एकल महिलाको नेतामा सकुन्तोला बराइली
इटहरी

इटहरीमा रहेको मानब अधिकारका लागि एबल महिला समूह नामक संस्थाले चौथो नगर अबिधेशन गरि सकुन्तोला बराइलीलाई अध्यक्ष पदमा सर्बसम्मतिले बिजयी गराएको छ। ग्त शनिबार इटहरीको नेपा सहकारी संस्था स्थित सभाहलमा आयोजित भब्य समारोहमा इटहरी उपमहानगरपालिका महिला बिका

स शाखाकी प्रमुख कर्मचारी शुसिला कार्कीको प्रमुख आतिथ्यता रहेको थियो । उदघाटन समारोहकमा बोल्दै मकालुटुडेका प्रधान सम्पादक तथा पत्रकार पीबी दियालीले समाजमा आफनो हक अधिकारकोलागि स्थापित एकल महिलाहरु

को सवालमा स्थानीय सरकारले बिशेष कार्यक्रम ल्याउनु पर्ने धारणा राख्नु भयो । पति बियोगमा परेका दिदीबहिनीहरुले लालाबाला हुर्काउन र कतिपयले सासुससुराको सेवामा समर्पित हुंदा पनि बिभेदकारी समाजको उपल्लो पक्षले बिभिन्न खाले नकरात्मक दृष्टिले हेयभाव प्रकट गरि दिंदा इमान्दार महिला दिदीबहिनीहरुलाई पनि सकस पर्ने गरेकोले त्यस्तो नकारात्मक धारणा कसैले पनि राख्न नहुने भन्दै दलित पत्रकार संघका केन्द्रीय नेता समेत रहेका दियालीले समाजलाई गतिशील बनाउन जिम्वार पक्षले एकल महिलाको आबाज सुन्नु पर्ने कुरामा जोड दिनु भयो ।

महिलाको पक्षमा काम गर्ने अन्तराष्ट्रिय गैर सरकारी संस्था,नेपाल सरकारको मन्त्रालय, एनजिओहरु मात्र नभई उद्योग कलकारखाना संचालन गर्ने उद्योगपतिले पनि एकल महिलालाई रोजगार दिलाउन बिशेष नीति नै घोषणा गर्नु पर्छ भन्नु भयो । समाबेशी र समानुपामतिक सिद्यान्त अनुसार मुलुक चलाउने भन्ने संबैधानिक ब्यबस्था रहेको हाम्रो देशमा एकल महिलाका समस्या र उनीहरुले खेप्नु परेको भुक्तमान बारे राज्य पक्ष गम्भिर नभए सम्म एकल महिलाको संगठित समुह जागेर आन्दोलन नै गर्नु पर्ने अबस्था नआओस भनि स्थानीय,प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गर्नु भयो । सरस्वती माबि इटहरी३का प्रधानाध्यापक लेखनाथ भटटराइले एकल महिलाहरुले आफनो संगठन बिस्तारमा जोड दिएर सबै खाले तहतप्काका एकल महिलाको पहिचान राखि बिषेश कार्यतालिका बनाएर समाजमा स्थापित हुनु जरु

री रहेको बताउनु भयो । प्रमुख अतिथि कार्कीले इटहरी उपमहानगर पालिकाले एकल महिलाको संस्थागत बिकासकालागि छुटटै बजेट ब्यबस्थापन र बिभिन्न आयआर्जनमुखि तालिम र सिपबारे जनतप्रतिनिधी समक्ष अबधारणा शेयर गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । समुहकी निबर्तमान अध्यक्ष पार्बता बरालको सभापतित्वमा सम्पन्न उदघाटन समारेहमा सुनिता श्रेष्ठले कार्यक्रम संचालन र अघिल्लो कार्यसमितीमा उपाध्यक्ष रहनु भएकी बराइलीले स्वागत मन्तब्य राख्नु भएको थियो । एकल महिला समुह धरानकी अध्यक्ष सबिता राइले धरानमा आफुहरुको छुटटै भवन निर्माण भई रहेकोले इटहरीमा पनि आत्मनिभर हुने गरि गतिबिधी गर्नु पर्दा आफु सधै साथमा रहने बताउनु भयो । सुनसरी अध्यक्ष शान्ता अधिकारीले सरकारले एकल महिलालाई भत्ता दिने सुनिश्चत गर्नु पनेृमा जोड दिदै अहिले दिन थालेको रकमलाई सहयोग भन्ने गरेकोमा घोर आपती जनाउनु भएको छ । एकल महिलाको लागि लिलि थापा नामक महिलाले काठमाण्डौमा संघर्ष गरेर देशब्यपी संगठन निर्माण हुंदै गएको इतिहास भन्दै सबिता राइले एकल महिलालाई सरकारले बिशेष कार्यनीति नल्याए आन्दोलन गर्न अघि सर्नु पर्छ भन्दै सबै महिलालाई संगठनप्रति प्रतिबद्ध हुन आब्हान गर्नु भयो

। कार्यक्रममा महिला सहयोगि संस्था इटहरी८ बीपी चौककी कमला श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो । सचिब मुना पौडेलको प्रतिबेदन र कोषाध्यक्ष नैनाकला न्यौपानेको प्रतिबेदनलाई सबैले स्वीकार गरेका थिए । एकल महिला मध्यका पाका उमेरका धनमाया बस्नेत र सानोदेबी अधिकारीलाई एकल महिलाको तर्फबाट प्रदान गरिएको सम्मान पत्रलाई प्रमुख अतिथि कार्कीले सम्बन्धितलाई सम्मान गर्नु भयो । कार्यक्रममा अम्बिका श्रेष्ठको बिषेश भुमिका रहेको थियो । एकल महिलाको कार्यक्रममको उदघाटन समारोहमा अतिथीहरु लेखनाथ भटटराई,पीबी दियाली,कमला सुब्बा,प्रिती सुब्बा,कमला श्रेष्ठ,सबिता राई शान्ता अधिकारी,शुसिला कार्की लगायतलाई सम्मान गरिएको थियो । बन्द सत्रले सकुन्तोला बराइलीको

अध्यक्षतामा ११ सदस्यीय कार्यसमिती बनेको छ । उपाध्यक्ष माया रायमाझी र अम्बिका श्रेष्ठ रहेका छन । सचिबमा पुर्णिमा श्रेष्ठ रहेकी छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


