सरस्वती स्कूलका बिध्यार्थी हराएपछि परिवारमा तनाब
इटहरी
प्रकाश ब्याकुल
इटहरी उपमहानगरपालिका वडा नं ३ तालतलैया जानेबाटो छेउ बौकाझोडामा रहेको श्री सरस्वती माध्यमिक बिध्यालयको कक्षा ७मा अध्ययानरत छात्र १३ बर्षिय सरोज दर्जी ४ दिन अघिदेखि बेखबर भएका छन ।शुक्रबार स्कूल पढेर घर गएका दर्जी होलीको पहिलो दिन आइतबार देखि घरबाटै हराएर अहिले सम्म नभेटिएको स्कूलका प्रधानध्यापक लेखनाथ भटटराईले बताउनु भएको छ ।

पाँचथर घरभई इटहरी३ बौका निबासी सिता परियार आफनो एकमात्र छोरा सरोज होली खेल्न जान्छु भनेर बिहान ९ बजेतिर घरबाट निस्किएपछि अहिले सम्म नआउंदा भावबिहल भएकी छन । नेपाल आर्मीको उदयपुरमा कार्यरत बुवा सानेबहादुर दर्जी पनि छोरा नभेटिएपछि उत्तिकै चिन्तित छन । कक्षा१२मा पढने छोरी र एकमात्र छोरा रहेको दर्जी परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजतलासका लागि हुलिया जाहेरी दिएको छ । प्रहरी निरिक्षक गणेश भटटराईले जनाए अनुसार ४फिट ९इन्च अग्लो, कालो कपाल,पातलो शरीर वजन ३७ केजी , सेतो टीसर्ट र रातो धर्का भएको ट्रयाक लगाएको अबस्थामा बालक हराएका छन । आमा सिताका अनुसार बिहान खाना पनि नखाई होली खेल्न जान्छु भनेर हिंडेका सरोज समयमा घर आएनन ।

इटहरी५को आफन्तको घरतिर बुझदा त्यहाँ गएको भनिएका छन । छिेमेकी दिदीले टिका लगाई दिन्छु भन्दा नमानेको त्यसपछि बालक कहाँ र कसरी हराए भन्ने पत्ता लागेको छैन । आफन्तजन लगायत सर्बत्र खोज्दा पनि दर्जी भेटिएका छैनन ।

पढनमा चतुर,भीडभाडमा नेतृत्व लिने,गृहेकार्य गर्ने र अनुशासित बिध्यार्थी रहेको प्रअ.भटटराईको भनाई छा बिध्यालयको बसबाटै स्कूल आउने जाने अनि कुनै बदमासी र कुलतमा नलागेको सरोज दर्जी हराएपछि उक्त बिध्यालयका शिक्षक देबराज स्पर्स पनि चिन्तित हुनु भएको छ । छिेम
की दिपक गिरीका अनुसार बालकमा कुनै नराम्रो बानी थिएन। साथीभाईसंग संगत गरेर बरालिने पनि होइन दाजु नाता पर्ने सागर बर्देवाले भन्नु भयो । दर्जीका सानोबुवा सन्तोष रणपहेंलीका अनुसार होली पर्ब मनाउने लहडले गर्दा छोरा त्यसरी बेखवर भएका हुन ।

चारैतिर इष्टमित्र साथिभाई नाता कुटुम्ब सबैतिर बुझने काम भई रहेपनि एक्लो छोराबारे सन्तोषजनक कुरा नआउंदा दर्जी परिवार जति दुखि छ त्यतिनै दुखि बिध्यालय परिवार पनि रहेको भन्दै सरस्वती माबिका प्रधानाध्यापक भटटराईले सार्बजानिक संजालमा फोटो राखेर बिध्यार्थी खोजीकोलागि पहल गर्नु भएको छ । मिडियामैत्री भटटराईले इटहरीका सबै संचारकर्मीसंग बेखबर बिध्यार्थी दर्जीको खोजतलासमा सहयोग गर्न अपिल पनि गर्नु भएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


