Spread the love

gopal nepali

मिक्लुक सामुदायिक वन क्षेत्र भित्र फैलिएको डढेलो नेपाली सेनाको सहयोगमा नियन्त्रण गरिएको छ। गए राती अन्दाजी ११ बजे सल्किएको डढेलो उपभोक्ता समिति, टोला प्रमुख, र स्थानीय उपभोक्ताहरुले नेपाली सेनाको सहयोग लिएर बिहान ४ बजे देखि ८ बजे सम्म निरन्तर प्रयास गरेपछि डढेलो नियन्त्रणमा लिइएको छ। पटक पटक गरि करिब ४० हेक्टर क्षेत्रफलमा डढेलो फैलिएको मिक्लुक सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष तेज बहादुर बोहोराले बताउनु भयो। सामुदायिक वनलाई दिर्घकालिन रुपमा डढेलो लगायतको जोखिम बाट बचाउन उपभोक्ता सचेतना अभियान प्रभावकारी रुपमा संचालन गर्न उपभोक्ता समितिले विशेष भुमिका निर्वाह गर्न आवश्यक भएको र उपभोक्ताको चासो र सकृयताले मात्र यस किसिमको जोखिम बाट वनलाई दिर्घकालिन रुपमा जोगाउन सकिने आपुर्ति सदस्य गोपाल नेपालीले बताउनुभयो। भैरब गण थलाहा अन्तरगत शुरक्षा गुल्म टांडी पोष्ट बाट सहायक सेनानी बिवेक खड्काको नेतृत्वमा जमदार

No description available.

गोविन्द भट्टराई लगायत २० जनाको टोली, मिक्लुक सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष तेज बहादुर बोहोरा, उपाध्यक्ष राम बुढाथोकी, सचिव सुरेन्द्र लिङ्देन, आपुर्ति सदस्य गोपाल नेपाली, टोला प्रमुखहरु दिलिप राई र मनिकुमार लिम्बू र उपभोक्ताहरु गोविन्द (डिल्ली) लकाई लगायत करिब ४० जनाको सहभागितामा डढेलो नियन्त्रणमा लिइएको थियो। यस अघि चैत्र १२ गते विहिबार दिउसो सल्केको डढेलो सह- सेनानी आशुतोष झा को नेतृत्व मा जम्दार गोविन्द भट्टराई लगायत ३७ जना नेपाली सेनाको टोली, सब डिभिजनबन कार्यालय मधुमल्ला को प्रमुख कल्याण लम्साल, छविरमण पोखरेलले लगायत दर्जनौं उपभोक्ताहरुको सहभागितामा डढेलो नियन्त्रण गरिएको थियो। मिक्लुक सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष तेज बहादुरको अनुसार यही चैत महिनामा यस बन क्षेत्र भित्र डढेलो सल्किएको यो चौथो पटक हो ।यस अघि ६, ७ र १२ गते पनि डढेलो नियन्त्रण गरिएको थियो।