Spread the love


इनरुवा, पीबी दियाली
सुनसरीको सदरमुकाम इनरुवामा रहेको जिल्ला प्रशासन कार्यालय( सिडिओ )सुनसरीमा कर्मचारीको काम गराईले सिधै भ्रष्ट्रचार भएको संकेत गर्छ । नागरिक्ता बनाउन जानेहरुबाहिर ताँती लागेका हुन्छन । तोक लगाउने समय दिाको २ बजे सम्म भन्दै भ्mयालमा मान्छेहरु टनाटन हुन्छन। उनीहरुको कागजात लाइनमा हुंदाहुंदै भित्रबाट नाताबाद कृपाबाद,ठूलाठालु,नेता,अन्यत्र निकायमा रहेर काम गर्ने ठूला हाकिमको स्वर्समा आएका नातेदारहरु अनि बाहिर दलालसंगको सेटिंङमा मिलेर टन्नै पैसाको कमिशन लिन बानी परेका कर्मचारीहरुले पालो मिचेर काम गरि दिने गरेका छन

No description available.


धान्न नसक्ने सेवाग्राहीको लर्को बढेको बढैछ । कर्मचारीहरु थोरै छन । प्रशमसीय अधिकृतहरु कोहि नागरिक्ता,कोही पासपोर्ट,कोही संस्था दर्ता नबिकरण कोही मुद्धामामिला पटी लागेका छन । सिडिओ र सहायक सिडिओ दलाल ठेकेदार,ठूला नेता अनि मालवाला ब्यपारिको अनेकौं मिटिंङमा ब्यस्त हुन्छन। समयमा अफिस नआउने ठूलाहरु दिउंसो प्रायःकुर्सिमा हुंदनन । सहायक सिडओ महृश पोखरेलले एउटा मानिसलाई फोनमा थर्काउंदै थिए । तपाईको बिरुद्ध उजुरी परेको छ भोली ठीक २ बजे आउनु। एनको त्यो फोन गराई पंचायतकालमा दौडाह टोलीको प्रमुख जस्तै पाराको थियो । उजुर परेको सम्न्धमा जानकारी दिन पिउन खरिदार स्तरको कर्मचारी वा पुलिसको सिपाहीले पत्रलिएर सम्बन्धित ब्यक्तिकोमा जानु पर्ने हो । तर सहायक सिडिओ आफै लागेर थर्काउनुमा दालमा कुछकाला है नभन्न सकिदैन । प्रशासकीय अधिकृत कृष्णबहादुर बस्ने जागरिक्ता फाँटका हुन उनले लाइनमा लागेको चाङलाई अगाडि थुपारेर दिनै भरि राख्छन। भित्र भनसुन र सेटिंङमा आएको कामलाई फटाफ गर्छन । बाहिर दलित जस्तै तातो घाममा पोलिदै लाइनमा ठेलमठेल बसेका सर्बसाधारण सेवाग्राहीहरु झयालमा आएर करांदा उल्टै खाउंला जस्तो गरेर राणा शासन जस्तो हप्काउंछन। बाहिर गेटमा हुने पुलिसले उल्टै हेप्छ । जनतालाई च्यानगेट भित्र छिर्न दिदैनन। ढिलासुस्ति र काममा दसनियाँ लफडा गराएर हुने काम पनि गर्न नमान्ने कर्मचारि बिरुद्ध कम्पेलन गर्न ठूलो हाकिमसंग जान प्रहरीले दिंदैनन। खाजा खाने निहुंमा गर्दा गर्दैको काम छाडेर शाखा अधिकृत घण्टौं बेपत्ता हुने, माथि सहायक र सिडिओले बोलाको छ भनेर हराउने साथै फोनमा ब्यस्त भएर समय नास गर्ने गरेका छन । भेटेर जबरजस्ती काम गराउन आउने हरिनगरका अध्यक्ष गफार अन्सारी पसेपछि अधिृकतहरु ल्ुात्रुकै हुन्छन । गफार जस्तै धेरै नेताहरु त्यसै गरि दुनिया काम लिएर पुगि अधिकृतहरुलाई कब्जामा लिन्छन । अधिकृतको छेउमा बस्ने पुलिसले जनताको आबाजलाई दबाउन खोज्दै धम्की दिएको पनि देखियो । काममा ढिलो कागज लिएर सरकारी गाडीमा आएका एक नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृतले भटाभट छोरीको नारिक्ता बनाएर हिंडे। बहिर लाइनमा पालो कुर्ने निन्याउरो अनुहार भएकाहरु दुई दिन भयो धाएको अझै काम भएन अब भोली आउनु अरे भन्दै थिए । पैसा खचृ गरेर काम सल्टाउनेहरु दलालको हातमा कागजात दिएर मजाले सितलमा बसेका थिए। पैसाको सुतिखे ितगर्न पल्केका नासु,खरिदार,पिएनहरुको चालढाल सानो हुंदैन । मालपानीको ग्यारेण्टी भएपछि हतारहतार काम सल्टाइदिन ब्यस्त शाखाअधिकृतहरुको चालामाला पनि प्रष्टै दखियो ।