Spread the love

काठमाडौं : राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रियहाधिवेशनबाट संघको केन्द्रीय अध्यक्षमा पुन : विनोद पहाडी चयन भएका छन् । पहाडीको अध्यक्षतामा ४१ केन्द्रीय समिति चयन गरेको हो।संघको वरिष्ठ उपाध्यक्षमा गोपाल बराईली, उपाध्यक्षमा मिलन परियार(खुल्ला), महिला उपाध्यक्षमा कमला कुमारी विक (रसाइली), प्रदेशगत उपाध्यक्षहरूमा पर्वत पोर्तेल (प्रदेश १), भोला पासवान(प्रदेश २), बुद्धि विश्वकर्मा (बागमती), दीपक परियार (गण्डकी), बिनोद परियार(लुम्बिनी), टेकेन्द्र विश्वकर्मा (कर्णाली), करण ताम्राकार (सुदुरपश्चिम), महासचिवमा लक्ष्मण दर्नाल, सचिवमा सन्तोष गन्धर्व, विरू नेपाली, रिता बुढाथोकी(महिला), सिकेन्द्र पासवान(मधेशी), कोषाध्यक्षमा भीमबहादुर घिमिरे (विश्वकर्मा) चयन भएका छन्।

यसैगरी महिला केन्द्रीय सदस्यहरूमा पूर्णिमा जनला, राधा नेपाली, अनिता कुमारी, सुनिता नेपाली, शान्ति गजमेर, मालती विश्वकर्मा चयन भएका छन्।

त्यस्तै केन्द्रीय सदस्यहरूमा खुल्ला तर्फ
पिबि दियाली, प्रेम सुनार, अम्मर सुनार, राधेश्याम विक, प्रविण ददेल, सरिता बराइली, सावित्री रसाईली, राजेश सुनाम, राजन गाउँले, वसन्त विश्वकर्मा, बसन्त विक(कालिकोट), मानसिंह विश्वकर्मा, संजय सौगात, किसान संगित नेपाली, गणेश चिन्तन, फुलु सुनार चयन भएका छन्। संघको अनुशासन समितिको संयोजकमा मधु शाहि र सदस्यमा भीमबहादुर नेपाली गन्धर्व चयन भएका छन् । समिति दुई वर्षे कार्यकालका लागि चयन भएको हो ।

महाधिवेशनमा संघले टिआर विश्वकर्मा स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७७ बाट कलेन्द्र सेजुवाल र बृजलाल पासवान, देवब्रत परियार स्मृति पुरस्कार रुपन्देहीकी मिना ढकाल, राममाया च्यामे लोक पुरस्कार विष्णु निष्ठुरी, परशु सवरी पत्रकारिता पुरस्कार मानसिंह विश्वकर्मा र राम सोवि सामाजिक पत्रकारिता पुरस्कार प्रेम सुनारलाई प्रदान गरेको छ ।

यस्तै लोकदोहोरी गायक राजु परियार र गायिका पूर्णकला बि सी लगायतका कलाकारलाई पनि संघले सम्मान गरेको छ ।
देशभरबाट करिव ४ सय भन्दा बढि पत्रकारहरुको सहभागिता रहेको महाधिवेशनमा ‘आमसञ्चार र समावेशिताको सवाल’, ‘मिडियामा महिला र दलित महिला’ र ‘दलित आन्दोलन युवा र आम सञ्चार’ विषयमा छुटाछुट्टै कार्यशाला गोष्ठी समेत सम्पन्न भएको थियो।

संघले राष्ट्रिय दलित पत्रकार संघ, नेपालको छाता भित्र गोलबद्ध रहेर सक्रियताका साथ शाखाको गतिविधिहरू सञ्चालन गरेकोले देशभरबाट चितवन शाखा, नवलपुर शाखा, रामेछाप शाखा, रूपन्देही शाखा र सिराहा शाखालाई उत्कृष्ट शाखा घोषणा गरेको छ । संघले उक्त उत्कृष्ट शाखाहरूलाई विशेष कार्यक्रममा सम्मान गरिने संघका महासचिव लक्ष्मण दर्नालले जानकारी दिएका छन्।
त्यस्तै प्रदेशहरूको तर्फबाट उत्कृष्ट प्रदेश लुम्बिनी प्रदेश भएको छ । महाधिवेशनमा केन्द्रीय समितिको मुखपत्र कट्वाल र रूपन्देही शाखाको मुखपत्र विगुल बिमोचन गरिएको थियो । महाधिवेशन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो।

संघको हालसम्म ६५ जिल्ला शाखा, ७ प्रदेश र काठमाडौँ उपत्यका समितिहरु क्रियाशील रहेका र देशभर झण्डै १५ सय भन्दा बढि दलित समुदायका पत्रकारहरु आवद्ध भइसकेका संघका अध्यक्ष पहाडीले बताउनु भयो । संघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सामाजिक न्याय, समावेशी विकासका साथै सूचनाको हक कार्यान्वयनको सवालमा भूमिका खेल्ने उहाँको भनाइ छ।