Spread the love


इटहरी

May be an image of 1 person and text


धर्मराज मिडिया प्राली नामक कम्पनी मार्फत संचालित नेपाल पाना डटकम नामको पत्रिकामा जनता समाजबादी पार्टीका नेताहरु उपेन्द्र यादब र बाबुराम भटटराईलाई लक्षित गरि छापिएको समाचार झुठो र तथ्यहीन भन्दै सो पार्टीका केन्द्रीय सदस्य तथा शिल्पी बिशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीले उक्त अनलाइन बिरुद्ध प्रेस काउन्सील नेपालमा मुद्धा हालेका छन ।

No photo description available.


सांसद किन बेचका लागि चिन र इयूबाट आयो १७० करोड भन्ने शीर्षक राखेर उक्त अनलाइनले प्रधानमन्त्री खडगप्रसाद ओलीको पक्षमा लाग्ने सोही पार्टीका नेताहरु महन्त ठाकुर र राजेन्द्र महतो लगायतलाई चाकडी गर्दै लेखिएको झुट र कपोल कल्पित समाचारले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भटटराईको चरित्र हत्या भएकोले समाचार सच्याउन अनुरोध गर्दा नमाने पछि प्रेस काउन्सील नेपालका उक्त समाचार मामिला हेर्ने रामशरण बोहोरा समक्ष उजुरी दिएको कामीले बताएका छन । प्र.म.ओलीको प्रतिगमनलाई मलजल गर्दै पार्टीनीति बिपरित बिभिन्न लोभलालचा र ब्यक्तिगत फाइदामा फसेर जनता समाजवादीलाई फुटाउन आँटेका ठाकुर र महतोको गलत रबैयाका पिछलग्गुहरुले मिडियाबाजी गरेर आदर्शवान नेताहरुलाई लान्छाना लाउनु ओली योजनाकै सेरोफेरो रहेको हुनाले डटेर सामाना गर्ने कामीले बताएका छन । त्यस्तो खाले पत्रकारिता गर्नेलाई प्रेस काउन्सीलले कार्बाही गरोस भनेर नियम कानुनको प्रकृया अनुसार अघि बढेको कामीको भनाई छ ।