न भागमा चोट गम्भिर घाईते भई उपचारको लागि बि.एण्ड.सि. अस्पताल विर्तामोड पठाएको मो.सा. चालक जिल्ला झापा गौरिगन्ज गा.पा.९ वस्ने वर्ष ३७ को गंगा प्रसाई घाईतेको उपचारमा संलग्न ,सवारि साधन ई.प्र.का. शिवगन्जको नियनत्रणमा घट्नास्थल ट्रा. प्र.पोष्ट झिलझिलेवाट अं १४ किमि पुर्व दक्षिण पर्ने। सचाअप – साथमा नभएको मापसे– नगरेको कारण– मो.सा.तिव्रगती ।
८ सुनसरी मोसाको ठक्करबाट पैदल यात्री गम्भिर घाईते ०४।२५ गते १९.०० बजे भोक्राहा नरसिहं गाउपालिका ३ स्थित भित्री सडक खण्डमा उतरबाट दक्षिण तर्फ जादै गरेको को ११ प १८३१ नं को मोसाले ऐ ऐ बस्ने तारा नन्द यादव को छोरा बर्ष ४ को अमृत प्रसाद यादव बाटोमा खेली रहेको बेलामा ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागी बिराटनगर तर्फ पठाएको मोसा प्रचौ भोक्राहाको नियन्त्रणमा,मोसा चालक तत्काल फरार खोत कार्य भई रहेको,घटनास्थल प्रचौ भोक्राहा बाट अं ६ किमी पश्चिम दक्षिण ।
९ मोरङ मोसाको ठक्करबाट बाटोमा बसीरहेको ३ जना सामन्य घाईते ०४।२५ गते २१.०० बजे बुढिगंगा ६ स्थित भित्रि कच्चि सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २३ प ७८०७ नं. मोसाले आफ्नै घर छेउको सडकमा बसि रहेको अबस्थामा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई ठक्कर दिदा घाईते भई उपचारको लागी बिराट मेडिकल कलेज टिचिङ अस्पताल टंकिसिनुवारी पठाएको, मोसा चालक ऐ ऐ बस्ने बर्ष २५ को तुलसी चौधरी ईप्रका नेमुवाको नियन्त्रणमा, मो.सा. प्रचौ कोयलपुरको नियन्त्रणमा उक्त स्थान ट्राप्र पोष्ट नेमुवाबाट अ. ८ किमि पुर्व पर्ने सचाअप प्राप्त नगरेको मापसे गरेको दुर्घट्ना मापसे गरि सवारी चलाइको ।
निम्न घाईते ः–
१, जिल्ला मोरङ बुढिगंगा ६ बस्ने बर्ष अं.७२ की बेचनदेवी उरावको बाँया आँखामा चोट सामान्य ।
२,ऐ. बस्ने बर्ष अं. ५१ की गिता भगतको बायाँ हातको पातामा भित्रि असर परेको सामान्य ।
३, ऐ. बस्ने बर्ष अं.६० की फुसिया उरावको ढाडमा तथा खुट्टामा पिल्सिएको सामान्य ।
मिति २०७८।०४।२४ गते ०५.०० बजे देखि ऐ ०७८।०४।२५ गते ०५.०० बजे सम्मको ट्राफिक काम कार्बाही तथा दुर्घटना बिबरण यसप्रकार छ ।
जनचेतना मुलक अन्य कार्यक्रम १५ वटा रहेको छ । चालक प्रशिक्षण ३५वटा र प्रशिक्षित संख्या ६९१ जना रहेका छन ।
१ मोरङ मोसाले साईकललाई ठक्कर दिदा ३ जना सामान्य घाईते
०४।२४ गते ११.०० बजे कानेपोखरी गा.पा. ७ लेटाङ मोड स्थित पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको प्र–१–०२–०४५ प ११६९ नं.को मोसाले बिपरित दिशा तर्फ जाँदै गरेको साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्री बेलबारी ८ र बस्ने वर्ष ५४ को धन ब. हिङमाङ सामान्य, मोसा चालक उर्लाबारी २ बस्ने वर्ष १९ को बिक्रम धिमाल सामान्य , मोसामा पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष २० को जितेन्द्र श्रेष्ठ सामान्य घाईते भई पथरी अस्पताल मोरङमा उपचार भईरहेको तत्कालको अवस्था तिनै जनाको सामान्य, मोसा र साईकल अप्रचौ कानेपोखरीको नियन्त्रणमा घटनास्थल पथरी बाट अ. ७ किमि पश्चिम पर्ने बि.बि.पछी । चालक सचाअप प्राप्त नभएको, सवारी तिब्रगतिको कारणले दुर्घटना भएको ।
२ मोरङ सिटी सफारी अनियन्त्रित भई दुर्घटना हुदा २ सामान्य घाईते । ०४।२४ गते १५.०० बजे बिराटनगर ७ गोल्डेन अस्पताल अगाडी भित्री सहरी सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ आउदै गरेको को १ ह १२३४ नं.सिटी आफै अनियन्त्रित भई पल्टिदा सिटिमा सवार जिल्ला सुनसरी बर्जु गापा ४ बस्ने बर्ष ६१ की चान्दानी मेहेत्ता , निजकैको छोरा बर्ष ३० को भूपेश मेहेत्ता दुबै सामान्य घाईते भई उपचारको लागी कोशी अस्पताल बिराटनगर पठाईएको , अवस्था दुबैको सामान्य, सिटि जिट्राप्रका मोरङको नियन्त्रणमा, चालक फरार , घटनस्थाल जिट्राप्रका मोरङबाट अं. १ किमि उत्तर पुर्व पर्ने । सिटि तिब्रगतिको कारणले सवारी दुर्घटना भएको ।
३ सुनसरी मोसाले पैदलयात्रीलाई ठक्कर दिदा २ सामान्य घाईते ०४।२४ गते १५.०० बजे रामधुनी ५ स्थित भित्री कच्ची सडकमा बाटो क्रस गर्दै गरेको को २२ प ६३२९ नं. को मो.सा.ले पैदल यात्रि ऐऐ बस्ने बर्ष ५९ को हेमराज पौडेललाई ठक्कर दिँदा टाउको र बायाँ खुट्टामा चोट उपचारार्थ मोरङ सहकारी अस्पताल तर्फ लगिएको अबस्था सामान्य, मो.सा. चालक ऐऐ बस्ने बर्ष २२ को संगम राई सामान्य, मापसे नगरेको, सचाअप नभएको, मोसा तिब्रगतीमा चलाएको र मोसा इप्रका पकली मा रहेको दुर्घटना स्थल ट्राप्रपो पकली बाट अ १ कि मी पश्चिाम पर्ने ।
४ मोरङ मोसा दुर्घटना हुंदा २ गम्भिर घाईते
०४।२४ गते १५.४० बजे उर्लाबरी नपा १ स्थित भित्री कच्ची सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको को ३८प ८१९१ नं.को मो.सा. अनियन्त्रीत भई दुर्घटना हुंदा चालक जिल्ला मोरङ उर्लाबारी नगरपालिका १ बस्ने बर्ष ४० को बिष्णु बस्नेत , सबार बर्ष २१को कुसल कटुवाल दुबै गम्भिर घाईते भई भई उपचारको लागी द्यल्ऋ ज्इक्एक्ष्त्ब्ी बिर्तामोड पठाईएको ,मो.सा. यस कार्यालयको नियन्त्रणमा घटनास्थाल ट्राप्रपोष्टबाट अं. १ किमि उत्तर पर्ने । सचाअप साथमा नभएको , बाटो खाल्डो भएको कारण दुर्घटना भएको ।
५ मोरङ बसले स्कुटरलाई ठक्कर दिदा २ जना सामान्य घाईते ०४।२४ गते १७.४५ बजे पथरी शनिश्चरे न.पा. १ पुर्व पश्चिम राजमार्गमा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको मे ६ प १८२४ नं.को स्कुटी लई सोही दिशा बाट आउदै गरेको मे १ ख २७४८ नं. को बसले पछाडी बाट ठक्कर दिदा स्कुटर चालक जि.मोरङ कानेपोखरी गा.पा. १ बस्ने वर्ष २४ को दिलिप बास्के, सवार निजको श्रीमति वर्ष २४ की शुशिला हेमरन सामान्य घाईते भई उपचारको लागी पथरी अस्पतला पठाईएको ,दुबै सवारी साधन र बस चालक जि. सिन्धुपाल्चौक ईन्द्रावती गापा ४ बस्ने बर्ष ३० को अशोक थापामगर( ण्ट–घण्–डढद्धद्ध,न्) र दुबै सबारी साधन ईप्रका पथरीको नियन्त्रणमा , उक्त घटना स्थल ट्राप्रपो पथरी बाट अ. १ कि.मि. पश्चिम पर्ने । बस तिब्रगतिको कारणले सवारी दुर्घटना भएको ।
६ मोरङ स्कुटरको ठक्कर बाट १ सामान्य घाईते । ०४।२४ गते १९.१५ बजे बुढिगंगा गा.पा ३ नेमुवा चौक स्थित कोशि लोकमार्गमा दक्षिण बाट उत्तर उत्तर आउदै गरेको को ३२ प १३६४ नं. को स्कुटीले पैदल यात्री ऐ ४ बस्ने बर्ष ५० को सवारी खवासलाई ठक्कर दिदा सामान्य घाईते भई उपचारको लागि बिराट मेडिकल कलेज टंकी पठाइएको स्कुटर र चालक ऐऐ. बिराटनगर ५ बस्ने बर्ष ३० को सोनु कर्माचार्य ईप्रका नेमुवाको नियन्त्रणमा , दुर्घटनास्थल नेमुवाबाट अं.२ कि.मि. दक्षिण पर्ने । चालकको साथमा कुनै का.प. नभएको , स्कुटर तिब्रगतिको कारणले सवारी दुर्घटना भएको ।
७ मोरङ मोसाको ठक्करबाट १ सामान्य घाईते । ०४।२४ गते १९.१० बजे पथरी शनिश्चरे न.पा. ९ स्थित भित्री पक्कि सडक खण्डमा दक्षिण बाट उत्तर तर्फ आउदै गरेको प्र–१–०२–०४३ प ८५३३ नं.को मोसाले पैदल यात्री ऐ. ४ बस्ने वर्ष अ.७०को नर ब. बि.क.लाई ठक्कर दिदा सामान्य घाईते भई स्थानिय क्लिनिक शनिश्चरेमा उपचार भईरहेको । मोसा र मोसा चालक जि.मोरङ पथरी शनिश्चरे न.पा. ९ बस्ने वर्ष २२ को सेमेहाङ लिम्बु प्रचौ कुशेचौरीको नियन्त्रणमा घटनास्थल पथरी बाट अ. ८ मि.कि दक्षिण पुर्व पर्ने । मोसा चालक सचाअप प्राप्त नगरेको, सचाअप प्राप्त नगरेकोले सवारी दुर्घटना भएको ।
८ झापा ट्रकको ठक्कर बाट १ गम्भीर घाईते । ०४।२४ गते १९.३५ बजे गौरादह ३ नगरपालीका कार्यालय अगाडी भित्री पक्की सडक खण्डमा दक्षीणवाट उतर तर्फ जादै गरेको लु.२ ख ४८८६ नं. को खालि ट्रक ले बिपरित दिशावाट आउदै गरेको साईकलयात्रीलाई ठक्कर दिदा साईकलयात्री ऐ.ऐ. बस्ने बर्ष ४० को बिनोद मगर गम्भिर घाईते भई उपचारको लागी लाईफलाईन अस्पताल दमक पठाईएको, ट्रक र चालक जिल्ला मोरङ बेलवारी न.पा. वडा नं. ११ बस्ने बर्ष ३३ को कमल तामाङ ईप्रका. दमकको नियन्त्रणमा, दुर्घटनास्थल ट्रा.प्र.पोष्ट गौरादहवाट २.५ कि.मी. दक्षीण पर्ने, । कागजपत्र – भएको , दुर्घटनाको कारण – साघुँरो बाटो ।