इमान्दार र त्यागि जति एमाले नेपाल तिररुः ओली बिरुद्ध आक्रमक तयारी

इटहरी
सत्तामा पुगेपछि पार्टीमा ब्यक्तिबादी हैकमले कुख्यात खडगप्रसाद ओलीले एककृत भई सकेको कम्युनिष्ट पार्टी नेकपालाई खरानी बनाएपछि ब्युंतिएको तत्कालीन एमालेमा उस्तै उपध्रो मच्चाउने क्रम जारी राखेपछि सो पार्टीका बरिष्ठ नेता तथा पूर्ब प्रधानमन्त्री माधवकुमार नेपाल समूह आबद्ध आधिकारिक नेकपा एमालेले देशब्यपि संगठन निर्माण अभियानललाई तीब्रता दिएपछि सत्ताउन्माद ओली एमालेको निद हराम भएको छ

पूर्बको मूल ढोका मानिएको हराभरा यूक्त सहर इटहरी उपमहानगरपालिकामा यही बैशाख सात गते सोमबार माधव नेपाल समूहको नेकपा एमाले पार्टीले बिशाल सभा सहति इटहरीको आइतबारे स्थित दुर्गा पार्टी प्यालेसमा नगर कमिटी घोषणा गर्ने भएको छ । पार्टी संगठनमा हाल सम्म एमालेको प्राय पुरानै साख सहितका प्रभावशाली स्थानीय नेता र जुझारु कार्यकर्ताहरुले उमंङगताका साथ पार्टी संगठन कसिलो बनाएर ओली प्रबृती बिरुद्ध जेहाद छेडने तयारी गरेका छन ।

पार्टी संगठन स्रोतबाट आंकलन गरिएको समचार अनुसार शाही सत्ताको अन्त्य गरेर गणतन्त्र स्थापना गर्ने माओवादी बिद्रोही सहितको १९ दिने जनआन्दोलनको बेला धाराप्रवाह रुपले जनवादी कबिता ढाडे बिरालो बचान गरेर जनताको भिडलाई क्रान्तिको पक्षमा उराल्न भूमिका खेल्ने कम्युनिष्टका पुराना स्थानीय नेता ठमनाथ लम्सालले एमाले पार्टी उपमहानगर संगठनको नेतृत्व हाँक्ने लगभग पक्कापक्की भएको छ । २ न निर्बाचन क्षेत्रिय कमिटिको सचिब टोलबिकस सहकारीको अध्यक्ष, जनता क्याम्पसमा संचालक समितीको सदस्य समेत रहेर जनसेवामा प्रभावशाली रुपले स्थापित भएका लम्साल नेतृत्वको लागि माधव नेपाल समूहको एमाले नगर कमिटीमा २सय २५ जना इमान्दार ,कर्तब्य निष्ठ र जुझारु कार्यकर्ताको लिष्ट तयार भएको छ । कोही पनि कुनै गलत कार्यमा दाग लागेका छैनन । भन्दै समाचार स्रोतका अनुसार हाल इटहरी उपमहानगरपालिका १३ नवडा अध्यक्ष शिवनारायण चौधरी उपाध्यक्ष रहने छन । २ न क्षेत्रिय निर्बाचन समितिको संगठन बिभाग प्रमुख भएर काम गरि सकेका जनता माबिको ब्यबस्थापन समिति अध्यक्षको रुपमा काम गरि सकेका अनि पूर्बाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिको कोषाध्यक्ष, इटहरी बक्सिङ एकेडेमीका अध्यक्ष रही यूवा बर्गलाई आकर्षित गर्न उत्साही गणेश बुढाथोकी पार्टी सचिवको रुपमा रहने खुलासा भएको छ । सक्रिय बचत तथा ऋण सहकारीको नेतृत्व गरि रहेका बुढाथोकी जस्तै समाजमा रुजे बिभजेका जनप्रिय कार्यकर्ताहरुले इटहरी एमालेलाई चुस्तदुरुस्त राखि एक नम्बर पार्टी बनाउन सबै खाले जालझेल,छलछाम र सडयन्त्रकारीको उछितो काढेर आक्रमणक रुपले अगाडी बढने तयारी गरि रहेको बताइएको छ । संगठन घोषणा सभाको लागि १ न प्रदेश इन्चार्ज भिम आचार्य, केन्द्रका प्रभावशाली नेताहरु घनश्याम भुसाल र योगेश भटटराई आउने बताइएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



