Spread the love


धरान

कोरोना सक्रमित धरान १७ की ५४ वर्षीय शान्ती तामाडको शवलाई धरान २० स्थित ओशो पार्क नजिकैको सर्दु जलाधार क्षेत्रमा दाह संस्कार गरे पछि स्थानीयहरु रिसाएका छन बरिष्ठ पत्रकार आनन्द श्रेष्ठले गणराज्य पत्रिकालाई पठाएको इमेल अनुसार
धरान १३ अमरहाटमा माईति घर भएकी मृतकलाई आफन्तहरुले साझ ६ वजे सर्दु जलाधार क्षेत्रमा रहेको चिहानघारीमा पुर्याई गाडेका थिए । तामाखाम खोला र सर्दु खोलाको वीचमा पर्ने चिहानघारीमा राती सेतो पीपीई लगाएका मलामीहरुले सव गाडन ल्याए पछि हामीले यस ठाउमा पानीको मुहान समेत भएकोले अन्यत्र लैजान अनुरोध गरेका थियौ तर उहाँहरुले अस्पतालमा पनि लफडा भयो अव यहाँ पनि त्यसो नभनि दिनुहोस भन्दै गाडेको स्थानीयहरु वताउंछन । चिहानघारी मुनीबाटै तामाखाम र सर्दुखोलावाट ईन्टेक वनाई पानी ल्याईने भएकोले २०५५ साल देखि नै नेपाल खानेपानी सस्थानले त्यहाँ लास जलाउन दिएको छैन । तर लास गाडने क्म भने चलिरहेको छ । तामाखाम गाउँ जाने वाटोमै यत्रतत्र लास गाडन थाले पछि तामाखामका जनताहरुले २० नम्वर वडा समितिमा उजुरी पनि गरेका थिए । वार्ड कार्यालयले सो क्षेत्र धरानवासीले खानेपानीको मुहान क्षेत्र भएकोले त्यहाँ लास नगाडिदिन भनि सुचना पनि टाँसेको थियो रपनि उक्त सुचना पाटी फालेर त्यहाँ लास गाडन छाडेका छैनन ।यसको रोकथामको लागी स्थानीय जनता नै अघि वढनु पर्ने धरान २० का वडाध्यक्ष मनिराम राई वताउछन ।
धरानमा कोरोना सक्रभई मुत्यु हुनेहरुलाई गाडन जलाउन समस्या भए पछि वाझोगह्रा सामुदायिक वन भित्रको सेउती खोलामा दाहसंस्कार गर्न धरान उपमहानगर पालिकाले व्यवस्था मिलाएको छ भनि पत्रकार श्रेष्ठको रिपोर्टमा उल्लेख छ ।