असामान्य ठाउंमा लक डाउन गर
pb diyali
एक बर्ष अघि देखि संसारभरि फैलिएको कोरोना भाइरस भनिने कोबिड१९ नामक रोग हिंउदका ३।४ महिना अलि मत्थर भएपनि फेरि नयाँ ढंगले फैलिए पछि संसार आंकित छ । नेपालमा पनि बिस्तारै बिस्तारै यो रोग सल्किएको छ ।

भारतको दिल्ली र महाराष्ट्र अन्तर्गत पर्ने मुम्मई सहरमा धेरै देखा परेको छ। लण्डनमा नयाँ खाले कोबिड देखा परेपछि यसको महामारी दिनदिनै फैलिएर नेपाल पनि प्रभावित छ । अहिले स्वास्थ्य कर्मीहरुले डबल म्युटेन्ट भेरिएण्ट भन्ने नमुना कोरोनका जीबाणुहरु बिशेष गरेर बालबालिकाहरुमा देखिन थालेको छ । पोहोरसाल चाइनाबाट सल्किएको कोरोना भाइरसले बुढापाकाहरुलाई बढी सताएको थियो । नेपालमा दुइहजार जति मासिहरु यो रोगबाट मृत्यु भएका थिए । अहिले ललितपुरको एक बिध्यालयका किशोर अबस्थाका बिद्यार्थी उपचारको क्रममा मरे पछि नेपाल भरिका बिद्यालयहरु बढी प्रभाबित छन । बिरगन्ज बैतडी लगायतको नर्सिङ कलेजमा २२ जना छात्रामा यो संक्रमण एकै साथ देखिएको छ ।

दैनिक जसो चेकअप गराउंदा १ हजार ,१२ सय जनामा रोग देखिन थालेको छ । अस्पतालहरुमा बेडहरु खाली छैनन भन्ने खबर आई रहेको छ । सरकारले बिभिन्न राष्ट्रबाट कोबिडको भ्यक्सिन झिकाएर केही लाख मान्छेलाई लगाएको छ । दोस्रो पटक लगाउने पालो नै नआई रोगको संक्रमण नयाँ ढंगले देखिन थाल्यो भन्ने सुनेपछि जनता आंकिंत छन । इटहरीमै पनि ५ जनामा यो रोग देखा परेको समाचार छ । सरकारी निकायका स्वास्थ्य संस्थाका जिम्मेवार निकायले सरकारलाई यो रोग बारे सचेत रहने किसिले गतिबिधी गर्न ढिला नगर्न सुझाई सकेको छ । सरकार नीजि क्षेत्रका धनाढय ब्यपारि र शैक्षिक माफियाहरुको अगाडी कुनै जनहितबारे उचित डिसिजन चाँडै गरिहाल्न सक्दैन ।
स्कूलहरुमा लकडाउन जस्तै गरि हाल्न र धेरैभिडभाड हुन नदिन र अन्य सबै तर्फ सरकारले छिटो एक्शन लेओस भन्ने धारणा राख्नेहरु सरकारी सुस्तताबाट दिक्दार छन । इण्डियाबाट कोरोना भ्याक्सिन ल्याउन कबुल गरि बजेट समेत पठाइ सकेको अबस्थामा अहिले सम्म त्यो भ्याक्सिन आएको छैन भन्ने कुराले जनता दिक्दार छन । स्वास्थ्य मापदण्ड कायम गरेर कामकाजहरु गर्न गराउन सरकार फुर्तिलो देखिएको छैन ।
गतसाल कोरोबाट करोडौं कमाउने ओम्नी नामको ठेकेदार कम्पनीमा नाम जोडिएका ओली सरकारका मन्त्री ईश्वर पोखरेल अहिले पनि ठेक्कापटटामै दौडधुप गर्दैे छन । सरकारको नेतृत्व लिएका प्रधानमन्त्री खडगप्रसाद ओली सत्ता टिकाउन ब्यस्त छन । जनताको स्वास्थ्य प्रति सरकार संबेदनशील हुनुपर्छ ।
अस्पतालहरुको सर्बत्र बिकास हुनु पर्छ। संभाबित रोगिहरुलाई क्वारेण्टाइनमा राख्ने,स्वास्थ्य सामाग्रिहरु निशुल्क र कडाईका साथ प्रयोग गर्ने गराउने तर्फ सरकारी गतिबिधी खोई त? जमघट हुने एरियाहरुमा स्वास्थ्य मापदण्ड लागु गराई लकडाउन सरह गतिबिधी चालु गर्न र सिमा नाका लगायत सबै तर्फ कडा निगरानी राख्न सरकारले किन सुस्तता देखाएको हो ? ओली सरकारले आजै योबारे सोचोस ।
स्थिति गम्भ्रि हुंदैछ । जनता पनि आफनो तर्फबाट स्वासथ्य मापदण्ड आफै पालना गर्न कसैको आस नगरी होसियारी अप्नाउन नभुल्नु होस । नयाँ बर्ष २०७८को शुभकामना ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


