बराह क्षेत्रमा दलितलाई तालिम हुंदै दलित उत्थान एबं सशक्तिकरणकोलागि सहयोग ?वडाध्यक्ष लिम्बु
इटहरी
pb diyali



सुनसरीको बराहक्षेत्र नगरपालिका वडा न ९ राजाबासमा रहेका दलित समुदायले वडा कार्यालय मार्फत आएको १ लाख बजेटले उदघोषण र लेखापढी सम्बन्धी तालिमको आयोजना गरेका छन ।
नेपाल संयुक्त दलित समाजका अध्यक्ष रत्नबहादुर रम्तेलको नेतृत्वमा रहेको दलित संस्थालाई बराहक्षेत्र नगरपालिका वडा ९ले आर्थिक बर्ष २०७७।०७८मा छुटयाएको बजेट अन्र्तगत रहेर दलित उत्थान एबं सशक्तिकरणकोलागि सहयोग गरिएको वडाध्यक्ष दिपक लिम्बुले बताउनु भयो ।

शुक्रबार वडाकार्यालयकै सभाहलमा ओजित

उदघाटन समारोहलाई प्रमुख अतिथिको आसनबाट बोल्दै अध्यक्ष लिम्बुले तालिमबाट उपलब्धी हासिल गरि आफनो हकअधिकारबारे जनजागरण फैलाउन लागि पर्न सबै सहभागि दलित समुदायलाई आग्रह गर्नु भयो ।

संस्थाकी सचिब रामकुमारी परियाले संचालन र अध्यक्ष रम्तेलको सभापतितवमा सम्पन्न उदघाटन समारोहमा दलित महिला सदस्य दीपा परियार,वडा कार्यालय सचिब होमप्रसाद लिम्बु लगायतले दलित समुदायको हित र उन्नतीमा स्वयम दलितका अगुवालेनै ज्यादा भुमिका खेल्नु पर्ने आबाश्यक्ता औंल्याउनु भयो ।

कार्यक्रममा वडासदस्यहरु भक्तबहादुर खडका,शम्भु चन्द्रबंशी,बिमला चौधरी लगायतको उपस्थिति थियो ।

नेपाल संयुक्त दलित समाजका सदस्यहरु जितबहादुर दर्जी,रमिला घिमिरे,सुरेन्द्र परियारले दलित समुदायका यूवायूवतीलाई सामाजिक कार्यमा अघि सारेर अधिकार प्राप्तिकोलागि संघर्ष गर्न उत्प्रेरित गर्नु वडा कार्यालयको नमुना योग्य काम हो भन्नु भएको छ ।

उदघोष तालिमकोलागि पत्रकार पीबी दियालीलाई सहजकर्ता नियूक्त गरेका छन। कार्यक्रमहरु संचालन गर्दा बिशेष ध्यान दिनु पर्ने औपचारिक तौर तरिकाबारे जानकारी भएमा कार्यक्रम प्रभावकारी हुने र दात्रीनिकायहरुले पनि दलित संस्थामा आबद्ध पदाधिकारीहरुको

कला,क्षमता,अध्ययान र काम गराइको शैली हेरेर प्रोजेक्टहरु दिने गरेको बिगतको अनुभवलाई ख्याल गरि सहभागि दलितका सचेत यूवाबर्गलाई तालिम दिनु जरुरी रहेको प्रशिक्ष्क पत्रकार पीबि दियालीले बताउनु भयो ।

३ दिन सम्म उदघोषण तालिम र बाँकी २ दिन लेखापढी तथा माइन्युट लेखन तालिम दिइने र दुबै सेसनको तालिममा सहभागि २१ ज्ना रहेको बुझिको छ । माबि शिक्षा देखि क्याम्पस स्तरमा पढदे गरेका कतिपय र कुनै संस्था वा अन्य सेवा क्षेत्रमा आबद्ध बिशेष क्षमतावान दलितका प्रतिभावान यूवायूबतीलाई छानेर तालिममा सहभागि गराएको संस्थाका अध्यक्ष रम्तेलले बताउनु भयो । तालिम सात गते सम्म हुने र समापन समारोहमा सबै प्रशिक्ष्यार्थीलाई प्रमाणपत्र प्रदान गरिइने बताइएको छ ।

18Punam Diyali, Pawan Adhikari and 16 others3 CommentsLikeCommentShare
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


